तिलोत्तमा नगरप्रमुख खाँणद्वारा ॐ महिला तथा बाल अस्पतालको उद्घाटन

राज्यले स्वास्थ्य र शिक्षामा लगानी बढाउनु पर्नेमा सरोकार वालाहरूको जोड

स्वास्थ्यसमाचार/  स्वस्थ, स्वच्छ र सभ्य समाज निमार्णका लागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्ने सरोकार वालाहरूले बताएका छन।तिलोत्तमामा खुलेको ॐ महिला तथा बाल अस्पतालको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले कुनैपनि स्वास्थ्य उपचारको अभावमा मृत्यु बरण गर्नपर्ने अबस्थाको अन्त्य कालागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्नेमा जोड दिएका हुन ।

उदघाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले भौतिक बिकास संगै मानविय बिकास जरुरी रहेकाले स्वास्थ्य र शिक्षाका क्षेत्रमा तिलोत्तमा लाई अगाडी बढाउने रणनीतिक हिसाबले अघि बढेको बताउनु भयो।

नगरप्रमुख खाँणले तिलोत्तमा स्थापना भएकोे ॐ महिला तथा बाल अस्पतालको लागी नगरपालिकाले आबश्यक सहयोग गर्ने समेत बताउनु भयो। हाम्रो नगरपालिका अस्पताल खुल्यो यो नगरको लागी राम्रो कुराको स्वास्थ्य र शिक्षामा अब्बल बनाउने तर्फ नगरपालिका लागेको बताउनु भयो।

नगरपालिमा गौतमबुद्ध सामुदायीक मुटु अस्पताल लाई १० विगाह जग्गा उपलब्ध गराएको छ केही आबश्यक भए सहकार्य गरेर अघि बढन नगरपालिका तयार बताउनु भयो। नगरप्रमुख खाँणले ॐ महिला तथा बाल अस्पताल तथा अन्य स्वास्थ्य शिक्षाका लगानी गरिएको क्षेत्रको सुरक्षा जिम्मेबारी नगरपालिकाले लिने बिश्वास समेत दिलाउनु भयो।

वालस्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत बसन्त श्रेष्ठले स्वास्थ्यका क्षेत्रमा राज्यले गरेको लगानी कम भएको भन्दै बढाउनु पर्ने बताउनु भयो। श्रेष्ठले आमा बन्ने कारणबाट मृत्युवरण गर्नु पर्ने अबस्थाको अत्यको ग्यारेन्टी राज्यले लिनु पर्ने र यसमा निजी क्षेत्रको साथ र सहयोग आबश्यक रहेको बताउनु भयो।

अस्पतालका निर्देशक कमला मल्ल हमालले सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोर किशोरीका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि ओम महिला तथा बाल अस्पताल स्थापना सुरु गरेको बताउनु भयो।स्थानीय सरकार तिलोत्तमा नगरपालिकाबाट १५ बेड को स्वीकृति लिई २०७७ साल श्रावण ७ गते शिलान्यास गरिएको अस्पतालले २०८० साल जेष्ठ बाट निःशुल्क सेवा र श्रावण बाट नियमित सेवा दिएको हमालको भनाई थियो ।

यो अस्पतालमा अहिले सम्म १० करोड भन्दा बढीको लगानी भएको र यसमा २५ जना शेयर सदस्य मध्य २१ जना महिला र ४ जना पुरुष रहेको वताउदै सुरु देखी हालम्म १७ सय भन्दा बढीले यस अस्पतालबाट सेवा लिई सकेको वताउनु भयो।उहालेअस्पताल वाट सुलम, सुपथ र गुणस्तरीय सेवा उपलब्ध भइरहेको बताउदै तिलोत्तमा भित्रकालाई एम्बुलेन्स निशुल्क र्र शुभारम्भको अवसरमा २० प्रतिशत समेत छुट प्रदान गर्ने अस्पतालको निति रहेको बताउनु भयो।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा शर्मिला शर्माले महिला तथा बालबालिकाको क्षेत्रमा गुणस्तरीय सेवा उपलब्ध गराएको र भविश्यमा पनि यसलाई निरन्तरता दिने बताउनु भयो।अस्पतालाई अगाडी लैजान सबैको महत्वपुर्ण भुमिका रहने भएकोले सबै यस अस्पतालाई माया गर्ने समेत आग्रह गर्नु भयो। उहाले ०७७ साल साउन ७ गते शिल्यान्यास भएको समेत जानकारी गराउनु भयो।

उदघाटनमा बोल्दै प्रस्तुती रोग बिशेषज्ञ डा प्रायश्चित श्रेष्ठले हप्तामा एक दिने आफुले निशुल्क सेवा दिने बताउनु भयो। उहाले कुन बार दिने भन्नेबार अस्पतालको टिम संग छलफल गरेर तोकीने बताउनु भयो।

कार्यक्रममा गौतमबुद्ध सामुदायीक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, अफिनका अध्यक्ष राम प्रसाद खरेल, बुटबल उपमहानगर पालिका निवर्तमान उपप्रमुख गुमा देबी आर्चाय, समाजसेवी अजुर्न रानाभाट लगायतले बोल्दै निजीक्षेत्रबाट त्यो पनि महिलाको नेतृत्वमा सञ्चालनमा आएको अस्पताल अब्बल रहेको र थप सेवा बिस्तार गर्दे निजीक्षेत्रको नमुना अस्पताल बनाउन शुभकामना दिनु भयो।

अस्पतालमा उपचार सुरुको पहिलो बच्चालाई उपहार समेत प्रदान गरिएको थियो।अस्पतालका अस्पतालका अध्यक्ष शारदा तिवारीको अध्यक्षता र दुर्गा देबी गौतमको सञ्चालनमा उदघाटन कार्यक्रम सम्पन्न भएको थियो।

 

सम्बन्धित शिर्षक :