सियारीलाई पुर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिदै

स्वास्थ्यसमाचार/रुपन्देहीको सियारी गाउँपालिकाले पुर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषणाको तयारीमा जुटेको छ ।पालिकाले यसै आर्थिक बर्ष भित्र पुर्ण संस्थागत प्रसुती सुेवायुक्त पालिका घोषणाका लागि अभिमुखीकरण समेत शुरु गरिएको छ ।

लुम्बिनी प्रदेश स्वास्थय निर्देशनालयले तयार गरेको पुर्ण संस्थागत प्रसुति सेवा युक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी मापदण्ड २०८० अनुसार काम अगाडि बढाइएको स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तीले जानकारी दिए ।उनले सियारीलाई यसै आर्थिक बर्ष भित्रै पुर्ण संस्थागत प्रसुति सेवा युक्त स्थानीय तह घोषणा गर्न लागिएको बताए ।

स्वास्थ्य मापदण्ड अनुसार कम्तीमा चार पटक गर्भ जाँच गरेका गर्भवती महिलाहरु कम्तिमा ९० प्रतिशत, दक्ष प्रसुतिकर्मीद्वारा ९५ प्रतिशत सुत्केरी स्वास्थ्य संस्थामा गराएको, घरमा हुने प्रसुती शुन्य र प्रोटोकल अनुसार तीन पटक सुत्केरी जाँच कम्तीमा ९० प्रतिशत गराएको सुनिश्चितता भएपछि जिल्ला समन्वय समितिले घोषणा गर्न सक्ने छ ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे सियारीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी सहितको कार्यक्रम गरेका कारण पुर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषणाको तयारीमा जुट्न सकिएको बताए ।

उनले सियारी ४ छपियामा १५ शैयाको आधारभुत अस्पताल निर्माणको कामलाई तिव्रता दिएको बताउदै यसको निर्माण पश्चात सियारीवासीले स्वास्थ्य उपचारमा ठुलो सहयोग पुग्ने बताए ।

सियारीले यस अघि १२ हप्ता भित्रमा फोलिकएसिड चक्की, ३ महिना पुरा भएपछि क्याल्सियम, आइरन र फोलिकएसिड, जुकाको औषधी खुवाउने र प्रोटोकल अनुसार ८ पटक जाँच, स्थानीय दुईवटा बर्थिङ सेन्टरमा सामान्य प्रसुति सेवा र जटिल खालकालाई रिफर गर्ने गरिन्छ ।

सुत्केरी भएपश्चात पनि उनीहरुलाई प्रोटोकल अनुसार कम्तिमा तीन पटक नर्सिङ स्टाफले स्वास्थ्य परिक्षण गर्ने गर्दछन् ।सियारी गाउँपालिकाले उपाध्यक्ष सहित सुत्केरी भेट तथा पोषण सामग्री वितरण समेत गर्दै आएको थियो ।

सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे सियारीले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय लगानी सहितको कार्यक्रम गरेका कारण पुर्ण संस्थागत प्रसुती सेवा युक्त पालिका घोषणाको तयारीमा जुट्न सकिएको बताए ।

 

सम्बन्धित शिर्षक :