ग्याष्ट्रो सेन्टर बुटवलमा चार वर्षीय बालकको सफल इण्डोस्कोपी

स्वास्थ्यसमाचार/ग्याष्ट्रो बुटवलमा एक बालकको सफल इन्डोस्कोपी गरिएको छ । कमै मात्रामा बालबालिकाहरूमा गरिने इन्डोस्कोपी ग्याष्ट्रो बुटवलमा पहिलो पटक गरिएको प्रालिका बरिष्ठ पेट आन्द्रा, कलेजो तथा प्यांक्रियाज रोग विशेषज्ञ डाक्टर मोहन भुसालले जानकारी दिनुभयो ।

डाक्टर भुसाल सहितको डाक्टरको टिमले चार वर्षीय बालकलाई बेहोस बनाएर पेटको इन्डोस्कोपी गरेको हो । पेटमा समस्या देखिनुका साथै बालकले तारन्तार बोमिटिङ गरिरहेको र नरोकिएपछि सिद्धार्थ महिला तथा बाल अस्पतालले इन्डोस्कोपी लागि ग्याष्ट्रो सेन्टरमा पठाएको थियो ।

सेन्टरमा उपलब्ध डाक्टर भुसाल सहित एनेस्थेसियोलोजिष्ट डाक्टर आनन्द अग्रहरी र डाक्टर सविर श्रेष्ठको टिमले बालकको इन्डोस्कोपी गरेको हो । इन्डोस्कोपी रिपोर्ट पछि पुनः थप उपचारकालागि सिद्धार्थ महिला तथा बाल अस्पताल पठाइएको प्रालिले जनाएको छ ।

पेटको सम्पुर्ण उपचार गरिदै आएको ग्यास्टो सेन्टरमा अहिलेसम्म ५० भन्दाबढी विरामीको इन्डोस्कोपी गरि सकेको उल्लेख गर्दै डाक्टर भुसालले आवश्यक परे अन्य विरामीलाई पनि बेहोस बनाएर इन्डोस्कोपी गर्न सकिने बताउनुभयो ।

पेटमा विभिन्न खाले समस्या देखिएर आन्द्राका माथिल्लो भागको परिक्षण गरिने इन्डोस्कोपी तीन वर्षदेखि माथी सबै उमेरका बिरामीलाई गर्न सकिने डाक्टर भुसालले जानकारी दिनुभयो । पेट, आन्द्रा, कलेजो तथा प्यांक्रियाज सम्बन्धीका बिरामीहरूलाई विशेषज्ञ सहितको टिमले ग्याष्ट्रो सेन्टरमा फाइब्रोस्क्यान सेवा सहित सेवा सञ्चालनमा गर्दै आएको छ ।

सम्बन्धित शिर्षक :