स्वास्थ्य शाखा प्रमुखमाथि वैद्य नेतृत्वको पार्टी कार्यकर्ताले दले कालो मोसो

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बागलुङ बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथि कालो मोसो दलेको छ ।

मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति बागलुङले कार्यालयतर्फ आउँदै गर्दा बिहान पौने १० बजेतिर गाउँपालिका-६ खाल स्थित मध्यपहाडी लोकमार्गमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केसीलार्ई कालो मोसो दलेको गाँउपालीका स्रोतले जानकारी दिएको छ ।

स्रोतले भन्यो, ‘बिहान कार्यालय आउँदा बाटोमा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्ययताले कालो मोसो दलेको भन्ने जानकारीमा आएको छ ।’

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बागलुङ कमिटीले विज्ञप्ति जारी गर्दै म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको जीवनमाथि नै खेलबाड गरेको भन्दै कारबाही स्वरूप कालो मोसो दलेको जनाएको छ ।

‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिसनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको हो’, जिल्ला इन्चार्ज अजनबी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरिएको लगायतका कारणले कारबाही गरिएको उनीहरूले बताएका छन् ।

आर्थिक चलखेल सत्ताको दुरुपयोग गरी थप लुटतन्त्र मच्चाउँदै जाने र जनताको आवाजलाई दमन गर्ने कुनै पनि षड्यन्त्र मान्य नहुने भन्दै आगामी दिनमा त्यस्ता गतिविधि नगर्न विज्ञप्तिमार्फत चेतावनी दिएको छ ।प्रशासनबाट साभार गरिएको ।

सम्बन्धित शिर्षक :