औषधि व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा न्यौपाने सर्वसम्मत चयन

स्वास्थ्यसमाचार/नेपाल औषधि ब्यवसायी संघ, लुम्बिनी प्रदेशको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट लुकराज न्यौपानेको अध्यक्षता १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

शनिबार भएको अधिवेशनबाट संघको वरिष्ठ उपाध्यक्षमा अभय कुमार बस्नेत, थोक उपाध्यक्षमा सुदिप खड्का, खुद्रा उपाध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ, महासचिवमा प्रकाश ज्ञवाली, कोषाध्यक्षमा थानेश्वर ज्ञवाली, सचिवमा ईन्द्र प्रसाद भट्टराई (विष्णु), उप कोषाध्यक्षमा थानेश्वर अर्याल चयन भएका छन् ।

त्यस्तै थोक सदस्यमा मो. ज्याउल हक हलवाई, विज्ञानध्वज श्रेष्ठ, खुद्रा सदस्य बैकुण्ठ प्रसाद कोइराला, राकेशचन्द्र कुमाल, महिला सदस्य प्रभा भण्डारी, खुल्ला सदस्यमा धर्मराज भट्टराई, नीम कुमार राउत, धन बहादुर केसी, कृष्ण प्रसाद पौडेल रहेको प्रमुख निर्वाचन अधिकृत दामोदर घिमिरेले बताए ।

यसैगरी संघको सदस्यमा जुवानन्द बेल्बासे लाई मनोनित गरिएको नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेले बताए । व्यवसायीलाई संस्थागत रुपमा एकजुट गरी ब्यवसायिक हकहितको काम गर्ने उनले प्रतिवद्धता जनाए ।

सम्बन्धित शिर्षक :