ह्दयघातबाट राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष केसीको निधन

स्वास्थ्यसमाचार/ राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको ह्दयघातका कारण निधन भएको छ। तिहारको अवसरमा घरमै दिदीबहिनीहरूसँग नाचगान गरिरहेका बेला अचानक बेहोस भएपछि उपचारका क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ।

पारिवारिक श्रोतका अनुसार तिहारको टीका लगाइसकेपछि घरमा रमाइलो माहोलमा नाचगान भइरहेका बेला केसी अचानक ढलेका थिए। तत्क्षण उनलाई उपचारका लागि बुटवलस्थित बुटवल अस्पताल प्रालिमा लगिएको थियो।

अस्पताल पुर्‍याउने वित्तिकै चिकित्सकले उनलाई मृत घोषित गरेका जनमोर्चा निकट प्रगतिशील पत्रकार संघका अध्यक्ष श्यामलाल पोखरेलले जानकारी दिए।

अर्घाखाँचीमा जन्मिएका केसी पछिल्ला २५ वर्षदेखि बुटवल उपमहानगरपालिका–१९, नहरपुरमा स्थायी रूपमा बसोबास गर्दै आएका थिए। ५१ वर्षीय केसीका श्रीमती र तीन छोरा छन्। उनकाे अन्त्येष्टि शुक्रबार बिहान गरिने पारिवारिक श्रोतले जनाएको छ।

सम्बन्धित शिर्षक :