नेपाल फार्मेसी संघ लुम्बिनीको अध्यक्षमा तिवारी ,महासचिवमा खत्री

स्वास्थ्यसमाचार/  नेपाल फार्मेसी संघ लुम्बिनी प्रदेशको आठौँ साधरण सभा तथा दोश्रो अधिबेशन कपिलवस्तुको चन्द्रौटामा सम्पन्न भयो । नेपाल फार्मेसी संघका केन्द्रिय अध्यक्ष युवराज भुसालको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले खेमराज तिवारीको अध्यक्षतामा १० जनाको नयाँ प्रदेश समिति निबिरोध चयन गरेको छ । जस्को उपाध्यक्ष सुभेन्द्र प्रसाद यादब, सुलभ अधिकारी सुवेक्षा गौतम महासचिवमा उदय बहादुर खत्री कोषाध्यक्ष ओजस्वी रजथल र सचिवमा महेश रानाभाट र सुनिल द्धबेदी रहनु भएको छ । भने सदस्यहरुमा सुजाता डाँगी र बिमल घर्तिमगर रहनु भएको संघका अध्यक्ष खेमराज तिवारीले बताउनु भयो । अधिवेशनको उद्घाटन गर्दै नेपाल फार्मेसी संघका…

शल्यक्रिया र प्रत्यारोपण सामग्री अस्पताल फार्मेसीमै उपलब्ध गराउन स्वास्थ्यको निर्देशन

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटुमा प्रयोग हुने पेसमेकर, हाडजोर्नीको शल्यक्रिया गर्दा राखिने प्लेट जस्ता बिरामीको उपचारमा उपयोग हुने वस्तु अस्पताल फार्मेसीमै व्यवस्था गर्न परिपत्र गरेको छ । हाल सरकारी फार्मेसीमा उपलब्ध नहुने तथा मूल्य विवरण समेत सार्वजनिक नहुँदा बिरामीहरुले महँगो मूल्यमा त्यस्ता वस्तु खरिद गर्नु परिरहेको छ । अस्पताल फार्मेसीमा उपलब्ध नहुँदा अस्पतालमै निजी व्यवसायीले महँगोमा बिक्री गरिरहेको गुनासो बढ्दै गएको छ ।यसअघि स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेल गुनासो सम्बोधन गर्न शल्यक्रियाका लागि आवश्यक पर्ने त्यस्ता वस्तु अस्पतालकै फार्मेसीमा नयाँ आर्थिक वर्षबाट व्यवस्था गर्न भनेका थिए । सोहीअनुसार सचिवस्तरीय…

व्यवसायीको गुनासो: अवैध पसल र झोलामा औषधी बिक्रीले समस्या

स्वास्थ्यसमाचार/ नेपाल औषधी व्यवसायी संघ रुपन्देहीले सञ्चारकर्मीहरुसँग स्वास्थ्य सञ्चार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा व्यवसायीहरुले खुला सीमाका कारण हुने अवैध औषधीको आयातसँगै दर्ता नभएका औषधी पसल, घुमन्ते र झोलामा औषधी बिक्री गर्ने व्यवसायीहरुका कारण समस्या सिर्जना भएको भएको बताएका छन् । साथै एलोपेथिक र आयुर्वेदिक औषधीहरु एउटै पसलबाट बेच्न नपाउने नीतिगत व्यवस्था र औषधिजन्य सामग्रीमा भ्याट लाग्ने तर औषधीमा भ्याट नलाग्ने हुँदा पनि समस्या भइरहेको उनीहरुको भनाइ छ । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीले आम नागरिकको उपचारमा औषधी उत्पादक, डिलर, थोकखुद्रा विक्रेता, चिकित्सक सबैको आआफ्नो भुमिका र महत्व…

औषधि सेवा सुदृढ बनाउन पालिकामा फर्मासिष्ट अनिवार्य हुनुपर्ने माग

स्वास्थ्यसमाचार/ जहाँ औषधि त्यहाँ फर्मासिष्टलाई जोड दिईएको छ । नेपाल फार्मेसी संघ रुपन्देहीको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले औषधिसंग सम्बन्धित हरेक विषयबस्तुमा अनिवार्य फर्मासिष्ट हुनुपर्नेमा जोड दिएका हुन् । फर्मासिष्ट औषधिका विज्ञ पनि भएकाले हरेक पालिकामा फर्मासिष्टको दरबन्दी अनिवार्य गर्न माग गरे ।कार्यक्रममा बोल्दै बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फार्मेसीका लागि फार्मेसी नै पढेको हुनुपर्ने प्रावधान विस्तारै बढ्दै गएको बताउनु भयो । उहाँले हरेक पालिकाले कम्तिमा एकजना फर्मासिष्ट राख्नैपर्ने नीति आवश्यक रहेको बताउँदै त्यसका लागि संघले संघीय सरकारसंग पहल गर्न आग्रह…

फार्मेसी संघ रुपन्देहीको दोस्रो अधिवेशनबाट सापकोटा अध्यक्ष चयन

स्वास्थ्यसमाचार/नेपाल फार्मेसी संघ रुपन्देहीको अध्यक्षमा चोकलाल सापकोटा निर्वाचित हुनुभएको छ । संघको शनिबार बुटवलमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले सापकोटाको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भरत गिरी र सुशिला वञ्जाडेलाई चयन गरिएको छ । त्यसैगरी महासचिवमा महेश पाण्डे, कोषाध्यक्षमा पिताम्बर अधिकारी, सचिवमा सञ्जिता ढकाल र नारायण विक्रम कुवँर तथा सहकोषाध्यक्षमा रिना केसीलाई चयन गरिएको निर्वाचन समितिका संयोजक तथा संघका सल्लाहकार धर्मराज भट्टराईले जानकारी गराउनु भयो । त्यसैगरी कार्यसमिति सदस्यहरुमा खेमराज ज्ञवाली, दिलिपकुमार जयसवाल, आशिष आचार्य, निरज गुरुङ, पवनकुमार कोहार र…

नेपाल औषधी थोक व्यवसायी संघ रुपन्देहीमा नयाँ नेतृत्व चयन

स्वास्थ्यसमाचार/ नेपाल औषधी थोक व्यवसायी संघ (पडान)रुपन्देही शाखाको प्रथम साधारण सभा तथा दोस्रो अधिवेशन तथा साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ । देवदह नगरपालिका वडा नम्बर १० चरेङ्गेमा आयोजना गरिएको कार्यक्रमबाट कृष्ण जि सि को अध्यक्षता सात कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सुदिप पाण्डे, सचिवमा मनिलाल तिवारी, कोषाध्यक्षमा महेश राज पन्थी, सदस्यमा महेश बिष्ट, सरोज घिमिरे, भेषराज वस्ती रहेका छन् । कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश पुर्व वरिष्ठ उपाध्यक्ष बुद्धि प्रसाद ज्ञवाली, नेपाल औषधि थोक व्यवसायिक संघ केन्द्रिय सदस्य शरद राज शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष तुफान बाबु श्रेष्ठ,…

रसायन तथा मेडिकल संघलाई औषधी ब्यवसायी संघको सम्मान

स्वास्थ्यसमाचार/रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान गरिएको छ । नेपाल औषधी ब्यवसायी संघ रुपन्देही जिल्ला शाखाको आयोजनामा नवनिर्वाचित संघका अध्यक्ष दिवक भट्टराई, निवर्तमान अध्यक्ष बाबुराम भण्डारी, प्रथम उपाध्यक्ष दिपक खनाल, द्धितीय उपाध्यक्ष तेजेन्द्र सापकोटा, महासचिव यदुमणी पोख्रेल, कोषाध्यक्ष किसन प्रसाद पाण्डे, सचिव राजीव गौतम, सदस्यहरु कृष्ण प्रसाद खनाल, गोबिन्द प्रसाद पाण्डे, कृष्ण प्रसाद खनाल, लक्ष्छु भण्डारीलाई सम्मान गरेको हो । कार्यक्रममा वक्ताहरुले संवेदनशिल क्षेत्रका रुपमा रहेको स्वास्थ्यमा सरोकारवालाहरु गम्भिर हुनुपर्ने बताए ।नेपाल औषधी ब्यवसायी महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामप्रसाद खरेलले स्वास्थ्य क्षेत्रका सबै सरोकारवालाहरु एकजुट…

जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था मिलाउन सुझाव समिति गठन

काठमान्डौ/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव समिति गठन गरेको छ ।मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव समिति बनाउनुभएको हो । औषधी व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक प्राडा रवि शाक्य, धुलिखेल अस्पतालका निर्देशक प्राडा। बलराम मल्लसँगै नेपाल मेडिकल काउन्सिल तथा नेपाल मेडिकल एसोसिएसनका प्रतिनिधि सदस्य हुनुन्छ । गुणस्तर मापन तथा नियमन महाशाखाका वरिष्ठ व्यवस्थापक उषा तण्डुकारलाई समितिको सदस्य…

भैरहवाका औषधि पसलमा सिद्धार्थनगरको अनुगमन

स्वास्थ्यसमाचार/औषधि पसलमा सिद्धार्थनगरको अनुगमनरुपन्देहीको सदरमुकाम भैरहवा स्थित सिद्धार्थनगर नगरपालिकाले औषधि पसल तथा मेडिकलहलहरुमा अनुगमन गरेको छ । नगर उपप्रमुख उमा अधिकारीको नेतृत्वमा बैकंरोड र भिम अस्पताल लाईनमा रहेका औषधी पसल, ल्याव, तथा मेडीकलहलहरुमा अनुगमन गरीएको हो । अनुगमनको क्रममा अधीकास औषधी पसलहरु नगरपालिकामा नवीकरण नरोएकी पाईएको थियो । त्यस्ता पसलहरूलाई पहिलो पटक तत्काल नवीकरण गर्न निर्देशन दिइएको र अटेर गरेमा थप कार्वाही गरीने उपप्रमुख अधिकारीले जानकारी दिइन् । त्यस्तै म्याद गुुज्रीएका औषधीहरु छुट्टै राख्नु पर्ने, ल्याव हरुको सफाइमा ध्यान दिनुपर्ने, औषधी बिक्री गरेपछि अनिवार्यरुपमा बिल काट्नु पर्ने लगायतका सुझावहरु दिइएको…

औषधी नाममा लागू औषधीको कारोबार र स्वीकृति नदिएका औषधीको बिक्री कडाइ गरिन्छ:मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी संगै निजि क्षेत्रबाट सञ्चालन भएका अस्पताल तथा स्वास्थ्य संस्थाकाे उपचार सेवालाई प्रभावकारी बनाउन प्रदेश सरकारले ध्यान दिने बताउनु भएको छ । नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीकाे आयाेजनामा शनिबार बुटवलमा भएको सम्मान एवम् औषधी व्यवसायीहरुकाे क्षमता अभिवृद्धि तालिम उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले सरकारी अस्पतालकाे सेवा सुविधालाइ सुधार गर्दै निजि क्षेत्रका अस्पताललाइ समेत कानुनी दायरा भित्र ल्याएर सेवा प्रवाहलाइ चुस्त बनाउने बताउनु भयाे । प्रदेश सरकारले स्वास्थ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर बिशेषज्ञ उपचार सेवा सञ्चालन गरेकाे जानकारी दिनुभयाे । बुटवललाई स्वास्थ हव बनाउन,…