लुम्बिनीका नर्सहरूको आन्दोलन : १२ देखि १८ कात्तिकसम्म २ घण्टा धर्ना

स्वास्थ्यसमाचार/ नेपाल नर्सिङ संघ (Nursing Association of Nepal – NAN) ले देशभरका नर्सहरूको माग सम्बोधनका लागि सुरु गरेको आन्दोलनमा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सहरू पनि सहभागी भएका छन्।

नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल इकाई समितिले जारी गरेको विज्ञप्तिमा संघले अघि सारेका मागहरूको समर्थनमा अस्पतालका सबै नर्सहरूले आन्दोलनका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “नेपाल नर्सिङ संघ केन्द्रीय कार्यसमितिद्वारा घोषित आन्दोलनलाई पूर्ण समर्थन गर्दै मिति २०८२/७ /१२ देखि २०८२/७/१८ सम्म दिनको २ घण्टा (१० बजेदेखि १२ बजेसम्म) अति आवश्यक आपतकालीन सेवाबाहेकका अन्य कामहरूमा सहभागिता नहुने जानकारी गराउँछौं नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिका उपाध्यक्ष पुतला खनाल द्धारा हस्ताक्षरित बिज्ञेप्तीमा उल्लेख गरिएको छ ।”

समितिले सेवाग्राहीहरूलाई आन्दोलनका कारण पर्न सक्ने असुविधाप्रति दुःख प्रकट गर्दै सहानुभूति जनाएको छ। संघले अघि सारेका प्रमुख मागहरूमा नर्सहरूको तलब वृद्धि, पेशागत सम्मान, सुरक्षा सुनिश्चितता, पदोन्नति प्रणाली सुधार तथा कामको वातावरण सुधारजस्ता विषयहरू समावेश छन्।

 

सम्बन्धित शिर्षक :