रुपन्देहीमा क्षयरोगको जोखिम बढ्दै: १८३३ संक्रमित, ५४ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा क्षयरोगीको संख्या बढदै गएको छ ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल सम्म १८ सय ३३ जना क्षयरोगी रहेका छन्  ।भने ५४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय रुपन्देहीका बरिष्ठ क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीले बताउनु भयो । सरकारले २०३० सम्म प्रति एक लाखमा २० जनामा भन्दा बढीमा क्षयरोगको संक्रमण फैलिन नदिने लक्ष्य लिएको बताउनु भयो । क्षयरोगको लक्षण देखिने साथ नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन जानु पर्ने बताउनु भयो । संक्रमण दर घटाउने लक्ष्य राखेको भए पनि जिल्लामा संक्रमणको दर बढेको उहाँको भनाई छ । रुपन्देही सीमाक्षेत्र भएकोले पनि नियन्त्रणमा समस्या…

क्षयरोग : अनुमान र सरकारी तथ्यांकबीच फरक, लुकेका बिरामी चुनौती

स्वास्थ्यसमाचार /नेपालमा क्षयरोगबाट गतवर्ष मात्रै १६ हजार बढीको मृत्यु भएको अनुमान छ । सोही वर्ष ६८ हजार नयाँ क्षयरोगी थपिएको अर्को अनुमान छ । तर नेपालको सरकारी संयन्त्र अनुमानको नजिक अझै पुग्न सकेको छैन । राष्ट्रिय क्षयरोग केन्द्रको तथ्यांकमा आर्थिक वर्ष २०८१ ०८२ मा क्षयरोगबाट मृत्यु भएको संख्या १ हजार २८० रहेको छ । यस्तै केन्द्रले सोही वर्ष क्षयरोग संक्रमित नयाँ बिरामी ३९ हजार ११८ जना थपिएको जनाएको छ । स्वास्थ्य पत्रकार मञ्च नेपालको समन्वयमा केन्द्रले आयोजना गरेको पत्रकार अन्तर्क्रिया कार्यक्रममा निर्देशक डा. श्रीराम तिवारीले क्षयरोगको वर्तमान अवस्था र भावी…

क्षयरोगमुक्त पालिका बनाउने बुटवल उपमहानपालिकाको योजना

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले समुदायिक परिक्षण मार्फत लुकेर रहेका क्षयरोगीहरुको पत्ता लगाएर उपचारको मापदण्डमा ल्याउने गरी सकारात्मक प्रयास अगाडी बढाएको छ । अझै पनि समुदायमा लुकेर रहेका क्षयरोगीले एक जनाले १० जना सम्मलाई सार्ने भएको कारण पहिचान गर्नु अहिलेको जल्दो बल्दो आवश्यकता भएको कारण सोही अनुसार योजना बनाएर आगाडि बढेको हो । बुटवल उपमहानगरपालिका जन स्वाथ्य महाशाखा प्रमुख युवराज पाण्डेका अनुसार गाउँ गाउँमा र अली बढि प्रभावित क्षेत्रको आंकलन गरी स्वाथ्य स्वयंसेविका मार्फत स्वाथ्य शिविर आयोजना गरी क्षयरोगीहरुलाई पत्ता लगाएर पोषण सहितको उपचारमा जोड दिइएको वताउनु भयो । विश्व क्षयरोग दिवसको अवसरमा…

रुपन्देहीमा क्षयरोगबाट ८० जनाको मृत्यु, २ हजार ७ सय वढी संक्रमित

स्वास्थ्यसमाचार/रुपन्देहीमा बिगत डेढ बर्षमा क्षयरोगबाट ८० जनाको मृत्यु भएको छ । यस अवधिमा २ हजार ७ सय ७९ जना क्षयरोग संक्रमितको संख्या पाइएको छ । विश्व क्षयरोग दिवसका अवसरमा जिल्ला स्वास्थ्य कार्यालय, रुपन्देहीले भैरहवामा आयोजना गरेको क्षयरोग सम्बन्धि कार्यक्रममा २०८० को साउनदेखि २०८१ को पुस महिनासम्म रुपन्देहीमा २ हजार ७ सय ७९ जना क्षयरोगको संक्रमित संख्या पाइएको जनाइएको हो । स्वास्थ्य कार्यालय, रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले समयमै रोगको पहिचान नहुनु, नियमित औषधि सेवन नगर्नु र एचआईभीसहितको संक्रमण हुनु क्षयरोगबाट मृत्यु हुनुको प्रमुख कारण रहेको बताए । क्षयरोगको सम्पूर्ण जाँच…

लुम्बिनी प्रादेशिक अस्पतालका पाण्डेय बिश्व क्षयरोग दिवसमा सम्मानित

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश वाट क्षयरोग उपचारमा उत्कृष्ट कार्य गरेको लुम्बिनी प्रादेशिक अस्पतालका जन स्वास्थ्य निरिक्षक बिरोध पाण्डेलाई सम्मान गरिएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कार्यरत पाण्डेलाई सम्मान गरेको हो । मार्च २४ तारिख अर्थात अन्तर्राष्ट्रिय क्षयरोग दिवसको अबसरमा पाण्डेलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले सम्मान गर्नु भएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा दुई प्रकारका क्षयरोगको उपचार हुने गर्दछ कडा खालको टिवी र समान्य खालको टिवीको उपचार भैरहेको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक १० देखी माथी बिरामी आउने गरेको डट्स शाखा प्रमुख बिरोध…

पश्चिम नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु, रोगीको संख्या हरेक वर्ष बढ्दै

स्वास्थ्यसमाचार/हरेक वर्ष क्षयरोगीको संख्या बढ्दै गएको पश्चिम नवलपरासीमा क्षयरोगबाट १३ जनाको मृत्यु भएको छ । दुई वर्ष अगाडि क्षयरोग पहिचान भएका उनीहरूको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मृत्यु भएका सबै वृद्धावस्थाका व्यक्ति छन् । क्षयरोग लागेको ढिलो पहिचान भई उपचारको दायरामा आउन नसक्दा उनीहरूको मृत्यु भएको जनस्वास्थ्य अधिकृत जान मोहम्मद पठानले बताए । जिल्लामा क्षयरोगीको उपचार दर ९३ प्रतिशत मात्र सफल भएकाले रोगीको पहिचान गरी समयमै उपचारको दायरामा ल्याउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । जिल्लामा हरेक वर्ष क्षयरोगीको संख्या बढ्दो छ । पछिल्लो ६ महिनामा २ सय १ जना नयाँ क्षयरोगी भेटिएका…

“नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर”

स्वास्थ्यसमाचार/नेपालमा ४० प्रतिशत क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेका छन् । विश्व क्षयरोग दिवसको अवसरमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्दले आइतबार एक कार्यक्रम गर्दै नेपालमा ४० प्रतिशत अर्थात २७ हजार २२४ क्षयरोगका बिरामी उपचारको दायरा बाहिर रहेको उल्लेख गरेको छ । सन् २०२३ मा विश्व स्वास्थ्य संगठनले नेपालमा वार्षिक ६८ हजार नयाँ क्षयरोगका बिरामी थपिने र १६ हजार बिरामीको मृत्यु हुने अनुमान गरेको थियो । केन्द्रका निर्देशन डा.श्रीराम तिवारीले नेपालमा अनुमानित बिरामी मध्ये ४० हजार ७७६ जना मात्र क्षयरोगका बिरामी उपचारको दायराभित्र आएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “अनुमानित क्षयरोग प्रभावित…

क्षयरोग मुक्त अभियानका लागि बुटबल उपमहानगरको अभियान तिब्र

स्वास्थ्यसमाचार/क्षयरोग मुक्त पालिका बनाउनको लागि बुटवल उपमहानगर पालिका ले अभियान तिब्र बनाएको छ ।नगर स्तरीय क्षयरोग समन्वय समिति गठन गरेको बुटवले १९ वटै वडामा क्षयरोगको वडा स्तरीय समिति गठन गरेको स्वास्थ शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै वडाहरूलाई समेटेर पालिका स्तरमा युवाहरुलाई क्षयरोगको अभिमुखीकरण कार्यक्रम गरिने भएको छ । १९ वटै वडाहरुमा क्षयरोगको २० स्थानमा निशुल्क स्क्रिनिङ शिविर संचालन हुदा १५ जना क्षयरोगी पत्ता लागेको छ । पालिकामा क्षयरोगको चेक जाँच लाई सहज बनाउन प्रयोगशाला सेवाको बिस्तार भएको रहेको छ । क्षयरोग पहिचान, निदान, उपचार, रोकथाम…

रुपन्देहीमा चालु आर्थिक बर्षको ९ महिनामा २२ जना क्षयरोगीको मृत्यु

स्वास्थ्यसमाचार/रुपन्देहीमा बर्सेनि क्षयरोगका बिरामी बढ्दै गएको देखिएको छ । नयाँ संक्रमित भेटिने र मृत्यु दर पनि उल्लेख्य रहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । रुपन्देहीमा गत आर्थिक वर्षमा एक हजार २ सय भेटिएकामा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म बढेर १ हजार ७ सय जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार यस वर्ष पहिचान र उपचारको पहुँचबाट बाहिर भएका कारण कम तथ्यांक देखिएको दावी गर्दै आगामी वर्षमा क्षयरोगका पहिचान गरी २ हजार ७ सय पुर्याउने बताउनुभयो । त्यस्तै जिल्लामा गत वर्ष ०७९/८० मा ५१ जनाले मृत्युवरण…

नेपालको जम्मा भार मध्ये २१ प्रतिशत क्षयरोगीको भार लुम्बिनी प्रदेशमा

स्वास्थ्यसमाचार/नेपालमा क्षयरोगको संस्थागत रूपमा उपचार हुन थालेको ८ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा रोकथामका लागि विभिन्न कार्यक्रम भए पनि आशातित उपलब्धी हुन सकेको छैन् । क्षयरोग नियन्त्रणका लागि सरकारले कहिले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा गरिने उपचार त कहिले स्टव टीबी रणनीति बनाएर गर्‍यो । तर, क्षयरोगको रोकथाम र निवारण हुन सकेन । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालका अनुसार क्षयरोगको निःशुल्क औषधि, परीक्षण र उपचार गर्दा पनि यति ठूलो सङ्ख्यामा बिरामी उपचारमा नआउनु क्षयरोग नियन्त्रणमा चुनौती थपिएको बताउनु भयो । एचएमआइएस/डिएचआइएसको विगत तीन वर्षको तथ्याङ्कलाई विश्लेषण गरी हेर्दा आर्थिक वर्ष…