स्वास्थ्यसमाचार/आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्ने तयारी छ । विद्यालय केन्द्रित यो खोप अभियान आज माघ २२ गतेदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले देशभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर झण्डै १७ लाख किशोरीलाई…
समाचार
क्यान्सरको न्यूनीकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य : स्वास्थ्यमन्त्री
काठमान्डौ/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताउनुभयो । मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठुलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताउनुभयो । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । ‘‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति…
नर्सिङ कर्मचारीको लागि सुरक्षित गर्भपतन सम्बन्धी तालिम शुभारम्भ
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ कर्मचारीहरूको लागि MVA (मिनिमल भजाइनल) बाट गरिने सुरक्षित गर्भपतन (क्याक) सम्बन्धी १४ दिने तालिमको शुभारम्भ गरिएको छ। स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजनामा भएको तालिमको एक कार्यक्रमका बिच सुभारम्भ गरिएको हो । स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुबन कुबरको अध्यक्षतामा लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा बिबि राउतको बिशिष्ट आतिथ्य तथा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिड प्रमुख नेहा थापा, स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ नर्सिड अधिकृत बिद्या खत्री लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिड अधिकृत ज्योती पौडेलको आतिथ्यमा तालिम सुभारम्भ गरिएको थियो । तालिम सुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख कन्सल्टेन्ट…
स्वास्थ्यकर्मीहरूका लागि कुष्ठरोग सम्बन्धी आधारभूत तालिम समापन
स्वास्थ्यसमाचार /स्वास्थ्यकर्मीहरूका लागी कुष्ठरोग सम्बन्धी आधारभुत तालिम समापन गरिएको छ ।स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजनामा बुटबलमा सञ्चालन भएको तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो । स्वास्थ्य तालिम केन्द्र लुम्बिनीका निमित्त निर्देशक भुबन कुँवरको अध्यक्षता प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्र बुटबलका निर्देशक डा.राजेन्द्र गिरीको प्रमुख आतिथ्यता तथा स्वास्थ्य कार्यलय रुपन्देहीका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीको बिशिष्ट आतिथ्यमा तालिम समापन गरिएको हो । समापनमा बोल्दै प्रमुख अतिथी डा. राजेन्द्र गिरीले नेपालमा कुष्ठरोग अझै पनि सार्वजनिक स्वास्थ्य समस्या बनेको वताउनु भयो ।रुपन्देही, कपिलवस्तु, र नवलपरासी जिल्लाहरूमा कुष्ठरोगको प्रकोप दर उच्च रहेको बताउदै नयाँ…
निदानात्मक क्षेत्रमा जोड दिन नसके राज्यले उपचारमा थेग्न सक्दैन :स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले दिन प्रतिदिन बिरामीको संख्या बढ्दैं जाँदा राज्यले उपचारमा थेग्न नसक्ने अवस्था आउन लागेको बताएका छन् । आइतबार स्वास्थ्य पत्रकार मञ्च नेपालको नवनिर्वाचित कार्यसमिति तथा सल्लाहकारहरुलाई बधाई दिन मन्त्रालयले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सरकारले उपचारात्मक क्षेत्रमा बढी काम गरेको बताए । उनले निदानात्मक काम भने हुन नसकेको बताउँदैं अब त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए । मन्त्री पौडेलले बिरामी भएका नागरिकको उपचार गर्नुपर्ने दायित्व सरकारको भएतापनि अब निदानात्मक कार्यक्रममा जोड नदिए उपचार सेवा पूर्ण ढंगले पु¥याउन सक्ने अवस्था नरहने बताए । ‘सरकारले उपचारात्मक क्षेत्रमा बढी काम…
बुटवलमा माघ २२ गते मंगलबारदेखि क्यान्सर विरुद्धको खोप लगाइने
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगर नगरपालिकाले मंगलबारदेखि पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप ‘एचपीभी” (हृयुमन प्यापुलोना भाइरस) लगाउने भएको छ । बुटवलका विभिन्न विद्यालय, स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा आम्दा अस्पतालमा गरि ८३ वटा खोप केन्द्रबाट माघ २२ देखि २९ गतेसम्म खोप अभियान सञ्चालन गरिने उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए । बुटवल भित्रका ७० वटा विद्यालय, १२ वटा स्वास्थ्य संस्था स्तरीय खोप केन्द्र तथा खोप अभियानपछि छुटेकाहरूलाई आम्दा अस्पताल बुटवलमा माघ २८ र २९ गते दुई दिन खोप लगाइने उनले बताए । संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको खोप…
लुम्बिनी प्रदेशमा माघ २१ गते सोमवार सार्वजनिक बिदा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसलाई उत्सवको रुपमा मनाउँदैछ । माघ २१ गते सोमवार भोली प्रदेश सरकारले आठौं स्थापना दिवस मनाउन थालेको हो । प्रदेश सभा सचिवालय परिसरमा मुल समारोहको आयोजना गरिदैछ । प्रदेश प्रमुखको बिशेष उपस्थितीमा मुल समारोह आयोजना गर्न थालिएको हो । बाजागाजा सहितको झाँकी प्रदर्शन, विभिन्न मन्त्रालयहरूका स्टलहरु समेत राखिने छन् । यसैगरी स्थापना दिवसलाई भब्य र उत्सवमय बनाउन माघ २०, २१ र २२ गते तीन दिन प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेशस्थित सबै कार्यालयमा दिपावली गरी मनाउने कार्यक्रम रहेको छ । शितगंगा नगरपालिका, लमही नगरपालिका, शिवराज…
हृदयघातबाट कावासोती १ का वडाध्यक्षको निधन
स्वास्थ्यसमाचार/नवलपुरको कावासोती नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष तावाराक अहमद मिँयाको निधन भएको छ। उहाँ नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित हुनु भएको थियो। शनिबारदखि सुरू भएको एमालको भातृ संगठन राष्ट्रिय युवा संघ नवलपुरको १० औं जिल्ला अधिवेशनमा स्वागत मन्तव्य राखिसकेपछि उहाँलाई हृदयघात हुँदा बेहोस हुनुभएको थियो। ईलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार २ः३० तिर बेहोस हुनुभएका उहाँलाई तत्काल उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुरमा लगिएकोमा १४ः४४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। अध्यक्ष मिया राष्ट्रिय युवा संघ नवलपुरको सहसचिव हुनुहुन्थ्यो। उहाँको निधनपछि अधिवेशन स्थगित भएको युवा संघका केन्द्रीय सदस्य मदन गिरीले…
अर्बुद रोग निवारण संस्था रुपन्देहीद्वारा एचपीभी खोपका बारेमा किशोरीहरूलाई अभिमुखीकरण
स्वास्थ्यसमाचार अर्बुद रोग निवारण संस्था, रुपन्देहीले किशोरीहरूलाई एचपीभी (ह्युमन पापिलोमा भाइरस) खोपका विषयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। सरकारले सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोपका बारेमा जानकारी गराउन नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देहीले शनिबार बुटवलमा कार्यक्रमको आयोजना गरि विद्यालयका किशोरीहरुलाई अभिमुखिकरण गरिएको संस्थाका सचिव प्रजापाल गिरीले जानकारी गराउनु भयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको सभाहलमा आयोजना गरिएको अभिमुखिकरणमा प्रसुती तथा स्त्रीरोग (गाइनोक्लोजिक अन्कोलोजिस्ट) विशेषज्ञ डा. नारायणबहादुर जिसी पाठेघरको मुखको क्यान्सर, एच.पि.भि. खोप तथा जोखिम न्यूनीकरण र प्रभावका बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै जनस्वास्थ्य…
सुत्केरी पत्रकारलाई भत्ता दिने पत्रकार महासंघ रूपन्देहीको निर्णय
स्वास्थ्यसमाचार /नेपाल पत्रकार महासंघ रुपन्देहीले पत्रकार महिलाहरुलाई १० हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने घोषणा गरेको छ । संघको लुम्बिनीमा बुधबार सम्पन्न २ दिने कार्ययोजना बैठकले पत्रकार महिला सुत्केरी भएको अवस्थामा १० हजार रुपैयाँ आर्थिक रकम भत्ता स्वरुप उपलब्ध गराउने घोषणा गरेको हो । संघले उपलब्ध गराउने उक्त रकमध्ये ५ हजार रुपैया आमा तथा शिशुको पोषण र स्वास्थ्यमा खर्च गर्न पाइने छ भने ५ हजार रुपैया नवजात बच्चाको नाममा बैंक खातामा जम्मा गरिदिने व्यवस्था गरिएको अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । नवजात बच्चाको नाममा जम्मा गरिने रकम पुरुष पत्रकारलाई समेत…