स्वास्थ्यसमाचार/ भीम अस्पतालले न्यूनतम सेवा मापदण्ड (एमएसएस) को फलोअप तथा अनुगमनमा ९५ प्रतिशत अंक प्राप्त गरेको छ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले यहि कात्तिक १३ गते अस्पतालमा गरेको न्यूनतम सेवा मापदण्डको फलोअप तथा अनुगमनको नतिजा सार्वजनिक गर्न शनिबार आयोजित प्रस्तुतीकरण कार्यक्रममा अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिइएको हो। भीम अस्पताल विकास समितिका पदेन सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा अस्पतालका तर्फबाट अस्पताल प्रमुख डा. वर्षा थापाले अस्पतालको सेवा प्रवाह तथा कार्यसम्पादनसम्बन्धी प्रस्तुतीकरण…
समाचार
रोग पहिचान देखि उपचारसम्म अल्ट्रासाउन्डको महत्त्व, सही परीक्षण र रिपोर्ट व्याख्यामा जोड
स्वास्थ्यसमाचार/ अल्ट्रासाउन्ड परीक्षणलाई रोग पहिचान गर्ने माध्यमका रूपमा मात्र नभई उपचार प्रक्रियामा मार्गदर्शन र बिरामीको स्वास्थ्य अवस्थाको अनुगमन गर्ने महत्त्वपूर्ण प्रविधिका रूपमा प्रयोग गर्नुपर्नेमा वरिष्ठ रेडियोलोजिस्ट डा. राजेन्द्र खनालले बताएका छन । तिलोत्तमा नगरपालिका–३, ड्राइभरटोलस्थित निदान अल्ट्रासाउन्ड डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा. खनालले अल्ट्रासाउन्ड परीक्षणको उपयोगिता, आधुनिक प्रविधि, गुणस्तरीय परीक्षण र यसको सही व्याख्याबारे जानकारी गराएका हुन्। कार्यक्रममा उनले आफ्नो २१ वर्षको सरकारी सेवाको अनुभव, विभिन्न स्थानमा रहेर काम गर्दा प्राप्त व्यावसायिक सिकाइ तथा अमेरिकामा केही समय गरेको अनुसन्धानका विषयमा समेत जानकारी गराएका थिए। लामो…
प्यूठानमा १७ बुँदे पोषण सुधार प्रतिबद्धता जारी, ६४ वटै वडामा सुधारका लक्ष्य निर्धारण
स्वास्थ्यसमाचार/ प्यूठान जिल्लाको पोषण अवस्था सुधार गर्न १७ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ। स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा भएको पोषण कार्यक्रमको वार्षिक समीक्षा तथा अन्तरक्रियाबाट जिल्लाका नौवटै स्थानीय तहका ६४ वडामा पोषणको अवस्था सुधार गर्ने लक्ष्यसहित प्रतिबद्धतापत्र जारी गरिएको हो। कार्तिक ११ देखि १३ गतेसम्म सञ्चालन भएको तीनदिने कार्यक्रममा पोषण विशेष कार्यक्रम, विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमको तथ्याङ्क विश्लेषण र आर्थिक वर्ष २०८२/८३ को पोषण कार्यक्रमको वार्षिक समीक्षा गरिएको थियो। कार्यक्रममा प्यूठान र स्वर्गद्वारी नगरपालिका तथा नौबहिनी, गौमुखी, झिमरुक, मल्लरानी, ऐरावती, माण्डवी र सरुमारानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख, पोषण सम्पर्क व्यक्ति,…
लुम्बिनीमा आयुर्वेद सेवाको छलाङ : उपचारसँगै जीवनशैली सुधार र रोग रोकथाममा तीव्र विस्तार
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा आयुर्वेद स्वास्थ्य सेवा विस्तारसँगै उपचारमा मात्र नभई स्वस्थ जीवनशैली प्रवर्द्धन र रोगको रोकथाममा समेत जोड दिन थालिएको छ। प्रदेशभर रहेका ६० आयुर्वेद स्वास्थ्य संस्थामार्फत नागरिकलाई उपचार सेवा दिनुका साथै योग तथा ध्यान, स्वस्थकर खानपान भान्सा सुधार र बाल स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेका छन्। प्रदेशमा एउटा प्रादेशिक आयुर्वेद चिकित्सालय, दुईवटा आयुर्वेद चिकित्सालय, १० वटा आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय तहअन्तर्गत ४७ वटा आयुर्वेद औषधालय छन्। यी संस्थामार्फत आयुर्वेद उपचारसँगै समुदायस्तरमा स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रदेशको आयुर्वेद सेवासम्बन्धी विवरणमा उल्लेख छ। आयुर्वेद सेवाको मूल…
चक्रवातको असरले लुम्बिनीका सात जिल्ला प्रभावित हुने, सतर्कता अपनाउन आग्रह
स्वास्थ्यसमाचार/बंगालको खाडीमा विकसित ‘अर्नाव’ चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सात जिल्लामा भारी वर्षा, चट्याङ र हावाहुरीको जोखिम बढ्ने सम्भावना रहेको भन्दै प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको सूचनाअनुसार कात्तिक १३ र १४ गते रुकुम पूर्व, रोल्पा, प्युठान, अर्घाखाँची, पाल्पा, कपिलवस्तु र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ । नेपाल मौसम विज्ञान विभागको विशेष बुलेटिनलाई उद्धृत गर्दै मन्त्रालयले उक्त मौसमी प्रणालीको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि सुरु हुने सम्भावना रहेको जनाएको छ…
थारू कल्याणकारिणी सभाको राहत सामग्री रेडक्रसलाई हस्तान्तरण
स्वास्थ्यसमाचार/ थारु कल्याणकारी सभा क्षेत्रीय समिति क्षेत्र नं. १ दाङ देउखुरीले सञ्चालन गरेको ‘एक घर एक किलो चामल दान अभियान’ अन्तर्गत संकलित राहत सामग्री नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको रोहवरमा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका(देउखुरी)मा उक्त राहत सामाग्री नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश समितिलाई हस्तान्तरण गएिको हो । सभाले लमही नगरपालिका–५ स्थित थारु कल्याणकारी सभा भवन, राप्ती गाउँपालिका–७ छुट्की सिसहनिया र राजपुर गाउँपालिकामा राहत संकलन केन्द्र स्थापना गरी खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री संकलन गरेको थियो । तीनवटा संकलन केन्द्रबाट ३३…
भारी वर्षाको जोखिम : स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन मन्त्रालयको आग्रह
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारी वर्षा र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन आग्रह गरेको छ। मन्त्रालयले विपद्को पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन निर्देशन दिएको हो। जल तथा मौसम विज्ञान विभाग तथा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले २०८३ कात्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्। सोही अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले स्वास्थ्य क्षेत्रको तयारी सुदृढ बनाउन निर्देशन दिएको हो। मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन…
कांग्रेस केन्द्रीय समितिमा ३० डाक्टर र १५ इन्जिनियर निर्वाचित
स्वास्थ्यसमाचार/ नेपाली काँग्रेसको १५ औँ महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिमा चिकित्सक, इन्जिनियर तथा विभिन्न विषयका विज्ञहरूको उल्लेख्य उपस्थिति देखिएको छ । उपसभापति, महामन्त्रीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न पदमा डाक्टर, इन्जिनियर,विषय विज्ञ निर्वाचित भएका छन् । काँग्रेसको नयाँ कार्यसमितिमा ३० जना डाक्टर र १५ जना इन्जिनियर निर्वाचित भएका छन् । यसले पार्टीको नेतृत्व तथा निर्णय प्रक्रियामा प्राविधिक, प्राज्ञिक र पेशागत क्षेत्रबाट प्रतिनिधित्व बढेको देखाएको छ । काँग्रेसको विशेष महाधिवेशनपछि विधान संशोधन गर्दै पेशागत क्षेत्रका व्यक्ति तथा विषयविज्ञलाई पार्टीको केन्द्रीय संरचनामा समेट्ने नीति लिइएको थियो । सोहीअनुसार चिकित्सक, विद्यावारिधि गरेका…
रुपन्देहीमा ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
स्वास्थ्यसमाचार/ रुपन्देहीमा कात्तिक १७ र १८ गते ८० हजार ५८७ बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइने भएको छ। दसैँका कारण नियमित तालिकामा परिवर्तन गर्दै सरकारले यस वर्ष कात्तिक १७ र १८ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न लागेको हो। रुपन्देहीका वरिष्ठ तथ्याङ्क अधिकृत टुकराज पोखरेलका अनुसार जिल्लामा दुवै कार्यक्रमअन्तर्गत ८० हजार ५८७ बालबालिकालाई सेवा दिने तयारी गरिएको छ। स्वास्थ्य सेवा विभागका अनुसार यस वर्ष देशभर करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने तयारी छ। कार्यक्रम सञ्चालनका लागि ५२ हजार महिला स्वास्थ्य…
भैरहवामा २०० शय्याको क्यान्सर अस्पताल बन्ने, ईआईए स्वीकृत
स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८, अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल निर्माण हुने भएको छ। करिब तीन बिघा क्षेत्रफलमा निर्माण गर्न लागिएको अस्पतालको वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) प्रतिवेदन स्वीकृत भएसँगै निर्माण प्रक्रिया अघि बढ्ने भएको हो। कृषि, वन तथा वातावरण मन्त्रालयको २०८३ असोज १२ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अस्पतालको ईआईए प्रतिवेदन स्वीकृत भएको हो। लुम्बिनी क्यान्सर हस्पिटल प्रालिमार्फत निर्माण हुन लागेको अस्पतालमा करिब तीन अर्ब ८२ करोड रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। प्रारम्भिक विवरणमा भने आयोजनाको लगानी साढे चार अर्ब रुपैयाँ हाराहारी रहने उल्लेख छ। अस्पतालका सञ्चालक तथा लगानीकर्ता कमल भण्डारीका…

