लुम्बिनी प्रदेशमा फार्मेसी सेवा व्यवस्थित हुन नसकेको भन्दै नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशले प्रत्येक पालिका, अस्पताल तथा सरकारी स्वास्थ्य संस्थामा कम्तीमा एक जना फार्मासिस्टको दरबन्दी अनिवार्य गर्न माग गरेको छ। संघका लुम्बिनी प्रदेश अध्यक्ष खेमराज तिवारीले फार्मासिस्टको न्यून दरबन्दी, दक्ष जनशक्तिको अभाव, कमजोर अनुगमन तथा अस्पताल फार्मेसी प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा फार्मेसी सेवा अपेक्षाअनुसार अघि बढ्न नसकेको बताउनु भयो। स्वास्थ्यसमाचार संग कुरा गर्दे स्वास्थ्य संस्थाको आवश्यकता र सेवा प्रवाहको तुलनामा फार्मासिस्ट तथा सहायक फार्मेसी जनशक्ति पर्याप्त छैन। भएका जनशक्तिले औषधिको माग संकलन, खरिद, भण्डारण, वितरणदेखि बिरामीलाई औषधि प्रयोगसम्बन्धी परामर्श…
औषधीका-कुरा
फार्मेसी क्षेत्रमा जनशक्ति अभावदेखि अव्यवस्थित औषधि पसलसम्म
स्वास्थ्यसमाचार/नेपालको फार्मेसी क्षेत्रमा गैरफार्मेसी व्यक्तिबाट औषधि पसल सञ्चालन, स्थायी जनशक्तिको अभाव, निरन्तर शिक्षा तथा अनुगमनको कमी र झन्झटिलो कानुनी व्यवस्थालगायत समस्या रहेको औँल्याइएको छ। फार्मेसी सेवालाई व्यवस्थित, गुणस्तरीय र बिरामीमुखी बनाउन सरकार तथा सम्बन्धित निकायले नीतिगत र संस्थागत सुधारमा ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन्। विश्व फार्मेसी दिवस–२०२६ का अवसरमा लुम्बिनी प्रदेशमा आयोजित शुभकामना आदान–प्रदान तथा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रममा फार्मेसी क्षेत्रका विद्यमान समस्या, अस्पताल फार्मेसीको अवस्था र आगामी योजनाबारे छलफल गरिएको हो। नेपाल फार्मेसी संघकी केन्द्रीय उपाध्यक्ष एवं सीटीईभीटी परीक्षा उपनियन्त्रक डा. मीना भट्टले फार्मासिस्टको भूमिका औषधि वितरणमा मात्र सीमित नरहेको…
औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण
स्वास्थ्यसमाचार/विश्व फार्मेसी दिवस २०२६ को अवसरमा लुम्बिनी प्रदेशमा फार्मासिस्टको पेशागत भूमिका, औषधिको सुरक्षित तथा तर्कसंगत प्रयोग र स्वास्थ्य सेवामा फार्मेसी क्षेत्रको योगदानबारे छलफल गरिएको छ। नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा आयोजित शुभकामना आदान–प्रदान तथा कार्यपत्र प्रस्तुतीकरण कार्यक्रममा सहभागीले फार्मासिस्टको भूमिका औषधि वितरणमा मात्र सीमित नरहेको भन्दै बिरामीलाई औषधिसम्बन्धी उचित परामर्श, औषधिको सुरक्षित प्रयोग र उपचारको प्रभावकारितामा फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने बताएका हुन्। कार्यक्रममा नेपाल फार्मेसी संघ केन्द्रीय उपाध्यक्ष एवं सिटिइभिटी परीक्षा उपनियन्त्रक डा. मीना भट्टले फार्मासिस्टको व्यावसायिक भूमिका, औषधिको सुरक्षित तथा तर्कसंगत प्रयोग, बिरामीलाई प्रभावकारी औषधि परामर्श र…
औषधिमा ‘छुट’को लोकप्रिय राजनीति : बजार बिगार्ने खेल तत्काल रोक्नुपर्छ
नेपालमा पछिल्लो समय स्थानीय तहदेखि केन्द्रसम्म जनतालाई प्रत्यक्ष राहत दिने नाममा विभिन्न प्रकारका ‘छुट’ र सहुलियतका कार्यक्रम घोषणा गर्ने प्रतिस्पर्धा देखिन थालेको छ। नागरिकलाई राहत दिनु आफैँमा सकारात्मक कुरा हो। तर, औषधिजस्तो संवेदनशील र नियमनमा आधारित वस्तुमा स्थानीय तहले आफ्नो लोकप्रियता बढाउने उद्देश्यले मनपरी छुटको कार्यक्रम सञ्चालन गर्नु भने गम्भीर बहसको विषय बन्नुपर्छ। औषधि सामान्य उपभोग्य वस्तु होइन। यसको उत्पादन, आयात, दर्ता, मूल्य निर्धारण, बिक्री–वितरण, भण्डारण, गुणस्तर र प्रयोगसम्म राज्यको नियमन आवश्यक हुन्छ। यही कारण नेपालमा औषधि ऐन, नियमावली तथा औषधि बिक्री–वितरणसम्बन्धी संहितामार्फत यसको नियमन गरिएको छ। त्यसैले कुनै स्थानीय…
संघीयताको मर्ममाथि प्रश्न : औषधि व्यवस्था विभागले कहिले त्याग्छ केन्द्रीकृत सोच?
नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गर्दा एउटा स्पष्ट संकल्प गरेको थियो—राज्यका सेवा–सुविधा सिंहदरबारमा सीमित रहने छैनन्; ती जनताको घरदैलोसम्म पुग्नेछन्। यही सोचका आधारमा संघ, प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट गरियो। संघीयताको सार नै अधिकारको विकेन्द्रीकरण, उत्तरदायी प्रशासन र नागरिकलाई सहज सेवा उपलब्ध गराउनु हो। तर विडम्बना, संविधान कार्यान्वयनको झण्डै एक दशक बितिसक्दा पनि केही सरकारी निकायहरू अझै पुरानै केन्द्रीकृत मानसिकताको घेराबाट बाहिर निस्कन सकेका छैनन्। स्वास्थ्य क्षेत्रको महत्वपूर्ण नियामक निकाय औषधि व्यवस्था विभाग पनि त्यही सूचीमा पर्न थालेको छ। औषधि व्यवस्था विभागको अस्तित्वमाथि कसैको प्रश्न छैन। यसको भूमिका…
सामाजिक सञ्जालको जिम्मेवार प्रयोग र मानसिक स्वास्थ्यप्रति सचेत बनौ
आजको डिजिटल युगमा फेसबुक, टिकटक, युट्युब, इन्स्टाग्रामलगायत सामाजिक सञ्जाल हाम्रो दैनिक जीवनको अभिन्न हिस्सा बनेका छन्। सूचना आदानप्रदान, शिक्षा, मनोरञ्जन तथा सामाजिक सम्बन्ध विस्तारका लागि यी माध्यम अत्यन्त उपयोगी छन्। तर पछिल्लो समय आत्महत्या, आत्मदाह, हिंसा तथा निराशालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आकर्षक, सनसनीपूर्ण वा भावनात्मक ढङ्गले प्रस्तुत गर्ने सामग्री उल्लेख्य रूपमा बढिरहेका छन्। यस्ता सामग्रीले विशेष गरी मानसिक रूपमा संवेदनशील व्यक्ति, किशोर–किशोरी, युवा तथा तनाव र अवसादसँग संघर्ष गरिरहेका मानिसहरूको मनोबल कमजोर बनाउन सक्छ। त्यसैले सामाजिक सञ्जालको प्रयोग स्वतन्त्र मात्र होइन, जिम्मेवार पनि हुनुपर्छ। मानसिक स्वास्थ्य भनेको केवल मानसिक…
नेपालको माटो नसुहाउँदो बन्दै जाँदा संकटमा स्वास्थ्य क्षेत्र
नेपालको स्वास्थ्य क्षेत्र अहिले संविधानले सुनिश्चित गरेको मौलिक हक र व्यवहारिक कार्यान्वयनबीचको ठूलो खाडलका कारण गम्भीर संरचनात्मक संकटतर्फ उन्मुख देखिन्छ। स्वास्थ्य नागरिकको आधारभूत अधिकार भए पनि व्यवहारमा यो अधिकार सहज, सुलभ र गुणस्तरीय रूपमा उपलब्ध गराउन राज्य संयन्त्र अझै सफल हुन सकेको छैन। यसको प्रमुख कारण नीति, कानुन र प्रशासनिक संरचनामा देखिएको जटिलता, असंगति र व्यवहारिक कमजोरी हो। नेपालमा स्वास्थ्य सेवा विस्तारका नाममा निर्माण गरिएका नीति तथा नियमहरू कागजी रूपमा त आकर्षक देखिन्छन्, तर व्यवहारमा ती अत्यन्त जटिल, बहुस्तरीय र असंगत बन्दै गएका छन्। स्वास्थ्य संस्था सञ्चालन गर्ने प्रक्रिया सेवा…
एशिएन फर्मास्युटिकल्सले ल्यायो ‘भिप्राज’ : ग्यास्ट्राइटिस र एसिडिटी उपचारमा नयाँ विकल्प, ब्रेल लिपिसहित औषधि बजारमा
स्वास्थ्यसमाचार/ एशिएन फर्मास्युटिकल्स ले ग्यास्ट्राइटिस तथा पेटमा अत्यधिक एसिडिटी सम्बन्धी समस्याको उपचारमा प्रयोग हुने नयाँ औषधि ‘भिप्राज’ (भोनोप्राजन) नेपाली बजारमा ल्याएको छ। ‘प्यान्टप’ जस्ता लोकप्रिय औषधि उत्पादन गर्दै आएको कम्पनीले नेपालमै पहिलो पटक भोनोप्राजन समूहको औषधि सार्वजनिक गरेको जनाएको छ। यो औषधि ‘पोटासियम कम्पेटिटिभ एसिड ब्लकर’ (पी–क्याब) वर्गअन्तर्गत पर्ने नयाँ पुस्ताको मोलिक्युल हो, जसलाई ग्यास्ट्राइटिस तथा एसिड रिलेटेड डिसअर्डरको प्रभावकारी उपचारका रूपमा विभिन्न देशमा प्रयोग गरिँदै आएको छ। कम्पनीका कार्यकारी निर्देशक शंकर घिमिरेका अनुसार जापानमा सन् २०१५ र अमेरिकी औषधि नियामक निकाय यूएसएफडीएबाट सन् २०२२ मा स्वीकृति पाएपछि नेपाली चिकित्सकहरूले…
भैरहवामा सञ्चालनमा रहेका १७ अवैध मेडिकल बन्द,अनुगमनमा कडाइ
स्वास्थ्यसमाचार / रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–भैरहवा क्षेत्रमा सञ्चालनमा रहेका मेडिकल तथा स्वास्थ्य संस्थाहरूमा अनुगमन गर्दै १७ वटा अवैध रूपमा सञ्चालित मेडिकल बन्द गराइएको छ। वैशाख ११ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म गरिएको अनुगमनका क्रममा मापदण्ड विपरीत तथा इजाजत बिना सञ्चालन भइरहेका मेडिकल तथा फार्मेसीहरू फेला परेपछि ती संस्थाहरू तत्काल बन्द गराइएको हो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रशासकीय अधिकृत विष्णु प्रसाद ज्ञवालीको नेतृत्वमा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक अशोक जी.सी. सहितको टोली, जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख उमादेवी थापा तथा सिद्धार्थनगर नगरपालिका स्वास्थ्य शाखाका प्रतिनिधिहरूको संयुक्त सहभागितामा अनुगमन गरिएको…
औषधी मूल्य विवादपछि महानिर्देशक ढकाल तानिए मन्त्रालयमा
स्वास्थ्यसमाचार/ औषधीको मूल्यवृद्धि सम्बन्धी विवाद चुलिँदै जाँदा औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तानिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई तत्काल मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको मन्त्रालय स्रोतले बतायो।विभागीय कामकारबाहीमाथि प्रश्न उठेपछि मन्त्री मेहताले आवश्यक छानबिनका लागि ढकाललाई मन्त्रालय तानिएको हो। यसअघि प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा सांसद राजीव खत्रीले महानिर्देशक ढकालमाथि चलखेल गरी औषधीको मूल्य बढाएको आरोप लगाउनुभएको थियो। उहाँले बजारमा औषधीको अस्वाभाविक मूल्यवृद्धि भएको उल्लेख गर्दै यसको जिम्मेवारी विभाग नेतृत्वले लिनुपर्ने बताउनुभयो।सांसद खत्रीको आरोपपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि…

