गोरखा जिल्ला अस्पतालमा ड्युटीमा रहेका डाक्टर कुटिए

स्वास्थ्यसमाचार/गोरखा जिल्ला अस्पतालमा ड्युटीका डाक्टरमाथि कुटपिट भएको छ । अस्पतालका डा.अविनाश पराजुलीमाथि कुटपिट भएको हो । बिरामी महिलाका पति र अन्य दुई जनाले अस्पतालको कोठामा पसेर डा. पराजुलीमाथि लात्ती र मुक्का प्रहार गरेका थिए । अस्पतालका डाक्टर कुटपिटपछि कानुनी कारबाही गरियोस् भन्दै कुटपिट गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिइएको अस्पतालका सूचना अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिए । गण्डकी स्वास्थ्य निर्देशनालयले अस्पताल ओपिडीमा भएको घटनाप्रति गभ्भीर ध्यानाकर्षण भएको जनाएको छ । निर्देशनालयले डाक्टरमाथि कुटपिट र दुव्र्यवहार गर्नेमाथि कडाभन्दा कडा कारबाहीको माग गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लीलाराज लामिछानेले…

युवालाई लागूऔषध प्रयोगबाट जोगाउन सामूहिक प्रयास जरुरीः गृहमन्त्री खाँण

स्वास्थ्यसमाचार / गृहमन्त्री बालकृष्ण खाँणले युवाहरु लागूऔषध प्रयोग र ओसारपसारबाट टाढा रहनुपर्नेमा जोड दिएका छन् ।लागूऔषधको प्रयोग र ओसारपसारले राष्ट्रका कर्णधार मानिने युवापुस्ताहरुको स्वास्थ्य जोखिममा पर्ने, विभिन्न कानूनविपरीतका कार्यमा संलग्न हुने जस्ता जोखिम बढ्ने जनाउँदै गृहमन्त्री खाणँले यसबाट सबै युवायुवतीहरु सचेत र सजग रहनुपर्ने बताए । उनले लागूऔषधको नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको र रोकथाम तथा सचेतनाका कार्यक्रमहरु पनि गरिरहेको जनाए ।पाँच दलीय गठबन्धनबाट रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेको नेपाली काँग्रेसका केन्द्रीय सदस्य खाँणले सोमबार भैरहवामा आयोजित रुपन्देहीमा क्रियाशील रोटरी क्लबहरुसँगको छलफलमा बोल्दै युवाहरुलाई कुलतबाट…

कोरोनाको संक्रामक सबभेरियन्ट ‘एक्सबीबी’ नेपालमा पनि भेटियो

स्वास्थ्यसमाचार/ नोबेल कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी नेपालमा पनि भेटिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले नयाँ भेरियन्ट भेटिएको पुष्टि गरे। उनले गत २१ साउन देखि १४ असोजसम्म कोभिड – १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलित नमूनाहरुको छनौट गरी केही नमूनाहरुको जिनोमिक सिक्वेन्सिङ गर्दा ओमिक्रोनको सबभेयिन्ट एक्सबीबी पहिचान भएको बताए। विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म सो भेरियन्ट विश्वका २६ देशमा पुगिसकेको छ। सार्स कोभ – २ भाइरसको ओमिक्रोन भेरियन्टको…

राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (RAAN) रुपन्देहीको भेला सम्पन्न

स्वास्थ्यसमाचार/ राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल (RAAN) रुपन्देहीको प्रथम जिल्ला भेला तथा दिपाबली छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय आयुर्वेद एसोसियसन नेपाल केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश ईन्जार्च शालिकराम भुसालको अध्यक्षता लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख डा पुष्पराज पौडेलको प्रमुख आतिथ्य तथा तिलोत्तमा नगरपालिका वडा ५का वडा अध्यक्ष रमेश डुर्मेको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रमको उदघाटन महाशाखा प्रमुख पौडेलले गर्नु भएको थियो। उक्त भेला तथा दिपाबली छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम वोल्दै तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख धुर्व घिमिरेले बोल्दै आयुर्वेद उपचार पद्धति…

सर्वोच्च अदालतद्वारा डा भुसालको उम्मेदवारी खारेजीको कारण माग

स्वास्थ्यसमाचार/ सर्वोच्च अदालतले रुपन्देही(२ मा हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको उम्मेदवारी खारेजीको कारण माग गरेको छ । चिकित्साशास्त्रमा नेपाल सरकारको छात्रवृत्तिमा पढ्दै गरेका व्यक्ति निर्वाचनमा उम्मेदवार बनेको भन्ने उजुरी परेपछि निर्वाचन अधिकृतको कार्यालयले उनको उम्मेदवारी खारेज गरेको थियो । त्यसपछि उनी उम्मेदवारी कायम राख्न अन्तरिम आदेश माग्दै सर्वोच्च गएका थिए । भुसालको मुद्दामा बिहीबार न्यायाधीश कुमार रेग्मीको इजलासमा परेको थियो । उम्मेदवारी खारेज बदर गरी पाउँ भन्ने उनको मागअनुसार अदालतले अन्तरिम आदेश नदिए पनि कात्तिक १५ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको सर्वोच्चले जनाएको छ । भुसालको पक्षमा अधिवक्ताहरु…

आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै

स्वास्थ्यसमाचार/ सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते…

तिलोत्तमाको सेमरा बजार स्वाथ्य चौकीमा एक्सरे सेवा शुभारम्भ

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिका वडा नम्बर १० मा रहेको सेमराबजार स्वाथ्य चौकीमा भिडियो एक्सरे तथा एक्सरे सेवा सुरुवात गरिएको छ । रोटरी क्लव अफ रुपन्देहीले केही समयपहलिा उपलब्ध गराएको उपकारणको प्रयोग गरी तिलोत्तमा नगरपालिकाले आवश्यक व्यवस्थापन गरी भिडियो एक्सरे(युजिसी) र एक्सरे सेवा सुरुवात गरिएको हो । आईतबार स्वाथ्य चौकीमा एक कार्यक्रमको आयोजनागरी तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, उप प्रमुख जागेश्वरदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन । सेवा सुरुवात कार्यक्रममा बोल्दै नगर प्रमुख खाँणले सेमराक्षेत्रका स्थानीय, गर्भभवती महिला लगायत भिडियो एक्सरे, एक्सरे गर्ने प्रकृतिका विरामीका लागि नियमित रुपमा सेवाले राम्रो प्रभाव…

सत्यमोहन जोशीको शरीर ,विद्यार्थीलाई अध्ययनका लागि राखिने

स्वास्थ्यसमाचार/  संस्कृतिविद् सत्यमोहन जोशीको शरीर नजलाइने भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान निधन भएको थियो । यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसक्नुभएका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो ।आज किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच भएको छलफलपछि जोशीको शरीर नजलाउने निर्णय भएको हो । शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ। शवमा नसाबाट केमिकल राखेपछि अन्तिम श्रद्धाञ्जलीका लागि महानगरपरिसरमा राखिने निर्णय भएको बताइएको छ । शताब्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट…

डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या सजग रहन आग्रह

स्वास्थ्यसमाचार/  डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउनु भयो । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताउनु भयो ।डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताउनु भयो । डेंगु, फ्लू र सामान्य रुघाखोकी,…

रुरुक्षेत्र गाउँपालिकामा घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने

स्वास्थ्यसमाचार/  रुरुक्षेत्र गाउँपालिकामा घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने भएको छ। उक्त कार्यक्रम संञ्चालनको लागी स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको हो । गाउँपालिकामा कार्तिक देखी सबै घरधुरीमा गई स्वास्थ्य सम्बन्धी तथ्यांकहरु संकलन गर्ने र मंसिरबाट प्रतेक महिनाको २ दिन घर घरमा गई गर्भवती, सुत्केरी, अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने उदेश्यक साथ आज स्वास्थ्यकर्मिलाई अभिमुखीकरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक छत्र अधिकारीले बताए । स्वास्थ्य परिक्षणमा ( प्रेसर जांच, सुगर जाच, पिसाब जाच आदि ) गरि आवश्यक औषधि तथा परामर्श दिईने अधिकारीले बताए। रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञाबलीले पालिका भित्रका…