विश्व खाद्य दिवस : स्वस्थ जीवनका लागि स्वच्छ, सुरक्षित र पोषणयुक्त खाना

स्वास्थ्यसमाचार/हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाइन्छ। भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्ने तथा सबै नागरिकलाई पर्याप्त, सुरक्षित र पोषणयुक्त खाना उपलब्ध गराउने उद्देश्यले यो दिवस मनाइन्छ। खाद्य स्वच्छता, स्वस्थ खानपान र पोषणको महत्त्वबारे जनचेतना फैलाउनु पनि यस दिवसको प्रमुख उद्देश्य हो। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को स्थापना दिवसको सम्झनामा सन् १९७९ मा विश्व खाद्य दिवस मनाउने निर्णय गरिएको थियो। त्यसपछि सन् १९८१ देखि हरेक वर्ष अक्टोबर १६ मा विभिन्न नारासहित यो दिवस मनाउन थालिएको हो। खाना मानिसको आधारभूत आवश्यकता हो। स्वस्थ जीवनयापन, शारीरिक…

 डिजिटल युगमा सम्बन्ध, एक्लोपन र मानसिक स्वास्थ्य

आजको डिजिटल युगमा मानिस प्रविधिसँग नजिकिँदै गएको छ, तर आफ्नै परिवार र प्रियजनसँग भावनात्मक रूपमा टाढिँदै गएको अनुभव पनि बढ्दो छ। हातमा मोबाइल, सामाजिक सञ्जालमा सयौँ साथी र निरन्तर सन्देशको ओहोरदोहोर हुँदाहुँदै पनि मानिसले एक्लोपन महसुस गर्न सक्छ। यस्तो अवस्थाले मानसिक स्वास्थ्य, पारिवारिक सम्बन्ध र व्यक्तिगत खुसीमा प्रभाव पार्न सक्छ।  डिजिटल लत र मानसिक तनाव मोबाइल, टिकटक, रिल्स र सामाजिक सञ्जालमा लामो समय बिताउँदा मानिसको निद्रा, एकाग्रता र दैनिक जीवन प्रभावित हुन सक्छ। अरूको जीवनसँग आफ्नो तुलना गर्ने, निरन्तर प्रतिक्रिया र प्रशंसा खोज्ने तथा सन्देशको जवाफ ढिलो आउँदा चिन्ता गर्ने…

स्वच्छ हात, सुरक्षित नवजात -संक्रमणमुक्त (NICU)को आधार

नवजात शिशुको जीवन अत्यन्त संवेदनशील हुन्छ। विशेषगरी समय नपुगी जन्मिएका, कम तौल भएका तथा विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका शिशुमा संक्रमणको जोखिम बढी हुन्छ। नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) मा भर्ना भएका शिशुको रोग प्रतिरोधात्मक क्षमता पूर्ण रूपमा विकसित नभइसकेको हुन सक्छ। त्यसैले सामान्य जीवाणुले समेत गम्भीर संक्रमण गराउन सक्छ। यस्ता शिशुलाई सुरक्षित राख्न उपचार, हेरचाह र सरसफाइसँगै हातको स्वच्छता अत्यन्त महत्त्वपूर्ण हुन्छ। स्वास्थ्यकर्मी, चिकित्सक, नर्स, सहयोगी कर्मचारी तथा शिशुलाई भेट्न आउने अभिभावकले सही समयमा हात सफा गर्ने बानी अपनाएमा संक्रमण फैलिने जोखिम घटाउन सकिन्छ। हातको स्वच्छता किन आवश्यक छ?…

चिकित्सक परिवारको संस्कार, महिलाको स्वास्थ्य सेवामा समर्पण डा.अनुपा

महिलाको स्वास्थ्यका समस्या धेरैजसो अवस्थामा बाहिरबाट देखिँदैनन्। महिनावारी अनियमित हुनु, अत्यधिक रक्तस्राव, हर्मोनको असन्तुलन, गर्भधारणमा कठिनाइ, गर्भावस्थाका जटिलता तथा पाठेघरसम्बन्धी रोगले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा प्रभाव पार्न सक्छन्। कतिपय महिला सामाजिक संकोचका कारण आफ्ना समस्या खुलेर भन्न सक्दैनन् भने कतिपयले सामान्य ठानेर लामो समयसम्म उपचार गराउँदैनन्। महिलाको स्वास्थ्यसँग जोडिएका यिनै संवेदनशील विषयको पहिचान, उपचार र परामर्श प्रसूति तथा स्त्रीरोग सेवाका महत्त्वपूर्ण पाटा हुन्। महिलाको जीवनका विभिन्न चरणमा देखिने स्वास्थ्य समस्याको उपचारमा विशेषज्ञता हासिल गरेकी चिकित्सक हुन्, डा. अनुपा थापा । उनी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञका…

मानसिक स्वास्थ्यसम्बन्धी ऐन निर्माणको तयारीमा सरकार

स्वास्थ्यसमाचार/सरकारले मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषदबाट पारित गरेसँगै यससम्बन्धी ऐन निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। विश्व मानसिक स्वास्थ्य दिवस २०२६ का अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मानसिक स्वास्थ्य सेवालाई व्यवस्थित बनाउन र सेवाग्राहीको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी आधार निर्माण गरिने बताइन्। ‘मानसिक स्वास्थ्यसम्बन्धी अवधारणापत्र मन्त्रिपरिषद्बाट पारित भइसकेको छ। अब यसैका आधारमा ऐन निर्माणको काम अघि बढाइनेछ,’ उनले भनिन्। मन्त्री मेहताले मानसिक स्वास्थ्य सेवालाई अस्पतालमा मात्र सीमित नराखी समुदायस्तरसम्म विस्तार गर्नुपर्नेमा जोड दिइन्। स्थानीय तहमा मानसिक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्न बजेट विनियोजन गरिएको उल्लेख गर्दै…

औषधिद्वारा सुरक्षित गर्भपतन सेवाका लागि पाँच नर्सलाई तालिम

स्वास्थ्यसमाचार/ औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवाको गुणस्तर सुधार तथा स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा पाँच जना नर्सिङ कर्मचारीलाई पाँचदिने तालिम प्रदान गरिएको छ। स्वास्थ्य तालिम केन्द्र, लुम्बिनी राप्ती उपत्यका दाङको आयोजनामा तथा आईपासको सहयोगमा सञ्चालित तालिममा औषधिद्वारा गरिने गर्भपतनको प्रक्रिया, सुरक्षित सेवा प्रदान गर्ने विधि, कानुनी व्यवस्था र सेवाग्राहीलाई दिनुपर्ने परामर्शका विषयमा प्रशिक्षण दिइएको हो। तालिममा परिवार नियोजन संघ बुटवल शाखाकी प्रमुख सुष्मा श्रेष्ठ र नर्सिङ अधिकृत पदमा श्रेष्ठले सहजीकरण गरेका थिए। उनीहरूले सुरक्षित गर्भपतन सेवासम्बन्धी ज्ञान, व्यावहारिक सीप तथा स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता विकासका विषयमा प्रशिक्षण दिएका थिए।…

असहज भएपछि अस्पताल लैजाँदै गर्दा डा. विजय पौडेलको निधन

स्वास्थ्यसमाचार/ नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ। असहज महसुस भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो। नैकापस्थित आफ्नै निवासमा रहेका बेला असहज महसुस गरेपछि पौडेललाई नजिकैको बर्न अस्पताल लगिएको थियो। अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालले जानकारी दिए। पौडेललाई हृदयाघात भएको आशंका गरिएको छ। यद्यपि, उनको निधनको आधिकारिक कारण भने पुष्टि हुन बाँकी छ। डा. पौडेल पुराना कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन्। उनका श्रीमती र दुई छोराछोरी छन्।

स्वास्थ्यपेज सातौँ वर्षमा, स्वास्थ्य क्षेत्रको विकासका लागि स्वस्थ पत्रकारिता अपरिहार्य :सचिव श्रेष्ठ

स्वास्थ्यसमाचार/दिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सव, स्वास्थ्यपेज विशेषांक विमोचन र अग्रज सम्मान कार्यक्रम गरिएको छ । कार्यक्रमलाई सम्वोधन गर्ने व्यक्तित्वहरुले स्वस्थ समाजका लागि स्वास्थ्य पत्रकारिता अपरिहार्य रहेकोमा जोड दिए । त्यसका निमित्त स्वास्थ्यपेज डटकमले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अझ यसलाई व्यवसायिक बनाएर लैजान सुझाव दिए । कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेशका स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठले स्वास्थ्य क्षेत्रको विकासका लागि स्वस्थ पत्रकारिता अपरिहार्य रहेको बताइन् । उनले जिम्मेवार र मर्यादित पत्रकारिताले मात्रै स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । पत्रकारिताका…

डा. कपिलमणि केसीको १५ वर्षे अनुभव : १० हजार शल्यक्रिया, ३५० जोर्नी प्रत्यारोपण

हिँड्दा घुँडा दुख्ने, उकालो–ओरालो गर्न नसक्ने, बस्न र उठ्नसमेत अरूको सहारा चाहिने अवस्था धेरैका लागि पीडादायी हुन्छ। उमेर बढ्दै जाँदा घुँडा वा हिपको जोर्नी खिइनु, पुरानो चोटका कारण जोर्नी बिग्रनु र दैनिक कामकाजमा कठिनाइ हुनु सामान्य समस्या हुन्। तर, जोर्नी खिइँदैमा जीवनभर दुखाइ सहेर बस्नुपर्छ भन्ने छैन। आवश्यक अवस्थामा गरिने जोर्नी प्रत्यारोपणले दुखाइ कम गर्न र दैनिक जीवन सहज बनाउन सहयोग पुर्‍याउँछ। नेपालमा पछिल्लो डेढ दशकमा हाडजोर्नी उपचार र जोर्नी प्रत्यारोपणको क्षेत्रमा उल्लेखनीय परिवर्तन आएको छ। कुनै समय सीमित ठूला अस्पतालमा मात्रै उपलब्ध हुने जोर्नी प्रत्यारोपण सेवा अहिले देशका विभिन्न…

रुरुक्षेत्र गाउँपालिकामा विद्यालयबाटै मानसिक स्वास्थ्य सचेतना

स्वास्थ्यसमाचार/मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाउने होइन, समयमै पहिचान गरेर सहयोग खोज्ने विषय हो भन्ने सन्देशसहित गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले विद्यालय र समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले मानसिक स्वास्थ्य प्रवर्द्धन, समस्याको प्रारम्भिक पहिचान र आत्महत्या रोकथामलाई प्राथमिकतामा राख्दै विद्यार्थी तथा समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गरेको हो। यसै क्रममा रिडी माध्यमिक विद्यालयका विद्यार्थीले मानसिक स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रस्तुत गरेका छन्। नाटकमार्फत मानसिक स्वास्थ्य सम्बन्धी समस्या लुकाएर नराख्न, समस्यामा परेका व्यक्तिलाई माया र सहयोग गर्न तथा महिला हिंसा, भेदभाव र दुर्व्यवहारविरुद्ध आवाज उठाउन सन्देश दिइएको थियो। त्यस्तै, रुरुक्षेत्र गाउँपालिका–६ स्थित जनज्योति…