स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा लैङ्गिक हिंसासम्बन्धी सेवा लिनेको संख्या बढ्दै गएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका लैङ्गिक हिंसासम्बन्धी एक द्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसीएमसी) की नर्सिङ अधिकृत कान्ति पान्डेका अनुसार अस्पतालमा आर्थिक वर्ष २०७९/८० मा ५ सय ४ जनाले सेवा लिएका छन् । आज लुम्बिनी प्रादेशिक अस्पतालमा (ओसीएमसी)को आर्थिक वर्षको बजेट स्वीकृत तथा गत वर्षको समिक्षामा अघिल्लो बर्ष भन्दा यस बर्ष यो केन्द्रबाट सेवा लिनेको संख्या वृद्धि भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको एकद्वार संकट व्यवस्थापन केन्द्रका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पान्डेले अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
क्षयरोग तथ्याङ्क व्यवस्थापनमा मिमको लुम्बिनी ‘ट्रिक’ नेपालभर
स्वास्थ्यसमाचार/रुपन्देही कुनै बेला रुपन्देही सहित प्रदेशमा क्षयरोग(टिबी)का विरामीहरुको अवस्था के छ ? उनीहरुको तथ्याङ्क के हो, भन्ने विषयमा एकिन तथ्यांक थिएन । जसको कारण अन्दाजको भरमा सरकारी तथा गैरसरकारी निकायले काम गर्दै आएका थिए । जव लुम्बिनी प्रदेश सहित कर्णली र सुदुरपश्चिम क्षेत्रमा समेत हेर्ने गरी सेभ द चिल्डेनको तर्फबाट बरिष्ठ कार्यक्रम व्यवस्थापक मिम बहादुर सिंहको आगमन भयो तर उनले प्रदेशका तथ्याङ्क व्यवस्थापनमा नेपालकै नमुना अभ्यासको सुरुवात गरको छन् ।तथ्यांक व्यवस्थापनको लागी डाटा म्यानेजमेन्ट कमिटी गठन गरी उनले सबै पालिकाका सबै निकायमा यसको पहुँच विस्तार गरेका छन् । जसको कारण…
परिवारको पोषणमा साथ दिने “मेरो पोषण साथी” मोबाइल एपको स्वास्थ्यमन्त्रीद्धारा शुभारम्भ
स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गर्भवती, सुत्केरी तथा २ वर्ष मुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने “मेरो पोषण साथी” मोबाईल एपको शुभारम्भ गर्नुभएको छ । यो मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, २ वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरुलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालीहरुको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यको लागि मेरो साथी मोबाइल एप महत्वपूर्ण भएको बताउनुभयो । मन्त्री बस्नेतले भन्नुभयो,। “स्वास्थ्यका विषयहरु सम्बोधन गर्न जरुरी छ र त्यसको…
काज फिर्ता गरिएका स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ता गरिएका कर्मचारीको विवरण माग गरेको छ । मन्त्रालयले सातै प्रदेश, सबै स्थानीय तह र स्वास्थ्य मन्त्रालय मातहतका सबै निकायलाई पत्राचार गरी काज फिर्ता गरिएका चिकित्सक स्वास्थ्यकर्मीको विवरण पठाउन निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि विभिन्न स्थानमा काजमा खटाइएका चिकित्सक स्वास्थ्यकर्मीलाई दरबन्दी भएकै स्थानमा फिर्ता गर्ने मन्त्रालयले निर्देशन दिएको थियो । गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी र काज फिर्ता गर्न निर्देशन दिँदै असार २५ गते मन्त्रालयले पत्राचार गरेको थियो । काज फिर्ताको निर्णय कार्यान्वयनको अवस्था कस्तो छ भनी काज…
शुद्धोधनमा स्वास्थ्यको वार्षिक समीक्षा: शिशै स्वास्थ्य संस्था उत्कृष्ट
स्वास्थ्यसमाचार/ शुद्धोधन गाउँपालिकामा स्वास्थ्यको वार्षिक समिक्षा गोष्ठी सम्पन्न सम्पन्न भएको छ। आ.व. २०७९/८०वार्षिक समिक्षा गोष्ठीमा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले वोल्दै स्वास्थ्य सेवा प्रवाहलाई अझ जनमुखी र नागरिकमैत्री बनाउन विगतमा गम्भीर समिक्षा गर्नुपर्ने वताउनु भयो। उपाध्यक्ष शान्तादेवी ज्ञवालीले स्वास्थ्य अत्यन्तै संवेदनशील क्षेत्र भएकाले सानो हेल्चक्राइँले ठूलो समस्या निम्तिन सक्ने भन्दै सबै सचेत बन्नुपर्ने वताउनु भयो। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका क्षयरोग फोकलपोर्सन हिमाल खनालले बार्षिक समिक्षाले आगामी कार्ययोजनामा भएको गतिविधिमा ध्यानाकर्षण गरि वार्षिक योजना हरु लाई प्रष्ट हुने गरि प्रकाशित गर्नुपर्नेमा वताउनु भयो। स्वास्थ्य शाखा प्रमुख समीर भण्डारीले बार्षिक समिक्षा गोष्ठीको उद्देश्यमाथि…
बुटवलमा चिकित्सक र स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम
स्वास्थ्यसमाचार/रुपन्देही चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सर्पदंश व्यवस्थापन सम्बन्धी तालिम आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सम्पन्न भएको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका सर्पदंशका बिरामीहरुलाई कसरी उपचार व्यवस्थापन गर्ने र बिषालु सर्पको पहिचान गर्नुका साथै आवश्यकता अनुसार उचित ठाउ मा रिफर गर्नु का साथै आत्मविश्वास दिलाउने भन्ने विषयमा चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सचेत पार्ने उद्देश्यले तालिम आयोजना गरिएको थियो । स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको आयोजना तथा फेएरमेड फाउन्डेशन नेपाल आधारभूत स्वास्थ्य परियोजना बुटबलको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालमा आयोजित तिन दिने तालिमको समापन भएको हो। समापन कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल…
रक्तअल्पता र कुपोषण हटाउने सरकारी कार्यक्रम खोई ?
रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ नहरपुरकी पुष्पा परियार १३ असार, २०८० मा प्रसुति भइन् । लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य रुपमा प्रसुति भएकी उनको त्यसपछि भने रगत रोकिएन । त्यहीकारण एक साता थप उपचार गर्नुपर्यो । ९ महिना पुगेर जन्मेकी छोरी पनि स्वस्थ थिइनन् । उनको तौल १ किलो २ सय ग्राम मात्र थियो । सुत्केरी भएपछिका १० दिन आमा र शिशुको उपचार गरेपछि मात्रै उनीहरू घर फर्के । धेरै रगत बगेकाले पुष्पा अहिले पनि निकै कमजोर छन् । छोरीको तौल पनि सामान्य बनेको छैन । पुष्पाको शरीरमा गर्भवती भएदेखि नै रगतको…
नेपाल नेत्रज्योति संघ र आईकेयर फाउन्डेशनबिच सम्झौता
स्वास्थ्यसमाचार/नेपाल नेत्रज्योति संघ अन्तरगत कर्णाली प्रदेशको मुगु र हुम्ला जिल्लामा सञ्चालित आँखा उपचार केन्द्रहरुको स्तरोन्नतीका लागि नेत्रज्योति संघ र आईकेयर फान्डेशनका बिचमा सम्झौता भएको छ । बुधबार नेत्रज्योति भवनमा भएको सम्झौतापत्रमा नेपाल नेत्रज्योति संघका तर्फबाट महासचिब भरतबहादुर चन्द र कार्यकारी निर्देशक डा. शैलेशकुमार मिश्र तथा आईकेयर फाउन्डेशनको तर्फबाट फाउन्डेशनका सिईओ वियोन स्टेनभर्स र नेपालका कन्ट्री डाइरेक्टर अनिल गोर्खालीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै नेत्रज्योति संघका उपाध्यक्ष एबं कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्लले भौगोलिक रुपमा पछाडि परेको कर्णाली प्रदेशका बिकट जिल्लाहरुमा आँखा उपचार सेवा विस्तारका लागि सहयोग…
लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ५१जना स्टाफ नर्सलाई स्वागत
स्वास्थ्यसमाचार /प्रदेश लोकसेवा आयोगबाट लुम्बिनी प्रादेशिक अस्पतालमा आएका ५१ जना नर्सलाई स्वागत गरिएको छ। लामो समय देखी दरबन्दी रहेको तर नर्स अभाब भैरहेको बेला प्रदेश लोकसेवा आयोगले अस्पतालबाट मागको आधारमा नर्सहरुलाई अस्पतालमा पठाएको हो। स्थायी रुपमा सिफारिसलीइ नवनियुक्त (स्टाफ) नर्सलाई आज एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको छ। अस्पतालका मेसु डा शुदर्शन थापा क्षेत्री अस्पताल प्रशासकिय अधिकृत राजन केसी नर्सिङ्ग प्रमुख ज्योति पौडेल ले उनीहरुलाई स्वागत गर्नु भएको छ। स्वागत कार्यक्रमा बोल्दै मेसु डा थापाले नर्सिङ्ग पेसा सेवा भएकोले मुस्कान सहितको सेवा दिन नब प्रबेशीलाई आग्रह गर्नु भयो। अस्पतालका नर्सिङ्ग…
पाल्पाका अस्पतालमा आँखा पाक्ने विरामीको भीड
पाल्पा । जिल्लामा आँखा पाक्ने रोग व्यापक रुपमा फैलिदै गएको छ । पाल्पाका अधिकांस अस्पतालहरुमा आँखा पाकेका बिरामीको भीड बढेको अस्पतालहरुले जनाएका छन् । चिकित्सकीय भाषामा यो रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । प्रायः गर्मी मौसममा बढी फैलिने यो रोगबाट युवायुवती र बालबालिका बढी संक्रमित भएका छन् । नेपाल नेत्र ज्योति संघ अन्तर्गत पाल्पा लायन्स लाकौल आँखा अस्पताल, रामपुरस्थित कालीगण्डकी आँखा उपचार केन्द्र, रैनादेवी छहरा, तिनाउका आँखा उपचार केन्द्रसहित पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा आँखा पाकेर उपचारका लागि आउने बिरामीको संख्या अत्याधिक रहेको छ । एउटै घरका धेरै…



