बीमा बोर्डको आठबुँदे निर्णयः अब बिरामीले तीन महिनाका लागि औषधि पाउने

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डको नयाँ नेतृत्वले अस्तव्यस्त बन्दै गएको स्वास्थ्य बीमा कार्यक्रमलाई सम्हाल्ने कोशिश गरेको छ । दुई जना सदस्य सहित गत आइतबार देखि जिम्मेवारी सम्हालेका स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा. गुणराज लोहनी बुधबार बैठक राखेर केही जरुरी महत्वका निर्णयहरु गराएका छन् । बोर्डका सूचना अधिकारी ओमकुमारी कंडेलले बुधबारको बैठकले आठ बुँदे निर्णय गरेको बताईन् । उनले वीमा कार्यक्रम देखिएका समस्याहरुलाई प्राथमिकतामा राखेर निर्णय गरेको बताईन् । कंडेलका अनुसार बोर्ड बैठकले अहिले बढी समस्याको रुपमा रहेको दावी भुक्तानीलाई चुस्त बनाउन कार्यदल गठन गर्ने देखि सुविधाको थैलीमा पर्ने औषधिको मूल्य…

सेनेटरी प्याड गुणस्तरीय नभएको भन्दै अखिल क्रान्तिकारीद्वारा बर्दघाट नगरपालिका घेराउ

स्वास्थ्यसमाचार/मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले  बर्दघाट नगरपालिका घेराउ गरेको छ । बर्दघाट नगरपालिकाले खरिद गरि सामुदायिक विद्यालयमा पठाएको सेनेटरी प्याड गुणस्तर युक्त नभएको भन्दै आवज उठिरहँदा नगर गुणस्तर युक्त छन् भन्दै तर्क पेस गरिरहेको थियो । नगरले नै गुणस्तर युक्त छ भनेको सेनेटरी प्याडमा गुणस्तर नभएको आवाज उठेपछि नगरले केहि विद्यालयमा पठाएको सेनेटरी प्याड फिर्ता गरेको छ । प्याड फिर्ता भएपछि प्याडको खरिदमा भ्रष्टाचार भएको भन्दै अखिल क्रान्तिकारीले तत्काल छानबिन गरि सत्यतथ्य पत्ता लगाउनु पर्ने माग गरेको छ । ’सेनेटरी प्याड खरिदमा संलग्न…

बिरामी, आफन्त तथा अस्पतालको सम्बन्ध बलियो बनाउन लुम्बिनी प्रादेशिक अस्पतालमा सञ्चार विभाग उद्घाटन

स्वास्थ्यसमाचार/बुटवलको ऐतिहासिक लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तरबैयक्तिक सञ्चार बिभाग उद्घाटन गरिएको छ। अस्पतालबाट सेवा लिने र लिएर फर्किनेहरुमा नकारात्मक सन्देश गएकोले बास्तविकता जानकारी गराउने उद्देशले बिभाग उद्घाटन गरिएको हो। ब्लक डि को तेस्रो तल्ला क्याबिनको साईडमा राखिएको बिभागको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलकि नर्सिङ बिभाग प्रमुख ज्योती पौडेलले गरिन।बिभागको फोकल पर्सन क्याबिन ईन्चार्ज माधुरी ज्ञवालीलाई तोकिएको छ। उद्घाटन पश्चात् आयोजित कार्यक्रममा बोल्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बिरामी र अस्पताल बिच हुने द्वन्द ब्यवस्थापन गर्ने उद्देशका साथ विभाग उद्घाटन गरिएको बताए। उनले बिरामी र अस्पताल बिचको खाडल पूर्न…

लुम्बिनी प्रदेशका निजामती महिला कर्मचारीले महिनावारी बिदा पाउने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी ऐनले ’महिनावारी बिदा’को व्यवस्था गरेको हो । प्रदेश निजामतीको सेवा ऐन गत असार २२ गते प्रदेश सभामा दर्ता भएको थियो । दर्ता भएको विधेयक दफावार छलफल भइ भदौ २२ गते प्रदेश सभाबाट पारित भएको थियो । प्रदेश निजामती सेवा ऐनको दफा ११७ को (१) (ग) मा यस्तो बिदाको व्यवस्था गरिएको छ । महिला कर्मचारीलाई यसअघि प्रसुति बिदा…

लुम्बिनी प्रादेशिकमा महिला प्रसुति तथा बालबालिकाको ल्याब नमुना संकलन केन्द्रको उद्घाटन

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा महिला प्रसुति तथा बालबालिकाको ल्याब नमुना संकलन केन्द्रको उद्घाटन भएको छ। अस्पतालका प्रसुति रोग बिभाग प्रमुख डा भक्त राउतले ल्याब नमुना संकलन केन्द्रको उद्घाटन गर्नु भयो। समुद्घाटन समारोहमा बोल्दै डा राउतले सुत्केरी महिला तथा बालबालिकाहरुको रगतको नमुना संकलन लागी नयाँ केन्द्र नजिक भएकोले सहज हुने बताउनु भयो। उहाँले अस्पतालमा दैनिक २सय भन्दा बढी महिला सुत्केरी तथा वालवालिका उपचारमा आउने बताउनु भयो। डा राउतले महिला तथा सुत्केरी हुँदा कुनै कठिनाइ महसुस हुन नपरोस भन्ने उदेश्यले अस्पतालले बिरामीको चाँप संगै थप सेवा बिस्तार गरेको बताउनु भयो। कार्यक्रममा…

वागमतीका स्वास्थ्यकर्मीलाई बिशेषज्ञ सेवाको आधारभुत तालिम

स्वास्थ्यसमाचार /बाग्मती प्रदेश स्वास्थ्य तालिम केन्द्रको आयोजनामा प्रदेशका सबै १३ जिल्लाबाट अस्पतालका चिकित्सक,पालिकाका स्वास्थ्य संयोजक र स्वास्थ्य कार्यालयका फोकल पर्सन तथा स्वास्थ्यकर्मीहरूलाई ३ दिने बिशेषज्ञ सेवाको आधारभुत तथा आकस्मिक उपचारको तालिम प्रदान गरिएको छ । संघको सर्तबाट १ र प्रदेशको बजेटबाट १ गरी समानान्तर २ ब्याच गरी ३७ जनालाई ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम बानेश्वरमा सञ्चालन गरिएको छ । कार्यक्रमको शुभारम्भ तथा समापन कार्यक्रम मास्टर ट्रेनर तथा केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट र स्वास्थय मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्रमुख प्रशिक्षक तथा प्रमुख…

नेपाल आयुर्वेद औषधी उत्पादक संघको अध्यक्षमा सुमन प्रसाद पाण्डेय

स्वास्थ्यसमाचार/ नेपाल आयुर्वेद औषधी उत्पादक संघको सातौ अधिवेसनले सुमन प्रसाद पाण्डेय सर्वसम्मतिले अध्यक्षमा बिजयी भएका छन्।  काठमाडौंमा भएको सातौँ साधारण सभाले नवनिर्वाचित कार्यसमितिको चयन गरेको हो। आगामी २ बर्षको कार्यकालका लागि निर्वाचित नयाँ कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चन्द्रकान्त खनाल, उपाध्यक्षमा महेन्द्रराज बज्राचार्य, महासचिवमा बुद्धिमान शाक्य, कोषाध्यक्षमा श्री सूर्यकृष्ण श्रेष्ठ, सचिवमा डा सुमन पौडेल, सह(कोषाध्यक्षमा अर्जुन पौडेल निर्वाचित भएका छन्। त्यसैगी सदस्यहरुमा नारायण प्रसाद सापकोटा, राजेन्द्र वस्नेत, सिदार्थ खण्डेवाल, विनोद अधिकारी र मनिष कुमार झा निर्वाचित भएका छन्। साधारण सभाको उद्घाटन माननीय स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले गरेका थिए भने कार्यक्रमको सभापति…

स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष र सदस्यहरुले लिए सपथ

स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डका नवनियुक्त अध्यक्ष र सदस्यहरुले सपथ लिएका छन्। अध्यक्ष डा गुणराज लोहनी र सदस्यहरु डा मुक्तिराम श्रेष्ठ र जुनु श्रेष्ठले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसँग सपथ लिएका हुन्। योसँगै बीमा बोर्डले दश महिनापछि अध्यक्ष पाएको छ। बोर्डका यसअघिका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले राजीनामा दिएपछि अध्यक्ष पद रिक्त थियो। रिक्त रहेको अध्यक्षमा मन्त्रिपरिषदले १३ मंसिरमा डा लोहनीलाई अध्यक्षमा नियुक्त गरेको थियो। नवनियुक्त अध्यक्षले स्वास्थ्यमन्त्री कहाँ सपथ लिएपछि मात्र अध्यक्षको जिम्मेवारी सम्हाल्न पाउने नियम रहेको छ। सोही अनुसार अध्यक्ष र सदस्यहरुहरुले सपथ लिएर जिम्मेवारी सम्हालेका हुन्। सपथ कार्यक्रममा मन्त्री बस्नेतले अध्यक्ष र…

बैदेशिक रोजगारीका लागि बेलायत जान ४५ जना नेपाली नर्स छानिए

स्वास्थ्यसमाचार /रोजगारीका लागि बेलायत लैजाने सरकारी प्रक्रिया ४५ जना नेपाली नर्सले पार गरेका छन्। करीव चार महिना अवधी राखेर साउनको पहिलो साता बैदेशिक रोजगार बोर्डले मागेको आवेदनमा ८२ जनाको परेको थियो। ती मध्ये ७१ जना अन्तर्वार्ताका लागि योग्य देखिएका थिए। त्यसमध्ये ६० जनाले मात्रै प्रत्यक्ष उपस्थित भएर अन्तरवार्ता दिएको र त्यसमा ४५ जना मात्रै पास भएको बैदेशिक रोजगार विभागले जनाएको छ। उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो।त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल तथा नेशनल हेल्थ सर्भिस (एचएचएस) फाउण्डेशन ट्रष्ट इङ्गल्याण्डका प्रतिनधीले अन्तर्वार्ता लिएका थिए। अन्तर्वार्ताबाट ४५ जना पास पास भएको…

स्वास्थ्य तथा जनसंख्या विभाग एमालेद्धारा शुद्धोधनमा स्वास्थ्य शिविर

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या विभाग नेकपा (एमाले) रूपन्देहीले शुक्रबार जिल्लाको शुद्धोधनमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । आधारभूत स्वास्थ्यको पहुँचमा नरहेका जनतालाई लक्षित गरी शुद्धोधन गाउँपालिका–५ मानपकडीमा ‘हेल्थ क्याम्प’ गरिएको हो । देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्ष्टिच्यूट, भलूहीको प्राविधिक सहयोगमा गरिएको शिविरको नेकपा एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसी चौधरीले उद्घाटन गरे । सो अवसरमा बोल्दै सचेतक चौधरीले स्वास्थ्य विभागले उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे । चौधरीले शिविरबाट वास्तविक नागरिकले फाइदा लिनुपर्नेमा जोड दिए । ग्रामीण भेगका नागरिकलाई घरदैलोमै स्वास्थ्य शिविर गरेर सेवा दिएकोमा चौधरीले खुसी व्यक्त गरे ।…