नर्सिङ कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न प्रचण्डको आग्रह

स्वास्थ्यसमाचार/ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर आन्दोलनरत नर्सिङ सेवाका कर्मचारीहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

उनले झन्डै डेढ लाख नर्सिङ कर्मचारीहरूले भोगिरहेको तोकिएको तलबमानभन्दा कम पारिश्रमिक, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको अत्यधिक कार्य-दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता गम्भीर समस्याहरूलाई सरकारको प्राथमिकतामा ल्याउनुपर्ने बताएका छन्।

प्रचण्डले नर्सहरूको आन्दोलनलाई समर्थन गर्दै भनेका छन्, ‘नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन।’

उनका अनुसार नर्सहरूका जायज मागहरूलाई राज्यले तत्काल सम्बोधन गरी स्वास्थ्य सेवाको मेरुदण्ड मानिने यस पेशालाई मर्यादित बनाउन आवश्यक छ।

‘देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत् कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमी, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरुद्ध विभिन्न चरणमा आन्दोलनरत छन्,’ प्रचण्डले सामाजिक सञ्जालमार्फत लेखेका छन्।

उनले पार्टीका तर्फबाट सरकारलाई नर्सहरूको मागलाई संवेदनशीलतापूर्वक सम्बोधन गर्न आग्रह गरेका छन्।

यतिखेर देशभरका झन्डै डेढ लाख नर्सिङ सेवामा कार्यरत् कर्मचारीहरू तोकिएको तलबमानभन्दा कम पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता, असमान व्यवहार, स्टाफको कमीले निम्त्याएको दबाब, अस्थायी रोजगारी, सामाजिक सुरक्षाको अभाव, कार्यस्थलमा असुरक्षा र तीव्र विदेश पलायनजस्ता समस्याविरूद्ध विभिन्न चरणमा आन्दोलनरत् छन्।

नर्सहरूको सम्मान, सुरक्षाको ग्यारेन्टी र पेशागत अधिकार सुनिश्चितता नभई नेपालको जनस्वास्थ्य सेवा प्रणाली बलियो बन्न सक्दैन। त्यसैले हाम्रो पार्टी नर्सहरूका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दछ।

 

सम्बन्धित शिर्षक :