स्वास्थ्यसमाचार / नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्ला क्षयरोग (टिबी) कार्यक्रम व्यवस्थापनमा देशकै उत्कृष्ट भएको छ। क्षयरोग नियन्त्रण तथा व्यवस्थापनका सूचकहरूमा उत्कृष्ट प्रदर्शन गर्दै नवलपरासीले राष्ट्रिय स्तरमै अग्रस्थान हासिल गरेको हो। विश्व क्षयरोग दिवश २०८२को अबसरमा स्वास्थ्य सचिव डा. विकास देवकोटा ले आयोजित एक समारोहबीच जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अंगद बहादुर शाही लाई प्रमाणपत्रसहित सम्मान गर्नुभयो। सम्मान समारोहमा बोल्दै सचिव देवकोटाले विविध चुनौतीका बाबजुद पनि क्षयरोग नियन्त्रण तथा व्यवस्थापनमा नवलपरासीले उत्कृष्ट उपलब्धि हासिल गरेको बताउनुभयो। स्वास्थ्य कार्यलय नबलपरासीका प्रमुख अंगद बहादुर शाहीले समयमै पहिचान, प्रभावकारी उपचार, बिरामीको नियमित निगरानी तथा समुदाय स्तरमा जनचेतना…
क्षयरोग
लुम्बिनी प्रदेशमा क्षयरोग नियन्त्रणमा प्रगति, तर चुनौती अझै कायम
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा क्षयरोग (टिबी) को अवस्था हेर्दा उपचारमा सुधार देखिए पनि संक्रमण दर अझै उच्च रहेको पाइएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्ला केही वर्षमा टिबी सम्बन्धी प्रमुख सूचकहरूमा मिश्रित अवस्था देखिएको छ। आर्थिक वर्ष २०७६/७७ मा प्रति एक लाख जनसंख्यामा ११२ रहेको केस नोटिफिकेशन दर (CNR) क्रमशः बढ्दै २०७८/७९ मा १५८ पुगेको थियो। त्यसपछि केही उतारचढावका बीच २०८०/८१ मा १६४ पुगेको यो दर २०८१/८२ मा घटेर १५१ मा झरेको छ। यसले एकातर्फ केस पहिचान र परीक्षणको दायरा बढेको देखाए पनि संक्रमण अझै व्यापक रहेको संकेत गर्दछ। उपचारतर्फ भने…
रुपन्देहीमा क्षयरोग नियन्त्रणमा प्रगतिः ९४.८९% उपचार सफलता दर
स्वास्थ्यसमाचार/ जिल्लामा क्षयरोग (टिबी) नियन्त्रण तथा उपचारमा पछिल्लो समय उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०८२/८३ को साउनदेखि पुससम्मको अवधिमा तयार पारिएको प्रतिवेदनअनुसार जिल्लाको उपचार सफलता दर ९४.८९ प्रतिशत पुगेको छ, जसले उपचार सुरु गरेका अधिकांश बिरामी सफलतापूर्वक निको भएको पुष्टि गर्दछ। यस अवधिमा जिल्लाभर ७६५ जना नयाँ क्षयरोगी पहिचान भएका छन् भने कुल बिरामी संख्या ८५७ पुगेको छ। नयाँ बिरामीको संख्या अझै उच्च देखिए पनि स्वास्थ्यकर्मीहरूका अनुसार सक्रिय खोज, परीक्षणको पहुँच विस्तार र जनचेतनाको वृद्धि कारण समयमै रोग पहिचान हुन थालेको हो। यसले संक्रमण फैलावट रोक्न महत्त्वपूर्ण योगदान पुर्याएको…
पाल्पामा क्षयरोग नियन्त्रणमा चुनौती, लुकाउने प्रवृत्तिले बढायो जोखिम
स्वास्थ्यसमाचार / जिल्लामा क्षयरोग (ट्यूबरकुलोसिस) निःशुल्क र प्रभावकारी भए पनि सामाजिक डर, लाञ्छना र जनचेतनाको अभावका कारण नियन्त्रणमा चुनौती बढिरहेको छ। स्वास्थ्यकर्मीहरूका अनुसार बिरामीहरूले धेरैपटक ढिला गरी मात्र स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। तानसेन–सेती पोखरीका ७३ वर्षीय कविराम नेपाली केही समयअघि क्षयरोगका कारण थला परेका थिए। “अब बाँच्दिनँ” भन्ने अवस्थामा पुगेका उनी अहिले नियमित औषधि सेवनपछि पूर्ण रूपमा स्वस्थ भएका छन्। उनले भने, “नियमित औषधि खाएपछि रोग निको हुँदो रहेछ, मैले त नयाँ जीवन पाएँ।” माथागढी गाउँपालिकाका दिपक दर्लामी र निस्दी गाउँपालिकाका २४ वर्षीय कमल सुनारीजस्ता बिरामीले पनि समयमै निःशुल्क…
रुपन्देही कारागारमा ६२० जनामा क्षयरोग परीक्षण: १४५ सुसुप्त र २ सक्रिय क्षयरोगका बिरामी फेला
स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय रुपन्देही र रुपन्देही कारागारको सहकार्य तथा बिराट नेपाल मेडिकल ट्रस्ट (BNMT) को आर्थिक र प्राविधिक सहयोगमा रुपन्देही कारागारमा (क्षयरोग) स्क्रिनिङ र Latent TB परीक्षण भएको छ। माघ २५ गतेदेखि फाल्गुन १ गतेसम्म सञ्चालन गरिएको यस अभियानले बन्द वातावरणमा रहेका कैदी–बन्दीहरूमा TB पहिचान र उपचारको महत्त्वपूर्ण योगदान पुर्याएको वताईएको छ । कार्यक्रम अन्तर्गत ६२० जना कैदी–बन्दीहरूमा TB स्क्रिनिङ गरिएको थियो। तीमध्ये ६१८ जनाको X-ray र Latent TB परीक्षण गरिएको थियो। परीक्षणको क्रममा १४५ जना सुसुक्त (Latent) TB बिरामी पत्ता लागेर उपचारका लागि दर्ता गरिएका छन् भने २ जना…
क्षयरोग खोजपड्तालबाट पुसमै इलाममा ४० नयाँ क्षयरोगी पहिचान
स्वास्थ्यसमाचार/इलाम जिल्लामा क्षयरोग नियन्त्रणका लागि सञ्चालन गरिएका सक्रिय खोज तथा परीक्षण कार्यक्रमबाट पुस महिनामा मात्रै ४० जना नयाँ क्षयरोग (टीबी) का बिरामी पहिचान भएका छन्। यो तथ्याङ्कले इलाममा क्षयरोग अझै पनि एक गम्भीर सार्वजनिक स्वास्थ्य समस्याका रूपमा विद्यमान रहेको देखाएको छ, साथै सक्रिय खोज रणनीतिले लुकेर रहेका बिरामी पहिचान गर्न प्रभावकारी भूमिका खेलेको संकेत पनि दिएको छ। स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्याका अनुसार चालु आर्थिक वर्षको सुरुदेखि पुस महिनासम्म जिल्लाभर कुल १०३ जना क्षयरोगका बिरामी पहिचान भई उपचारमा रहेका छन्। उहाँले समयमै रोग पत्ता लागेमा र नियमित रूपमा औषधि…
रुपन्देहीमा क्षयरोगको जोखिम बढ्दै: १८३३ संक्रमित, ५४ जनाको मृत्यु
स्वास्थ्यसमाचार/ रुपन्देहीमा क्षयरोगीको संख्या बढदै गएको छ ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल सम्म १८ सय ३३ जना क्षयरोगी रहेका छन् ।भने ५४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय रुपन्देहीका बरिष्ठ क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीले बताउनु भयो । सरकारले २०३० सम्म प्रति एक लाखमा २० जनामा भन्दा बढीमा क्षयरोगको संक्रमण फैलिन नदिने लक्ष्य लिएको बताउनु भयो । क्षयरोगको लक्षण देखिने साथ नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन जानु पर्ने बताउनु भयो । संक्रमण दर घटाउने लक्ष्य राखेको भए पनि जिल्लामा संक्रमणको दर बढेको उहाँको भनाई छ । रुपन्देही सीमाक्षेत्र भएकोले पनि नियन्त्रणमा समस्या…
क्षयरोग : अनुमान र सरकारी तथ्यांकबीच फरक, लुकेका बिरामी चुनौती
स्वास्थ्यसमाचार /नेपालमा क्षयरोगबाट गतवर्ष मात्रै १६ हजार बढीको मृत्यु भएको अनुमान छ । सोही वर्ष ६८ हजार नयाँ क्षयरोगी थपिएको अर्को अनुमान छ । तर नेपालको सरकारी संयन्त्र अनुमानको नजिक अझै पुग्न सकेको छैन । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकमा आर्थिक वर्ष २०८१ ०८२ मा क्षयरोगबाट मृत्यु भएको संख्या १ हजार २८० रहेको छ । यस्तै केन्द्रले सोही वर्ष क्षयरोग संक्रमित नयाँ बिरामी ३९ हजार ११८ जना थपिएको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको समन्वयमा केन्द्रले आयोजना गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा निर्देशक डा. श्रीराम तिवारीले क्षयरोगको वर्तमान अवस्था र भावी…
क्षयरोगमुक्त पालिका बनाउने बुटवल उपमहानपालिकाको योजना
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले समुदायिक परिक्षण मार्फत लुकेर रहेका क्षयरोगीहरुको पत्ता लगाएर उपचारको मापदण्डमा ल्याउने गरी सकारात्मक प्रयास अगाडी बढाएको छ । अझै पनि समुदायमा लुकेर रहेका क्षयरोगीले एक जनाले १० जना सम्मलाई सार्ने भएको कारण पहिचान गर्नु अहिलेको जल्दो बल्दो आवश्यकता भएको कारण सोही अनुसार योजना बनाएर आगाडि बढेको हो । बुटवल उपमहानगरपालिका जन स्वाथ्य महाशाखा प्रमुख युवराज पाण्डेका अनुसार गाउँ गाउँमा र अली बढि प्रभावित क्षेत्रको आंकलन गरी स्वाथ्य स्वयंसेविका मार्फत स्वाथ्य शिविर आयोजना गरी क्षयरोगीहरुलाई पत्ता लगाएर पोषण सहितको उपचारमा जोड दिइएको वताउनु भयो । विश्व क्षयरोग दिवसको अवसरमा…
रुपन्देहीमा क्षयरोगबाट ८० जनाको मृत्यु, २ हजार ७ सय वढी संक्रमित
स्वास्थ्यसमाचार/रुपन्देहीमा बिगत डेढ बर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ७ सय ७९ जना क्षयरोग संक्रमितको संख्या पाइएको छ । विश्व क्षयरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले भैरहवामा आयोजना गरेको क्षयरोग सम्बन्धि कार्यक्रममा २०८० को साउनदेखि २०८१ को पुस महिनासम्म रुपन्देहीमा २ हजार ७ सय ७९ जना क्षयरोगको संक्रमित संख्या पाइएको जनाइएको हो । स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले समयमै रोगको पहिचान नहुनु, नियमित औषधि सेवन नगर्नु र एचआईभीसहितको संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुनुको प्रमुख कारण रहेको बताए । क्षयरोगको सम्पूर्ण जाँच…
