भूकम्पका घाइतेहरुको उपचार खर्च संघिय सरकारले बेहोर्ने: स्वास्थ्य मन्त्री बस्नेत

स्वास्थ्यसमाचार : जाजरकोट र पश्चिम रुकुम लगायतका जिल्लामा हिजो मध्य राती गएको भूकम्पमा परि घाइते भएकाहरुको सम्पूर्ण उपचार संघिय सरकारले बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले भूकम्पमा परेर घाइते भएका सबैको उपचार संघिय सरकारले गर्ने बताए । मन्त्री बस्नेतले घाइतेहरुको उपचार नि:शुल्क गरिने जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश सरकारसँग समुन्यय गरेर आवश्यक औषधि सहित चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेर उपचारमा संलग्न भइसकेको पनि स्वास्थ्य मन्त्री बस्नेतले जानकारी दिए । स्थानिय र प्रदेश स्तरीय अस्पतालमा उपचार संभव नभएका गम्भिर घाइतेको उपचारका…

भेरी अस्पताल नेपालञ्जमा उपचाररत ३३ मध्ये ८ को अवस्था गम्भीर

स्वास्थ्यसमाचार/ गएराति जाजरकोट र रुकुममा गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार भेरी अस्पताल नेपालगञ्जमा भइरहेको छ । उपचाररत ३३ जना बिरामीमध्ये ८ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । भेरीमा उपचारका लागि ल्याइएका ३३ जनामध्ये ८ जनाको अवस्था गम्भीर रहेको बाँकेका प्रजिअ श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो । ८ जनाको अवस्था गम्भीर रहेको, २४ जनाको अवस्था सामान्य रहेको र १ जनाको अस्पतालमा पुर्‍याउँदा पुर्‍याउँदै मृत्यु भएको प्रजिअ पोखरेल जानकारी दिनुभयो । प्रजिअ पोखरेलका अनुसार भेरी अस्पताल नेपालगन्जमा ३१ जना र एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको…

भूकम्पबाट रुकुम पश्चिममा मृत्यु भएका ३५ मध्य २८ जनाको पहिचान

स्वास्थ्यसमाचार/रुकुम पश्चिम, कात्तिक १८ गते । शुक्रबार राति आएको भूकम्पको कारण रुकुम पश्चिममा मृत्यु भएका ३५ जना मध्य २८ जनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईका अनुसार मृत्यु हुनेहरूमा जिल्लाको आठविसकोट नगरपालिकाका(१८ र सानी भेरी गाउँपालिकाका १० जना रहेका छन् । मृत्यु हुनेहरूमा आठविसकोट नगरपालिका वडा नम्बर ११ बस्ने वर्ष ३५ की शिला कामी, वर्ष १३ की सिर्जना कामी, वर्ष ९ की रिया कामी, वर्ष ६ की दिया कामी, वर्ष ४ की आशा कामी, १८ महिनाकी एलिसा कामी रहेका छन् । त्यसै गरी सोही…

तिलोत्तमाको भूकम्प प्रभावित जिल्लालाई १० लाख र स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिकाले कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा स्वास्थ्यकर्मी सहितको औषधि र सहायता सामाग्री पठाएको छ। नगरपालिकामा आज आयोजित आकस्मिक बैठकबसट नगरपालिकाले सो निर्णय गरेको हो। नगरप्रमुख रामकृष्ण खाणको अध्यक्षता तथा जागेश्वर देवी चौधरी र कार्यपालिका सदस्यहरु सहितको उपस्थितिमा बसेको बैठकबाट भुकम्पबाट ज्यान गुमाएका प्रति हार्दिक श्रद्धान्जली अर्पण गरि मृतकका परिवारमा समबेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। नगरपालिकाले घाइते हरुको स्वास्थ्योपचार, उद्धार, तथा राहतका लागि जुट्न आग्रह गर्दै नगरपालिकाबाट समेत सो कार्यका लागि सामाग्री र टोलि पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण…

लुम्बिनी प्रदेशले भुकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रकालागि डेढ करोड सहयोग गर्ने भएको छ ।शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकार मन्त्री परिषदको बैठकले डेढ करोड सहयोग गर्ने निणर्य गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । साथै लुम्बिनी प्रदेश सरकारले गृह मन्त्री सन्तोष पाण्डेको नेतृत्वमा प्रभाबित जिल्लामा पठाउने निणर्य समेत गरेको छ ।लुम्बिनी प्रदेशले यस अघि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य सामग्री पठाइसकेको छ । जाजारकोट र रुकुम पश्चिममा भुकम्पबाट मृत्यु भएका परिवारप्रति श्रद्धाञ्जली तथा घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

कांग्रेसले भूकम्प पीडितको सहयोगका लागि ५० लाख दिने

स्वास्थ्यसमाचार/नेपाली कांग्रेसले भूकम्प पीडितको उद्धार, राहत र पुनस्र्थापनाका लागि पार्टीका तर्फबाट सरकारलाई रु ५० लाख उपलब्ध गराउने निर्णय गरेको छ । साथै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न अपिल समेत गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। शुक्रबार राति ११ः४७ मा गएको ६ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम  (पश्चिम )लगायतका क्षेत्रमा ठूलो सङ्ख्यामा मानवीय क्षति, भौतिक क्षति र सयौँ घाइते भएका छन् । कांग्रेसले उक्त घटनाले समस्त नेपालीलाई मर्माहत र दुःखी बनाएको उल्लेख गर्दै यस्तो समयमा…

थप चिकित्सकीय जनशक्ति यथाशिघ्र उपलब्ध गराउनेछौँ : चिकित्सक संघ

स्वास्थ्यसमाचार /नेपाल चिकित्सक सङ्घले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन सङ्घ तयार रहेको बताएको छ । सङ्घले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपत्मा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाइ सकिएको पनि जानकारी दिएको छ । “भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट बारेकोट गाउँपालिका र अन्य विकट क्षेत्रमा भएको जनधनको क्षतिले नेपाल चिकित्सक सङ्घ स्तब्ध भएको छ”, सङ्घको विज्ञप्तिमा भनिएको छ, “राज्यलाई आवश्यक परेको अवस्थामा थप…

सरकारले भन्यो– भुकम्पमा परी १सय ३२ जनाको मृत्यु, १५८ घाइते

स्वास्थ्यसमाचार/शुक्रबार रातिको भूकम्पका कारण १३२ जनाको मृत्यु भएको सरकारले पुष्टि गरेको छ। प्रहरी संयन्त्रबाट संकलित यो तथ्यांक गृह मन्त्रालयमा बसेको सुरक्षा निकायका अधिकारीहरूसँगको बैठकमा प्रस्तुत गरिएको हो। तर, स्थानीय जनप्रतिनिधिले भने योभन्दा धेरै क्षतिको विवरण टिपाएका छन्।उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा हालसम्मको क्षति, उद्धार र राहतका कामबारे समीक्षा भएको छ। सशस्त्र प्रहरी बल, नेपालले दिएको जानकारी अनुसार, सबैभन्दा बढी मानवीय क्षति जाजरकोटमा भएको छ।जाजरकोटमा ९२ जनाको मृत्यु भएको विवरण सशस्त्रले संकलन गरेको छ। जजरकोटमा क्षतिग्रस्त भवन तथा अन्य संरचनामा च्यापिएका ३१ जनालाई जीवितै उद्धार गर्न सम्भव भएको…

जाजरकोट भूकम्प :उद्धार र उपचारमा सहयोग पुर्‍याउन लुम्बिनी सरकारले पठायो मेडिकल टिम

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम(पश्चिममा मेडिकल टिम पठाएको छ। भूकम्प प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य उपचारमा सहयोग पुर्‍याउन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सक सहितको टोली भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि हिँडेको छ। उपचारमा चाहिने ‍औषधी र विशेषज्ञ स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा पठाइएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ। सरकारको तर्फबाट प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डे पनि प्रभावित क्षेत्रमा पुग्न थालेका छन्।

स्वास्थ्य मन्त्रालयसहित सबै सरकारी कार्यालय आजबाट ४ बजेसम्म

स्वास्थ्यसमाचार /आजदेखि स्वास्थ्य मन्त्रालयसहितका सरकारी कार्यालय ४ बजेसम्म मात्रै खुल्नेछ । स्वास्थ्य मन्त्रालयसहित देशभरका सरकारी कार्यालय आजबाट ४ बजेसम्म मात्र नेपाल सरकारको सूचनामा उल्लेख छ । नेपाल राज्यभरका सबै सरकारी कार्यालय कार्तिक १६ आजदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि उपरान्ह ४ बजेसम्म खुल्ने जनाइएको छ । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म खुल्ने देशभरका कार्यालय कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म १ घण्टा अगाडि नै विदा हुँदै आएको छ । हिउँदमा दिन छोटो हुने भएकाले ४ बजेसम्म मात्र सरकारी कार्यालय खुल्ने परम्परा छ ।शुक्रबार भने सदाझै विहान १० बजेदेखि…