जिल्ला अस्पताल गुल्मीमा बिहान ९ बजेबाटै ओपीडी सेवा सुरु

गुल्मी/गुल्मी अस्पतालमा बिहान ९ बजेबाटै ओपीडी सेवा सुरु गरिएको छ । बिरामीको चाप धेरै हुने गरेको र दिउँसो गाउँगाउँमा पुग्ने गाडी छुटने भन्दै सेवाग्राही आत्तिने हुँदा बिहान ९ बजेबाट सेवा दिन सुरु गरिएको अस्पतालका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा किशोर बन्जाडेले बताए । अझै पनि यो समयलाई सेवाग्रहीको अवस्था हेरिकन थप घट गर्न सक्ने गुल्मी अस्पतालले जनाएको छ । सरकारी अस्पतालमा बिहान १० बजेपछि मात्रै ओपीडी सेवा सुरु गर्ने गरिन्छ । भौतिक संरचनाको अभावले समस्या झेल्दै आएको गुल्मी अस्पतालको अत्याधुनिक भवन बन्न थालको छ । अस्पतालले पुरानो भवनमा साघुँरो कोठाहरुबाट पनि…

गुल्मीकी नर्स बिष्णुले पाँच लोकसेवा उत्तीर्ण गरिन एकै वर्षमा

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेकी बिष्णु घर्ती (मनिषा) ले एकै वर्षमा पाँच लोक सेवा उत्तीर्ण गरेकी छन् । २३ वर्षिय घर्ती १० महिनाको अवधिमा पाँच लोकसेवा उत्तीर्ण गरेकी हुन्। स्टाफ नर्स प्राविधिक शिक्षा तथा बुटवल कालिका क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरेकी घर्तीले विभिन्न प्रदेशबाट लिएको परिक्षामा उत्तीर्ण भएकी हुन् । कोशी प्रदेश लोक सेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पब्लिक हेल्थ नर्सिङ समूहको सहायक चौथो तहमा नाम निकालेपछि उनि ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिका सिफारिस भएकी हुन् । त्यसपछि उनले लुम्बिनी प्रदेश लोकसेवा आयोगले लिएका प्रदेश निजामती सेवाअन्तर्गत प्रदेश स्तरीय स्वास्थ सेवाअन्तर्गत पब्लिक…

पश्चिम नवलपरासीमाअनुगम समितिद्वाराऔषधी र प्रयोगशालामा सिल

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा एक औषधी पसल र एक प्रयोगशालालाई रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिले सिल गरेको छ । नगरमा अवैध रूपमा एक औषधी पसल र एक प्रयोगशाला सञ्चालन गरेको पाइएकोले नगरस्तरीय अनुगमन समितिले औषधी पसल र प्रयोगशालामा सिल गरेको हो । स्थानीयबाट व्यापक जनगुनासो आएपछि औषधी पसलहरूलाई अनुगमन गरिएको रामग्राम नगरपालिकाको नगरस्तरीय अनुगमन समितिकी संयोजक एवम् कार्यवाहक नगरप्रमुख सम्झना चौधरीले जानकारी दिईन् । अनुगमन समितिले रामग्राम नगरपालिकाको वडा न १७ स्थित देवगाउँमा कुनै पनि निकायमा दर्ता नभएको गुप्ता मेडिकल हललाई सिल गरिएको र सोही वडा स्थित पटखौलीमा रहेको सेलिसा फर्माद्वारा सञ्चालित…

बर्षभरी स्वास्थ्य विमा उपचार नलिएकालाई नवीकरणमा १० प्रतिशत छुट

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमामा आवद्ध भएर पनि बर्ष भरिमा त्यसबाट उपचार सुविधा प्रयोग नगरेका बीमितहरुले अर्को बर्ष नवीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डको गत २९ पुसमा बसेको बैठकले बीमामा आवद्ध भएका तर त्यसबाट उपचार सुविधा नलिएकाहरुको अर्को बर्ष नबीकरण गर्दा लाग्ने शुल्कमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो ।यो व्यवस्था कार्यान्वयनमा आउन भने केही समय लाग्ने बताइएको छ ।बोर्डले आफ्नो सफ्टवेरमा त्यस सम्वन्धी व्यवस्था मिलाउन पर्ने भएकोले केही समय लाग्ने भएको बताइएको छ । त्यसो स्वास्थ्य बीमा गरेर बर्ष भरीमा त्यसको प्रयोग नगरी…

केन्द्रिय अस्पतालका लागि १६ हजार दरबन्दी आवश्यकता : स्वास्थ्यसचिव पोखरेल

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले केन्द्रिय अस्पतलाहरुका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताउनुभएको छ । मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सचिव पोखरेलले अर्थ मन्त्रालयमा सो दरबन्दीका लागि आफूहरुले गरेको प्रश्ताव स्विकृत नभए ५ सय शैय्यामा केन्द्रिय अस्पतालहरु बन्द हुने अवस्था रहेको समेत स्पष्ट पार्नुभयो । हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाइएको सो प्रश्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नैपर्ने…

लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका(पार्क)को शिलान्यास

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीले लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी बाटिका (पार्क) बनाउने भएको छ । अस्पतालको प्रस्तावमा निर्माण गर्न लागेको फार्मेसी बाटेकाको मंगलबार बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकाल र संघका रुपन्देही जिल्ला अध्यक्ष गणेश सेढाईले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । अस्पतालको प्रस्तावमा संघले ओपिडी भवनको अगाडि डेढ कट्ठामा निर्माण गर्न लागिएको पार्क निर्माणको लागि १० लाख रुपैंया लाग्ने अनुमान गरिएको छ । पार्कको शिलान्यास गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयले पार्क निर्माणमा नगरपालिकाको पनि साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले पार्क…

‘जे एन वन’ सँग डराउने होइन सावधानी :डा.प्रकाश बुढाथोकी

विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनको नयाँ सबभेरियन्ट र बिदाको समयमा भएको जमघटले गत डिसेम्बर महिनामा १० हजार कोभिडका बिरामीको मृत्यु भएको जनाएको छ । सङ्क्रमणको फैलावट भएका ५० देशमध्ये अमेरिका र युरोपमा बढी देखिएको छ । नेपालमा समेत विभिन्न अस्पताल, सीमा नाका, स्थान र उमेर समूहबाट पुस २२ गते गरिएको पछिल्लो जिनोम सिक्वेन्सिडमा १६ नमुनामध्ये सातमा ‘जे एन वन’ पुष्टि भइसकेको छ । तथापि हालसम्म सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण मात्र देखिएका छन् । सर्ने माध्यम खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाबाट नै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने…

स्वास्थ्य बीमा बोर्डको सहभुक्तानी प्रणाली लागु १० प्रतिशत शुल्क आफैंले तिर्नुपर्ने

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले गरेको नयाँ व्यवस्था अनुसार आज माघ १ गते देखि १० प्रतिशत रकम बिरामी आफैंले तिर्नुपर्ने सह-भुक्तानी  प्रणालीको लागु भएको छ। बीमाबाट भुक्तानी हुने स्वास्थ्य सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम अबदेखि स्वास्थ्य सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्नेछ। अस्पतालबाट प्रदान गरिने बहिरंग सेवा, अन्तरंग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा, पुनर्स्थापना सेवा आदिमा दश प्रतिशत सह-भुक्तानीको व्यवस्था लागु हुनेछ। तर नेपाल सरकारले निःशुल्क सेवा प्रदान गरेका कार्यक्रमहरु जस्तैः आमा सुरक्षा कार्यक्रम, बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम, क्षयरोगको निदान तथा उपचार, कुष्ठरोगको निदान तथा उपचार,…

स्वस्थ जीवनका लागि योगको अपरिहार्यता:ध्रुवराज भण्डारी

स्वस्थ सुखी जीवनयापन हरेकको चाहना हुदाहुदै पनि मानिसको उक्त चाहना पुरा हुन सकिरहेको हुदैन । परिवर्तित समयसँगै मानिसका आवश्यकता पनि बढिरहेका हुदा मानिसको व्यस्तता पनि बढिरहेको नै छ। मानिसको दायित्व र जिम्मेवारी पनि थपिदै गएका छन जसलेगर्दा मानिसको जीवनशैली नै परिवर्तित हुदै गैरहेको छ । तरपनि समय व्यवस्थापन गरि आफ्नो शारिरीक स्वास्थ्य र शान्तीका लागि नसोच्ने हो भने उमेर नपुग्दै रोगी जीवन बाच्नुपर्ने अवस्था आउने निश्चित छ।तसर्थ योगको बारेमा आवश्यक ज्ञान र यसको महत्व आम जनले बुझि दैनिक जीवनमा अवलम्बन गर्न सकेमा स्वस्थ र शान्तीपूर्ण जीवनका लागि उपयोगी हुनेछ। योग…

स्क्रब टाइफसबाट चार जनाको मृत्यु, पाँच सय १९ जनामा संक्रमण

स्वास्थ्यसमाचार/जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल्लाका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार चालु आर्थिक वर्षमा तीन हजार दुई सय ५४ जनामा गरिएको परीक्षणमा एक सय ६३ जनामा उक्त सङ्क्रमण देखिएको थियो । सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको हो । ती सङ्क्रमितमध्ये ८८ जना चितवनकै र बाँकी अन्य जिल्लाका थिए । गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका तीन हजार चार सय ८५ जनाको परीक्षणमा पाँच…