न्युरोलोजिस्ट डा. लेखजंग थापा रास्वपाको तर्फबाट रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार बने

स्वास्थ्यसमाचार/ रूपन्देही–३ को उपनिर्वाचनको लागि ३५ दिने लामो छनोट प्रक्रियापछि उमेदवार टुंगो लागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकांक्षी उमेदवारको सूचीमा रहेका न्युरोलोजिस्ट डा. लेखजंग थापालाई आधिकारिक उमेदवारको रूपमा घोषणा गरेको छ । आइतबार (भदौ १५) सचिवालय बैठकले थापालाई आधिकारिक उमेदवारको रूपमा घोषणा गरेको हो । सिद्धार्थनगर–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट र सामाजिक अभियन्ता हुन् । उनले नेपाली न्युरो साइन्सको विकास र बिरामी उपचारमा १६ वर्षभन्दा लामो समय बिताएका छन् । पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी र…

उपचारका क्रममा लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्ज अन्तर्गत मनमोहन सेन्टरमा आज शनिबार उनको निधन भएको एमाले पोलिटब्यूरो सदस्य तथा रुकुम पूर्व इन्चार्ज खेममान खड्काले बताए । पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौं लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया (मेजर अपरेशन) गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन् । लुम्विनी…

चितवनको भरतपुरमा कार दुर्घटना डा. विप्लव भट्टको निधन

स्वास्थ्यसमाचार/ चितवनको भरतपुरमा गएराती भएको सवारी दुर्घटनामा डा विप्लव भट्टको निधन भएको छ । भरतपुर महानगरपालिका १० बिशालचोकमा रमाइलो चोकतर्फबाट आउँदै गरेको बा १५ च ४६९३ नम्बरको कार गएराती करिब १ः३० बजे अनियन्त्रित भई सडक किनारमा रहेको रुखमा ठोक्किँदा कारमा सवार भरतपुर–२ आँपटारीका डा. बिप्लब भट्टको मृत्यु भएको हो । दुर्घटनामा परी गम्भिर घाइते डा.भट्टको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा राति नै २ः०५ बजे मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।डाक्टरको भट्टको कार दुर्घटनामा निधन भएकोमा डाक्टर स्टोरी नेपालले श्रद्धाञ्जली अर्पण गरेको…

हृदयघातबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानको निधन

स्वास्थ्यसमाचार/ लुम्बिनी सांस्कृतिक नगरपालिकाको नगर प्रमुख सजरुद्दिन मुसलमानको मृत्यु भएको छ । लामो समय देखि मुटु रोग बिरामी रहेका मुलसमानको शनिबार बिहान हृदयघातकै कारण मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । शनिबार बिहान ९ बजे हृदयघात भएपछि घरमै मृत्यु भएको पारिवारिक श्रोतले जनाएका छन् । उनको शवलाई परम्परा अनुसार साँझ ५ बजे स्थानीय कब्रिस्तानमा अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए । खाँन नेपाली काँग्रेसको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकामा निर्वाचित भएका थिए ।

रोल्पामा स्वास्थ्यकर्मीलाई वडा सचिवको जिम्मेवारी दिँदा स्वास्थ्य सेवा प्रभावित

स्वास्थ्यसमाचार/रोल्पामा स्वास्थ्यकर्मीहरुलाई निमित्त वडा सचिवको जिम्मेवारी दिँदा स्वास्थ्य संस्थाहरुको सेवा प्रभावित भएको पाइएको छ । स्थानीयकाअनुसार स्थानीय तहका धेरै जसो वडा सचिव विहीन वडा कार्यालयहरुमा स्थानीय तहहरुले स्थानीय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु लाई निमित्त वडा सचिवमा कामकाज गर्न काजमा पठाउँदा स्थानीय स्वास्थ्य संस्थाहरुको नियमित कामकाज र सेवा प्रवाहहरु प्रभावित बन्न पुगेको बताएका छन् । रोल्पाका धेरै जसो स्थानीय तहहरुले वडा कार्यालयहरुमा प्राबिधिक कर्मचारीहरु त्यसमा पनि स्वास्थ्य शाखाका स्वास्थ्यकर्मीहरुलाई निमित्त वडा सचिव बनाएर वडा कार्यालयमा लैजाँदा धेरै जसो स्वास्थ्य संस्थाहरु बाट भनेको समयमा प्रयाप्त र सुलभ स्वास्थ्य सेवा सुबिधा पाउन नसकेको…

महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार : स्वास्थ्य चौकी प्रमुखसहित तीन पक्राउ

स्वास्थ्यसमाचार/ हुम्लामा महिला स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा स्वास्थ्य चौकी प्रमुखसहित तीन जना पक्राउ परेका छन्। ताजाकोट गाउँपालिका – ३ को मैला स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमाथि अभद्र व्यवहार गरेको आरोपमा सोही स्वास्थ्य चौकीका प्रमुख लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा पक्राउ परेका हुन्। उनीहरूलाई मंगलबार राति नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए। प्रहरीले पक्राउ परेका सबैलाई अभद्र व्यवहारसम्बन्धी कसूरमा मुद्दा दर्ता भएर अनुसन्धान अगाडि बढाएको छ । के थियो घटना ? घटना भदौ १० गते रातिको हो।…

तिलोत्तमामा गर्भवती र सुत्केरीका लागि निःशुल्क, अन्यका लागि आधा शुल्कमै भिडियो एक्स–रे

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका–१०, सेमरा बजार हेल्थपोष्टमा सञ्चालित भिडियो एक्स–रे सेवाबाट चालु आर्थिक वर्ष २०८१/८२ मा कुल ५सय२५ जना सेवाग्राहीले सेवा लिएका छन । स्वास्थ्य संस्था प्रमुख जनस्वास्थ्य अधिकृत कमल पान्डेयका अनुसार गर्भवती महिलालाई गर्भावस्थामा ३ पटकसम्म र सुत्केरी अवस्थामा १ पटकसम्म पूर्ण निःशुल्क भिडियो एक्स–रे सेवा उपलब्ध गराइँदै आएको वताउनु भयो। उहाले यस बाहेकका सेवाग्राहीलाई भने ६५० रुपैयाँ शुल्कमा सेवा दिइँदै आएको वताउनु भयो। “निजी क्षेत्रको भन्दा झन्डै आधा शुल्कमा गुणस्तरीय सेवा दिईएको ” पान्डेयले वताउनु भयो। पान्डेले यो सेवा रेडीयोलोजिष्ट डाक्टरबाट दिईने गरेको समेत बताउनु भयो ।स्थानिय हरिकला चौधरीले…

ज्येष्ठ नागरिकदेखि विपन्नसम्म :रुरुक्षेत्रको स्वास्थ्य सेवा घर-घरमै

स्वास्थ्यसमाचार / गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले स्वास्थ्य सेवा विस्तारका उद्देश्यसहित घरदैलोमै पुगेर ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र सिकिस्त बिरामीको स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्दै आएको छ । ८० वर्ष माथिका नागरिक र असक्त बिरामीलाई २/२ महिनामा चिकित्सक टोली पठाएर नियमित परीक्षण गर्ने र आवश्यक औषधि घरमै पु¥याउने कार्य निरन्तर जारी रहेको पालिकाले जनाएको छ । पालिका अध्यक्ष यदु ज्ञवालीले प्रत्येक स्वास्थ्य चौकीमा २/२ महिनामा चिकित्सक र ल्याबसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको बताए । गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति र विपन्न परिवारलाई निःशुल्क एम्बुलेन्स सुविधा दिइएको छ…

पाल्पामा स्क्रब टाइफस संक्रमणबाट ११ वर्षीया बालिकाको मृत्यु

स्वास्थ्यसमाचार/ पाल्पामा स्क्रब टाइफस संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ। रैनादेवी छहरा-१ की ११ वर्षीया अस्मिता कुमालको स्क्रब टाइफस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। अत्यधिक ज्वरो आउने लगायतका लक्षण देखिएपछि आफन्तले बालिकालाई उपचारका लागि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा लगेका थिए। प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि उनलाई जिल्ला सदरमुकाम तानसेन ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो। यो वर्ष पाल्पामा मात्रै २३८ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। स्क्रब टाइफस ‘ओरिन्सिया सुसुगामासी’ जीवाणुले सङ्क्रमित भएको एक प्रकारको सानो किर्नाको टोकाइबाट मानिसमा…

स्वास्थ्य मन्त्रालय लुम्बिनीद्धारा ७० जना स्वास्थ्यकर्मीको सरुवा

स्वास्थ्यसमाचार/ स्वास्थ्यमन्त्रालय लुम्बिनी द्धारा ७० जना स्वास्थ्यकर्मीको सरुवा गरिएको छ। मन्त्रालयले शुक्रबार सचिवस्तरको निर्णय गर्दै पाँचौँ, छैटौँ, सातौँ र आठौँ तहका स्वास्थ्यकर्मीको सरुवा गरेको छ ।   हेर्नुहोस सरुवा