बुटवल बेलबासमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने

स्वास्थ्यसमाचार/  बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्याश गरिएको छ । आइतबार बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्याश गर्नुभयो । भवनको शिलान्याश गर्दै उहाँले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिनसक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताउनुभयो । ‘तिनाउभन्दा पश्चिमको…

रक्षा आयुर्वेदिक औषधालयको १५औ वार्षिक उत्सवमा स्वास्थ्य शिबिर

स्वास्थ्यसमाचार /“आयुर्वेद जीवनशैली र उपचार ,स्वस्थ र दिर्घायु जीवनको आधार “मुल नारा सहित रक्षा आयुर्वेदिक औषधालयको १५औं वार्षिक जन्म उत्सवको अवसरमा विशेषज्ञ सेवासहितको एक दिने निःशुल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण शिविर हुने भएको छ। औषधालयका संञ्चालक शालिक राम भुसालले १५औं वार्षिक जन्म उत्सवको अवसरमा विशेषज्ञ सेवासहितकोे निःशुल्क स्वास्थ्य परिक्षण तथा निःशुल्क औषधी वितरण शिविर मा उपस्थित भई स्वास्थ्य लाभ लिनको लागी आग्रह गरेका छन। उनले अन्य सेवापनि सेवाहरूः पाईल्स फिसर, फिस्टुलाको उपचार / पेट सम्बन्धी रोगहरू / हार्डजोर्नि तथा नसा / बाथ लगायका सेवा पनि यसमा रहेको बताएका…

स्वास्थ्य समूहका ११ जना कर्मचारी १०औँ तहबाट ११औँ तहमा बढुवा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ जनालाई १०औँ तहबाट ११औँ तहमा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रालयको बढुवा समितिको बैठकले बढुवाका लागि सिफारिस गरेको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दिएको छ। मन्त्रालय स्रोतका अनुसार बढुवा हुनेमा ९ जना विशेषज्ञ चिकित्सक हुनुहुन्छ । एक जना नर्सिङ प्रशासक र एक जना ल्याब टेक्निसियन हुनुहुन्छ। उहाँहरूको औपचारिक बढुवा भने अब बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ । १०औँ तहबाट ११औँ तहमा बढुवा हुनेहरूको सूची डा.विजय थापा प्रमुख कन्सल्टेन्ट, पेडियाट्रिक सर्जन डा.लिपा बैद्य, प्रमुख कन्सल्टेन्ट, साइक्याट्रिस्ट डा.सुरेश थापा, प्रमुख कन्सल्टेन्ट, साइक्याट्रिस्ट डा.शैलेश थापा, प्रमुख…

यस्तो छ स्वास्थ्यमा सरकारको साझा न्यूनतम कार्यक्रम

स्वास्थ्यसमाचार/ सत्ता साझेदार दलहरूले बनाएको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा पारित गरेको छ। अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा बसेको बैठकले कार्यक्रमलाई अन्तिम रूप दिएको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बताए। न्यूनतम साझा कार्यक्रम सुशासन र विकासका कुरामा केन्द्रित रहेको उनको दाबी थियो। कार्यक्रममा प्रत्येक क्षेत्रलाई समेट्ने प्रयास गरिएको र जनतामा सेवा डेलिभरीको कुरालाई प्राथमिकता दिइएको उनले दाबी गरे। न्यूनतम साझा कार्यक्रममा स्वास्थ्यका ८ विषय समावेश छ। निरोगी नेपालस् स्वस्थ नागरिकु शिर्षकमा स्वास्थ्यका विषयहरु रहेका छन्। जसअन्तर्गत आधारभूत स्वास्थ्यदेखि बिमासम्मका विषयहरु रहेका छन्। यी हुन् ८ विषय निरोगी नेपालको अवधारणा…

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड :भैरहवा भन्सारमा हुँदैन खाद्यान्नको गुणस्तर परीक्षण

भैरहवा / भैरहवा भन्सार हुँदै भित्रने खाद्यान्नको ल्याब परीक्षण नै नभई भित्रिने गरेको छ । उपभोक्ताले सिधैँ प्रयोग गर्ने चामल, दाल, गहुँ, गेडागुडी, दलिया, मकै, तोरी, सुक्खा फलफुल ९काजु, बदाम०लगायतका वस्तुको खाद्य परीक्षण नै नभई नेपाल भित्रिने गरेको हो । भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिदा खानयोग्य छ कि छैन भनि परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै हुने गरेको छ । सरकारले खानयोग्य वस्तु मात्रै भित्रियोस भन्ने…

बाँकेमा महामारीको रुप लिदै दादुरा :एक बालकको मृत्यु, दर्जनौ विरामी

बाँके । बाँकेमा दादुराले महामारीको रुप लिदै गरेकोमा स्वास्थ्यकर्मिहरु चिन्चित बनेका छन । दादुराकै कारण ३१ महिने बालकको बुधवार मृत्यु भएसगै दर्जनौ दादुराको विरामी रहेका बालबालिका जोखिममा रहेको स्वास्थ्यकर्मिहरुले बताएका छन । दादुराले विरामी भएका नेपालगञ्ज उपमहानगरपालिका(५ का ३१ महिने बालकको बुधवार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले  बताउनु भयो । उहाँकाअनुसार सिकिस्त रहेका ति बालकको थप उपचारका लागी अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । बाँकेमा पछिल्लो पटक दादुरा महामारीको रुपमा फैलिरहेको पाइएको छ । केहि दिनपहिले सम्म नेपालगञ्ज उपमहानगरपालिका(५,७ र ८ मा मात्र देखिएको…

लुम्बिनी प्रादेशिक अस्पतालमा कुष्ठरोगको बायोप्सी परीक्षण हुने

स्वास्थ्यसमाचार / लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा ल्याप्रोसी को बायोप्सी परिक्षण हुने भएको छ। लुम्बिनी प्रदेश भित्रका सरकारी अस्पतालमा यो सेवा पहिलो भएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा ईन्द्र ढकालले बताउनु भयो। आज अस्पतालमा फेयरमेड फाउन्डेसन नेपाल र ईन्द्रेणी ग्रामिण बिकास केन्द्रले ल्याप्रोसी को बायोप्सी परिक्षण गर्ने उपकरण हस्तान्तरण गरेपछि अस्पतालमा यो सेवा संञ्चालनमा आएको ढकालले बताउनु भयो। संस्थाले छालाको लागी बायोप्सी परिक्षण गर्ने उपकरण बायोप्सी नमुना कन्टेनर र माईक्रोस्कोप लगायका उपकरण हस्तान्तरण गरिएको संस्थाका कार्यकारी निर्देशक प्रदिप शाहले बताउनु भयो। साझेदारीमा संञ्चालित आधारभुत स्वास्थ्य परियोजना वाट लुम्बिनी प्रादेशिक अस्पतालमा उपकरण…

तिलोत्तमा ९मिलिजुली टोलमा स्वास्थ्य समन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ आयुर्वेद जीवनशैली र उपचार, स्वस्थ र दीर्घायु जीवनको आधार भन्ने नाराका साथ रक्षा आयुर्वेदिक औषधालय र राष्ट्रिय आयुर्वेद एशोसियसन नेपालको संयुक्त आयोजनामा एक दिने जनचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ। तिलोत्तमा नगरपालिका वाड नं ९मंगलापुर मिलिजुली टोलमा भएको एक दिने शिबिरमा ६० जना भन्दा बढीको कार्यक्रममा बिभिन्न रोगको वारेमा जानकारी गराईएको थियो। टोल बिकास समितीका अध्यक्ष बाबुराम रेग्मीे अध्यक्षामा भएको कार्यक्रममा स्थानिय समाजसेवी नरबहादुर श्रीसले टोलसमितीको सक्रियतामा भएको जनचेतना मुलक कार्यक्रममा आयुर्वेद स्वास्थ्यकर्मी शालिकराम भुसाल लगायले महिलाहरुलाई स्वास्थ्यसमन्धी जानकारी गराएका थिए । उक्त कार्यक्रममा दिनचर्या, सरसफाईका उपायहरु, खानपान शैली,…

ओमसतियामा “उपाध्यक्ष संग गर्भवती तथा सुत्केरी महिला” कार्यक्रम

स्वास्थ्यसमाचार/ ओमसतिया गाउँपालिकाले “उपाध्यक्ष संग गर्भवती तथा सुत्केरी महिला” कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाका महिलाहरुलाई स्वास्थ्य संस्थामै प्रसुति गराउने, गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुमा हुने कुपोषणको दर घटाउन तथा बालमृत्युदर एवम मातृमृत्युदर घटाउने लक्ष्य सहित कार्यक्रम लागु गरिएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले बताइन । यस संगै यसले दिगो विकासका लक्ष्यहरुलाई पनि गाउँपालिकामा लागु हुन सहयोग पु¥याउने अपेक्षा रहेको चौधरीले बताइन ।कार्यक्रम अन्र्तगत पालिकाले चारपटक सुत्केरी जाच गरेको गर्भवती महिला तथा सुत्केरीहरुका लागि पौष्टिक आहार वितरण सुरु गरेको छ । ओमसतिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीका अनुसार…

छत्रकोट गाउँपालिकाले महिला स्वास्थ्य स्वयमसेबिकालाई पेन्सन दिने

स्वास्थ्यसमाचार / छत्रकोट गाउँपालिकाले अनिवार्य अवकास पाउने महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकालाई पेन्सन दिने भएको छ । ६० बर्ष उमेर पुगी अनिवार्य अवकास पाउने स्वयमसेबिकालाई मासिक १ हजार र ५ बर्ष सेवा गरि कारणबस अवकास लिनेलाई योगदानको सम्मन स्वरुप एकमुष्ठ रु १० हजार दिने छ । स्वास्थ्य शाखाले वडा नं. ६ दौघामा आयोजना गरेको महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको अनतरक्रिया कार्यक्रममा गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले यस्तो घोषणा गर्नु भएको हो । कार्यक्रममा सबै वडाका स्वयमसेबिका जनप्रतिनिधी स्थानिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । अनतरक्रियामा महिला सामुदायिक स्वास्थ्य स्वयमसेबिकाको कामको…