स्वास्थ्यसमाचार/नेपाल स्वास्थ्यकर्मी संघ दाङमा हरी पुनमगरको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । दाङको धारापानीमा सम्पन्न भेलाले चार वर्षका लागि पुनमगरको अध्यक्षमा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अन्य पदाधिकारीमा खुला उपाध्यक्षमा प्रदिप योगी, उपाध्यक्ष महिलामा कविता शर्मा, उपाध्यक्ष सरकारीमा नारायण शर्मा, उपाध्यक्ष निजिमा चिरञ्जीवी ढकाल, महिला स्वास्थ्य स्वयंसेविकातर्फको उपाध्यक्षमा धना जिसी, समावेशी उपाध्यक्षमा बबि महत, सचिवमा रुपलाल पाण्डे, कोषाध्यक्षमा रमेश बुढाथोकी चयन हुनु भएको छ । यसैगरी सहसचिवमै सरकारी क्षेत्रबाट वीरेन्द्र खड्का, निजी क्षेत्रबाट रमिता गौतम,स्वास्थ्य स्वयंसेविकातर्फ तिला जि एम र युवाका तर्फबाट बिक्रम राना सर्वसम्मत…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
सडक दुर्घटनामा छोराछोरी र सासु ससुरा सहित अस्ताए डा.महेश गौतम
स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघका आजिवन सदस्य डा महेश कुमार गौतमको दुर्घटनाका कारण अल्पायुमै भएको असामयिक निधनले स्तब्ध संघ परिवार स्तब्ध भएको जनाएको छ। संघका आजिवन सदस्य डा महेश कुमार गौतम सहित उनको परिवारका ५ जना सदस्यको असामयिक निधन भएको हो।संघको सोक बक्तब्य जारी गर्दै भनेको छ नेपाल चिकित्सक संघका आजीवन सदस्य तथा वालरोग विशेषज्ञ डाक्टर महेश कुमार गौतमको मिति २०८० पौष २८ गतेका दिन असामयिक निधन हुन गएकोमा नेपाल चिकित्सक संघ परिवार स्तब्ध भएको छ। त्यसैगरी संघले भनेको छ स्व डा गौतमले नेपालको चिकित्सा शिक्षा र चिकित्सा जगतमा पुर्याउनु भएको योगदान…
मातृशिशु मृत्युदर घटाउने प्रमुख प्राथमिकता : स्वास्थ्यमन्त्री खनाल
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले मातृशिशु मृत्युदर घटाउने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । बाँकेको नरैनापुरमा निर्माणाधीन अस्पतालको निरीक्षण गर्नुहुँदै मन्त्री खनालले भन्नुभयो, ‘‘स्वास्थ्यका सबै संयन्त्रको पहिलो प्राथमिकता मातृशिशु मृत्युदरमा कमी ल्याउन भन्ने छ, आमा सुरक्षा कार्यक्रममा सबै आमालाई प्रसूति सेवाको पहुँचको सुनिश्चितता सरकारले गरेको छ ।’’ मन्त्री खनालले लुम्बिनी प्रदेशले बाँकेको दुर्गम र पिछडिएको नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउनुहुँदै निर्माणाधीन अस्पतालका लागि ५० लाख बजेट विनियोजन गरेको बताउनुभयो ।उहाँले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो…
थप २० किसिमका औषधि उत्पादन गर्ने तयारीमा : औषधि लिमिटेड
स्वास्थ्यसमाचार/नेपाल औषधि लिमिटेडले जनतालाई निःशुल्क वितरण गर्न आवश्यक पर्ने थप २० किसिमका औषधि उत्पादन गर्ने योजना अघि सारेको छ । हाल उत्पादन भइरहेका औषधिका अतिरिक्त निःशुल्क वितरणका लागि आवश्यक औषधि कम्पनी आफैँले उत्पादन गर्ने तयारी गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनपछि सरकारबाट उपलब्ध हुँदै आएका ९८ मध्ये २० किसिमका औषधि लिमिटेडले उत्पादन गर्ने योजना बनाएको छ । स्वदेशमै उत्पादन गरेर लिमिटेडले सरकारलाई औषधि बिक्री गर्ने तयारी गरिरहेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले जानकारी दिए । प्रधानमन्त्रीको निर्देशनसँगै आफूले व्यापारिक योजना तयार गरेर आवश्यक स्रोत जुटाउन लागिपरेको पनेरुको भनाइ…
केन्द्रीय महिला सुधारगृहमा ३ सय महिलाको क्यान्सर स्क्रिनिड
स्वास्थ्यसमाचार/लायन्स क्लब अफ काठमाण्डौ युगदर्पणको पहलमा ९ वटा लायन्स क्लबहरु रहेको लायन्स अन्तर्राष्ट्रिय, जिल्ला ३२५ जे नेपालले केन्द्रीय कारागार अस्पतालको ब्यवस्थापन र सहजीकरणमा कारागार कार्यालय जगन्नाथदेवलमा रहेको महिला सुधार गृहमा क्यान्सर स्क्रिनिड शिविर शिविर संचालन भएको छ। ३ सय १ महिला कैदिबन्दीहरुको स्वास्थ्य परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर स्क्रिनिड,आधारभुत औषधि बितरण तथा परामर्श सेवा प्रदान गरिएको छ। सुधारगृहमा रहेका महिलाहरुलाई ब्यक्तिगत सरसफाईका बारेमा सचेत गराउदै अस्पतालमा बिरामी भएपछि मात्रै जाने नभई स्वस्थताको प्रमाण लिन पनि जान र आउन प्रोत्साहन गरिएको केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाश बुढाथोकीले…
दाङ दुर्घटना : मुख्यमन्त्रीद्वारा घाइतेको उपचारमा विशेष ध्यान दिन निर्देशन
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले गएराति दाङको भालुवाङमा राप्ती पुलबाट नदीमा बस खसेर भएको दुर्घटनाबाट आफू मर्माहत भएको बताउँदै घाइतेहरुको उपचारमा विशेष ध्यान दिन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री चौधरीले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा गम्भीर बन्न र उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उहाँले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाएकाहरुका परिवारजनमा शोक व्यक्त गर्नुभएको छ । नेपालगञ्जबाट काठमाडौं गइरहेको यात्रुवाहक बस दाङको भालुवाङस्थित राप्ती नदीमा शुक्रबार राति खस्दा त्यसमा सवार १२ जनाको मृत्यु भएको छ । दुर्घटनामा ज्यान…
दाङ बस दुर्घटना :९ जनाको बुटवल र १२ को कोहलपुरमा उपचार हुँदै, २ को अवस्था गम्भिर
स्वास्थ्यसमाचार/ दाङको भालुबाङमा भएको बस दुर्घटनाका घाइते मध्ये दाङ बस दुर्घटना परि घाईते भएका ९ जनाको बुटबल र १२को कोहलपुरमा उपचार हुदै उपचार भैरहेको छ। भने उपचारमा रहेको २कोअबस्था गम्भीर रहेको अस्पतालले जनाएकोे छ। इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले वताए ।घाइते मध्ये कालिकोटका ४५ वर्षीय तिलकप्रसाद उपाध्यायको अवस्था गम्भीर रहेको उनको भनाई छ। यस्तै बाँके डुडुवा निवासी मोहम्मद जावेद उपचार गराएर घर फर्केका छन्। जावेद डिस्चार्ज भएसँगै अस्पतालमा अब बाँकी १२ जनाको उपचार चलिरहेको इप्रका कोहलपुरले जनाएको छ। शिक्षण अस्पताल कोहलपुरमै उपचार गराइरहेका…
स्वास्थ्य बिमा बोर्डले माघ १ गते देखि सह-भुक्तानी प्रणाली लागू गर्दै
स्वास्थ्यसमाचार/स्वास्थ्य बिमा बोर्डले सह-भुक्तानी प्रणाली लागू गर्ने भएको छ ।बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी स्वास्थ्य बिमा बोर्डले १ माघदेखि सह-भुक्तानी प्रणाली लागू गर्ने जानकारी दिएको हो । यससँगै अब स्वास्थ्य बिमा गरेकाहरूले स्वास्थ्य सेवा लिँदा कुल खर्चको १० प्रतिशत रकम आफैले तिर्नुपर्नेछ ।स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा ऐन, २०७४ को दफा ७ को व्यवस्थाअनुसार सह(भुक्तानी प्रणाली सम्बन्धी कार्यविधि निर्माण गरेर १ माघबाट कार्यन्वयनमा ल्याउन लागेको हो । स्वास्थ्य बिमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था, बिमित नागरिक र सरोकारवालाहरूलाई जवाफदेही र सचेत बनाउन कार्यविधि कार्यन्वयनमा ल्याउन लागिएको जनाएको छ । अब…
पाल्पा मिसन अस्पतालले भन्यो : ‘हामी बीमा बन्द गर्ने पक्षमा छैनौं, सम्झौता कार्यान्वयन भए लागु गर्छौं’
पाल्पा । पाल्पामा गत साउन २१ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गरेको तानसेनस्थित युनाईटेड मिसन अस्पतालले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्ने बताएको छ । २४ औं वार्षिक साधारणको अवसरमा अस्पतालले सम्झौता अनुसार काम नहुँदा अस्पताल समस्यामा परेपछि सेवा बन्द गर्नु परेको बताउँदै आफुहरुसँग गरेको सम्झौता कार्यान्वयन भए पुनः सञ्चालन गर्ने पक्षमा रहेको स्पष्ट पारेको हो । युनाइटेड मिसन टु नेपाल मेडिकल एण्ड डेभलपमेन्ट ट्रष्टका अस्पताल सेवा निर्देशक युवराज आचार्यले बिमा बोर्डसँग गरेका सम्झौता कार्यान्वयन भए स्वास्थ्य बिमा कार्यक्रम लागु गर्न अस्पताल तयार रहेको बताउनुभयो…
गुल्मीमा खोप तथा कोल्डचेन व्यवस्थापन सम्बन्धि अभिमुखिकरण
स्वास्थ्यसमाचार /गुल्मीमा खोप तथा कोल्डचेन व्यवस्थापन सम्बन्धि अभिमुखिकरण सुरु गरिएको छ । स्वास्थ्य कार्यालय गुल्मीले खोप ढुवानीकर्तालाई खोप तथा कोल्डचेन व्यवस्थापन सम्बन्धि एकदिने अभिमुखिकरण सुरु गरेको हो । यस जिल्लालाई २०७१ साल चैत ३० गते देखि नै पूर्ण खोप सुनिश्चित जिल्ला कायम गरिएको छ । स्वास्थ्यकर्मीले जिल्लाका सबै बच्चाहरुलाई खोप लगाई सक्नुभएको छ । प्रत्येक घरधुरीमा पुगेर बच्चाहरुलाई खोप लगाइए पनि यसको गुणस्तरलाई ध्यानमा राख्दै जिल्लाका खोप ढुवानीकर्ताहरुलाई अभिमुखिकरण गर्न सुरु गरिएको स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले जानकारी दिनुभयो । पहिलो चरणमा जिल्लाको छत्रकोट, गुल्मीदरबार र रुरुक्षेत्र गाउँपालिकाका…

