लुम्बिनीमै पहिलोपटक: भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु

स्वास्थ्यसमाचार/नेपालगञ्जस्थित भेरी अस्पतालले पश्चिम नेपालको स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रेषण अस्पतालको रुपमा भेरी अस्पतालको स्तरीय सेवाप्रति आम नागरिकको आशा र विश्वाससमेत बढ्दै गएको छ । अस्पताल स्थापना भएको १३४ वर्ष पुगिसक्दा अस्पतालले आम नागरिकलाई विभिन्न गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै विशिष्टीकृत अस्पतालका रुपमा विकास गरिरहेको हो । अस्पतालले वैशाख ९ गतेबाट लुम्बिनी प्रदेशमै पहिलोपटक मानव अङ्ग (मिर्गौला) प्रत्यारोपण सेवासमेत सुरु गरेको छ । मिर्गौला प्रत्यारोपण सेवा सुरु भएसँगै यस क्षेत्रका मिर्गौला रोगका बिरामीहरु धेरै खर्च गरेर काठमाडौँ तथा भारततिर धाउन नपर्ने…

भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने सम्झौता

स्वास्थ्यसमाचार/भेरी अस्पताल नेपालगन्जमा मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिने भएको छ । जिल्लाको एकमात्र सरकारी अस्पतालमा उक्त सेवा विस्तारका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा केन्द्रसँग सम्झौता गरिएको हो । सम्झौतासँग अब भेरी अस्पताल नेपालगञ्जमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिनेछ । सोमवार भेरी अस्पतालमा एक कार्यक्रमकाबीच मानव अंग प्रत्यारोपण केन्द्रका निर्देशक डा.पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.निराजन सुवेदीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । मन्त्री पौडेलले सबै संघीय अस्पतालहरुमा मानव अंग प्रत्यारोपण सेवा विस्तार गर्ने…

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. शक्ति बस्नेत अब क्रिमसन अस्पतालमा

स्वास्थ्यसमाचार/मृगौला सम्बन्धि विशेषज्ञता हासिल गरेका डा. शक्ति बस्नेतले अब क्रिमसन अस्पतालबाट सेवा प्रवाह गर्ने भएका छन् । यही पौष ३ गतेबाट हरेक दिन बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म क्रिमसन अस्पतालमा डा.बस्नेतलाई भेटेर मृगौला सम्बन्धि रोगका विषयमा सेवा तथा परामर्श लिन सकिनेछ । अत्याधुनिक सेवा प्रवाह तथा दक्ष चिकित्सकहरुलाई नियुक्त गरेर आफुलाई यस क्षेत्र मै अब्बल बनाउदै आएको क्रिमसनले यही पौष ३ गतेबाट भने डा. बस्नेतलाई नेप्रो अर्थात मृगौला सम्बन्धि समस्याको उपचार र रोग निदानका हेतुले नियुक्ति गरेको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले जानकारी दिए । बस्यालले स्थानीयलाई सर्वसुलभ स्वास्थ्य…

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका चिकित्सकबाट मिर्गौलाको सफल प्रत्यारोपण

स्वास्थ्यसमाचार/पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालले आफ्नै जनशक्तिबाट बिहीवार सफल प्रत्यारोपण गरिएको हो। तनहुँको व्यास नगरपालिका–१० की ३५ वर्षीया सम्झना गुरुङको सफल प्रत्यारोपण गरिएको हो। उनलाई लमजुङ सुन्दरबजार नगरपालिका बस्ने बहिनी सुमिना गुरुङले मिर्गौला दान दिएकी थिइन्।पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा प्रत्यारोपण सेवा सुरु भएको २० महिनापछि पहिलोपटक आफ्नै जनशक्तिबाट प्रत्यारोपण गरिएको हो। यसअघि २०७९ असारमा पहिलोपटक सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको थियो।पोखरामा प्रत्यारोपणका लागि केन्द्रले सहयोग गर्दै आएकामा पछिल्लो पटक अरुको सहयोग बिनानै यहीँका चिकित्सकको…