स्वास्थ्य मन्त्रालयको निर्देशन- १० वर्षभन्दा पुरानो एम्बुलेन्स प्रयोग नगर्नू

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बर्षभन्दा पुरानो एम्बुलेन्स प्रयोग नगर्न निर्देशन दिएको छ। मन्त्रालयले आज सार्वजनिक सूचना निकाली १० बर्ष भन्दा पुरानो एम्बुलेन्स प्रयोग गरे सञ्चालन अनुमति दर्ता खारेज हुने भन्दै पुरानो एम्बुलेन्स प्रयोग नगर्न भएको हो। मन्त्रालयले एम्बुलेन्स सेवा व्यापारिक रूपमा प्रयोग भएको तथा निर्देशिका विपरीत सञ्चालन गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्सहरू अस्पताल पूर्व स्वास्थ्य सेवा बाहेक अन्यत्र प्रयोगमा ल्याइएमा कानुनी कारबाही देखि दर्ता खारेजीसम्म हुनसक्छ,’ सूचनामा उल्लेख गरिएको छ। यस्तै मन्त्रालयले नेपालबाट भारत लैजानु पर्ने एम्बुलेन्सलले भारतीय दूतावासबाट आवश्यक परमिट…

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै

स्वास्थ्यसमाचार/ सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउँदैछ। नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै सरकारले यो विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउन लागेको हो। यस वर्ष ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ भन्ने नारा तय गरिएको छ। रातो धर्का भएका औषधि चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रेसक्रिप्सन बिना सेवन गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रातो धर्का भएका औषधिहरु सधै स्वास्थ्यकर्मीको सल्लाहमा मात्र सेवन गर्न मन्त्रालयको आग्रह छ। औषधिको अनुचित प्रयोग तथा दुरुपयोगले प्रतिजैविक अर्थात् एन्टीमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाउँछ।

लगातार ३ वर्ष प्रदेश–पहिलो: यसरी हामीले बनायौँ पाल्पालाई उत्कृष्ट

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयले तय गरेका २८ वटा सूचकका आधारमा गरिएको मूल्याङ्कनमा पाल्पा जिल्ला लगातार तीन आर्थिक वर्ष—२०७९/८०, २०८०/८१ र २०८१/ ८२—मा समेत प्रथम हुन सफल भएको छ। स्वास्थ्य कार्यालय पाल्पाले ‘समन्वय, सहकार्य र गुणस्तर’लाई मूल मन्त्र बनाउँदै अघि बढेको व्यवस्थापन शैली नै यसको प्रमुख कारण मानिन्छ। स्वास्थ्य कार्यालयका अनुसार अहिलेको स्वास्थ्य प्रणालीमा कार्यालयको प्रमुख भूमिका समन्वय, प्राविधिक सहयोग, तालिम तथा अनुगमनमा केन्द्रित छ। कार्यक्रम सञ्चालनमा पाल्पाका १० वटै स्थानीय तहसँग अघि नै बसेर साझा योजना, लक्ष्य र कार्ययोजना बनाइने भएकाले लक्ष्य अनुसार प्रगति हासिल गर्न सजिलो…

देशकै ठूलो १२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल: १४ महिनामा ३० प्रतिशत भौतिक प्रगति

स्वास्थ्यसमाचार/ निर्माणाधीन लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको निर्माण रफ्तार तिब्रताका साथ अघि बढेको छ । पश्चिम नेपालका नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित देशकै ठूलो १ हजार २०० शैया (बेड) को सुविधासम्पन्न अस्पताल प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढेको छ । १४ महिनामा अस्पतालको भौतिक प्रगति ३० प्रतिशत पुगेको पुगेको प्रदेश पूर्वाधार विकास प्राधिकरणले जानकारी दिएको छ । निर्माण कम्पनीले दिन÷रात नभनी सिफ्ट र सेफ्टी मिलाएर धमाधम काम भइरहेको जनाएको छ । आयोजना प्रमुख इन्जिनियर (सिइओ) छविराज पोखरेलले अस्पतालको लागि बजेट अभाव नभए निर्धारित मितिभन्दा अघिनै निर्माण सक्ने दाबी…

बुटवलमा ‘LIMS CUP २०२५’ फुटसल सम्पन्न, ‘द ह्वाइट कोट एफसी’ विजेता

स्वास्थ्यसमाचार/ लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीको आयोजनामा बुटबलमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ । १८ टोली सहभागी ‘LIMS CUP २०२५’ फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको हो। प्रतियोगितामा उपबिजेता बनेको टोली “The Pharma Team” ले २० हजार नगदसहित ट्रफी प्राप्त गर्‍यो भने बिजेता टोली “The White Coat FC” ले ५० हजार नगदसहित ट्रफी हासिल गर्‍यो। ‘Man of the Tournament’ को पुरस्कार बिप्लव श्रेष्ठ (The White Coat FC) लाई प्रदान गरिएको थियो। प्रतियोगिताको संयोजन डा. सुभाष ज्ञवाली र संचालन डा. सुमन आचार्यले गर्नु भएको थियो । ट्रफी, चेक, मेडल र प्रमाणपत्र वितरण लुम्बिनी…

डा.सम्राट पराजुली लुम्बिनीबाट मेडिकल काउन्सिल सदस्यमा उम्मेदवार

स्वास्थ्यसमाचार/ चिकित्सकहरूका हकहितमा अग्रसर साझा संगठन ‘नेपाल चिकित्सक संघ’ र पेशा नियमन गर्ने ‘नेपाल मेडिकल काउन्सिल’ दुबै संस्थामा एकैपटक निर्वाचन हुने भएपछि लुम्बिनी प्रदेशका चिकित्सकहरू पनि प्रचारप्रसारमा सक्रिय भएका छन्। पुसको पहिलो र दोस्रो हप्ता काउन्सिलका लागि दुई चरणमा मतदान हुने व्यवस्था रहेको छ भने माघमा संघको निर्वाचन हुँदैछ। यसै सन्दर्भमा शनिवार बुटवलमा पत्रकार सम्मेलन गर्दै डा. सम्राट पराजुलीले नेपाल मेडिकल काउन्सिलमा लुम्बिनी प्रदेशबाट सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरे। नेपाल चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. कृष्ण खरेलले डा. पराजुलीलाई केन्द्रिय सदस्य पदमा प्रस्ताव गरेका छन्। मेडिकल काउन्सिलमा एक…

एडमन्ड सिटी हस्पिटल र बुटवल–१३ बीच स्वास्थ्य सहुलियत सम्झौता

स्वास्थ्यसमाचार/ एडमन्ड सिटी हस्पिटल, बुटवल र बुटबल उपमहानगरपालिका वडा नं. १३ बीच वडाबासीलाई स्वास्थ्य उपचारमा विशेष सहुलियत छुट प्रदान गर्ने सहमति भएको छ। सम्झौतामा वडा अध्यक्ष नारायण प्रसाद पुन र हस्पिटलका सिइओ रमेश सिटौला ले हस्ताक्षर गर्नु भएको छ ।“स्वस्थ वडा, समृद्ध समाज”— यही अभियान अन्तर्गत वडाबासीका लागि यो सहुलियत व्यवस्था लागू गरिएको वडा अध्यक्ष नारायण पुनले बताउनु भयो । एक सय शैयाको क्षमतासहित अत्याधुनिक उपकरण, दक्ष स्वास्थ्यकर्मी र अनुभवी चिकित्सक टोलीद्वारा सञ्चालित एडमन्ड सिटी हस्पिटलले समुदायलाई गुणस्तरीय र सहज सेवा दिँदै आएको अस्पतालका सिईयो रमेश सिटौलाले बताउनु भयो ।…

लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले शनिबार फुटसल प्रतियोगिता गर्ने

स्वास्थ्यसमाचार/ लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटीले शनिबार फुटसल प्रतियोगिता गर्ने भएको छ ।  लुम्बिनी इन्टरनल मेडिसिन सोसाइटी (LIMS) द्वारा आयोजित पत्रकार सम्मेलनमा  कार्तिक २९ गतेदेखि ‘LIMS Cup Futsal Tournament 2025’ हुने जनाएको छ । सम्मेलनमा प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो । खेल संयोजक डा. शुभाष ज्ञावलीका अनुसार, प्रतियोगिता स्वास्थ्य क्षेत्रका पेशेवरबीच आपसी सहयोग, मैत्री सम्बन्ध र भाइचाराको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको हो। उहाँले यस टुर्नामेन्टलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने बताउनुभयो।प्रतियोगितामा विभिन्न अस्पताल, मेडिकल कलेज र स्वास्थ्य संस्थासँग सम्बन्धित १८ टोलीको सहभागिता रहनेछ। उद्घाटन खेल Lumbini City र …

लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा पाँच वर्षमै सर्जरी सेवा दोब्बर

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालमा पछिल्ला पाँच वर्षमा सर्जरी सेवामा उल्लेख्य वृद्धि भएको छ। अस्पतालका तथ्यांक अनुसार २०७७/७८ आर्थिक वर्षमा ५,९८७ वटा सर्जरी गरिएकोमा २०८१/८२ मा बढेर ९,६७६ पुगेको छ। मेसु डा इन्द्र ढकालका अनुसार अस्पतालले सेवा विस्तार, दक्ष जनशक्ति परिचालन र अत्याधुनिक उपकरण थपसँगै सर्जरी सेवाको दायरा उल्लेख्य रूपमा विस्तार  भएको बताउनु भयो ।हो। “हामीले नयाँ विशेषज्ञ र प्राविधिक स्रोत थपेका छौं, जसले सेवा गुणस्तर र पहुँच दुवै बढाएको छ,” उहाँले बताउनुभयो। अस्पतालले सामान्य देखि जटिल सर्जरीसम्मका सेवा नियमित रूपमा प्रदान गर्दै आएको छ। सर्जरी केस मात्र होइन, ओपीडी, इनडोर…

यु.सि.यम.यस. भैरहवामा प्रोक्टोलोजीमा ‘लेजर शल्यक्रिया’ सेवा सुचारु

स्वास्थ्यसमाचार/ युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसियमयस) शिक्षण अस्पताल, भैरहवामा यस क्षेत्रमा पहिलो पटक प्रोक्टोलोजी क्षेत्रमा अत्याधुनिक लेजर प्रविधिबाट शल्यक्रिया सेवा सुचारु भएको छ । देवदह नगरपालिका–१२ बस्ने २१ वर्षीय प्रविण हरिजनको उक्त प्रविधिबाट शल्यक्रिया गरिएको हो । हाल विरामीको अवस्था सन्तोषजनक रहेको र अस्पतालबाट डिस्चार्ज समेत भइसकेको छ । यो शल्यक्रिया अस्पतालका शल्यक्रिया विभागका एसोसियट प्रोफेसर डा.सन्तोष मिश्र, डा.सन्देश खड्का, डा.समीकुमार शाह, एनेस्थसिया विभागका प्रमुख तथा प्राचार्य प्रा.डा.लक्ष्मी पाठक, डा.विजय यादव, नर्सिङ्ग स्टाफ शान्ति थापा सिन्जाली लगायतका टोलीले गरेको हो । अब अस्पतालमा विरामीहरुलाई पाइल्स, पाइलोनाइडल साइनस, एनल फिसर…