स्वास्थ्यसमाचार/ लुम्बिनीमा नयाँ सत्ता गठबन्धनबाट नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन हुने भएको छ। मुख्यमन्त्री कार्यालयमा बसेको दलहरूको बैठकले मन्त्रालय बाँडफाँट टुङ्गाएको छ । जसअनुसार स्वास्थ्य मन्त्रीमा दिपेन्द्र कुमार पुन हुने भएका छन। उनी रोल्पाबाट निर्बाचित संसाद हुन । यस्तै अन्य मन्त्रालय पनि भागभन्डा भएको छ। एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप ३, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय लिने गरी १–१ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको वताईएको छ।
समाचार
चन्द्रकोटमा सहज बन्दै प्रयोगशाला :५ स्वास्थ्य चौकीमा सेवा सुभारम्भ
स्वास्थ्यसमाचार गुल्मी जिल्लाको उत्तरपूर्वी गाउँपालिका चन्द्रकोट गाउँपालिकाको ग्वाधा स्वास्थ्य चौकीमा आजबाट औपचारिक रुपमा प्रयोगशाला ( ल्याव) सेवा प्रारम्भ भएको छ । पालिकाको विकट मानिने वडा नं. ५ मा अवस्थित ग्वाधा स्वास्थ्य चौकीमा ल्याव सेवा को प्रारम्भ भए पश्चात चन्द्रकोट गाउँपालिकामा ल्याव सेवा संचालन भएका वडाहरुको संख्या ५ पुगेको छ । पालिकाको शान्तिपुर स्वास्थ्य चौकी, तुराङ्ग स्वास्थ्य चौकी मजुवा, विशुखर्क स्वास्थ्य चौकीमा संचालन भएको ल्याव सेवा गत आर्थिक वर्ष मा वडा नं. १ को दिव्रुङ्ग स्वास्थ्य चौकी मा स्थापना गरिएको थियो । चालू आ व २०८०/८१ को वजेट कार्यक्रम अन्तर्गत वडा…
राप्रपा आन्दोलनमा अश्रुग्यास लागेका डाँगीको उपचारको क्रममा निधन
स्वास्थ्यसमाचार/राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्षसमेत रहेका ६५ वर्षीय डाँगीको सोमबार बिहान उपचारका क्रममा छाउनी अस्पतालमा निधन भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । प्रवक्ता श्रेष्ठका अनुसार प्रदर्शनका क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट डाँगी घाइते भएका थिए । श्रेष्ठले डाँगीको निधनबारे जानकारी दिँदै भनेका छन् चैत २७ गतेको प्रदर्शनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते डाँगीको छाउनी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो । उच्च रक्तचाप र…
नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
काठमान्डौ/नेपाल जनस्वास्थ्य संघको नयाँ केन्द्रीय कार्यसमितिले कार्यभार सम्हालेको छ । आइतबार २७ चैतमा सर्वसम्मत रुपमा कृष्णमान शाक्यको नेतृत्वमा निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो । समितिको उपाध्यक्षमा तेत्रप्रसाद दुलाल, महासचिवमा कैलाश खाकी श्रेष्ठ, सचिव भीमप्रसाद सापकोटा, कोषाध्यक्ष विजय ढकाल र सह—कोषाध्यक्षमा मायाकुमारी गोले निर्विरोध निर्वाचित भएका थिए । त्यसैगरी, सदस्यहरुमा नरेशप्रसाद जोशी, श्रीकृष्ण बस्नेत, विकेश मल्ल, विनोदकुमार पोखरेल, मनोज सिग्देल र अमृत विष्ट चयन भएका थिए ।
नेपाल औषधी थोक व्यावसायी संघ रुपन्देहीद्वारा २०८१ सालको भित्तेपात्रो बिमोचन
स्वास्थ्यसमाचार/नेपाल औषधि थोक व्यावसायी संघ रुपन्देहीले नयाँ बर्ष २०८१को शुभकामना तथा क्यालेन्डर बिमोचन गरेको छ। नेपाल औषधि थोक व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण जिसीको अध्यक्षता, नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको प्रमुख आतिथ्य, नेपाल आयुर्वेद औषधि उत्पादक संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष चन्द्रकान्त खनालको बिशिष्ट आतिथ्यमा नयाँ बर्षको शुभकामना आदान प्रदान साथै २०८१को शुभकामना तथा क्यालेन्डर बिमोचन गरिएको थियो। उक्त कार्यक्रममा नेपाल थोक औषधी ब्यबसायी समिति प्रदेश सदस्य छत्र कुमार क्षेत्री ,सल्लाहकार महेश कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको कार्यक्रमको स्वागत सुदिप पाण्डेले गर्नु भएको नेपाल…
बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने
स्वास्थ्यसमाचार/रराष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणअन्तर्गत ६ र ७ बैशाखमा भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका स्वास्थ्य प्रशासक लीला विक्रम थापाकाअनुसार ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ । १ देखि ५ वर्षसम्मका करिब २९ लाख बालबालिकालाई जुकाको औषधि दिइने उनले जानकारी दिए । देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका हरुले ७ वटै प्रदेशका स्थानीय खोप केन्द्रहरूबाट बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउनेछन् । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने यो कार्यक्रममा सरकारको झण्डै ९…
स्वास्थ्यमा काम गर्न खोजे तर समय पाएनन लुम्बिनीका दुई मन्त्रीले
स्वास्थ्यसमाचार/नयाँ बर्षको सुरुवात संगै लुम्बिनी प्रदेशमा भएको सरकारमा पहिलो पटक स्वास्थ्य मन्त्री भएका बिष्णु पन्थी मन्त्री भएको ७२ दिनमा सरकारबाट बाहिरीनु परयो। आर्थिक क्षेत्रमा बढी चासो राख्ने पन्थी स्वास्थ्यको क्षेत्रमा पनि छोटोसमयमा केहि का मगर्न खोजेका थिए तर सरकार अदलीबदलीको कारण उनले ७२ दिनमा ४३ कामको सुरुवाता गरेका थिए । उनले गरेका काम स्वास्थ्यमा राम्रो प्रभाब पार्ने खालका थिए । यस्ता छन् मुख्य उपलब्धी कपिलवस्तु अस्पताललाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नति,प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलन्यास,लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नति,लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमशः…
लोकसेवा आयोग लुम्बिनीमा स्वास्थ्यका १५९ पदमा विज्ञापन खुल्यो
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ । आयोजले आज सूचना जारी गरी स्वास्थ्यका १५९ पदमा विज्ञापन खुलाएको हो । सबैभन्दा बढी कम्युनिटी नर्सिङका लागि अनमी ७९ पदमा विज्ञापन खुलाइएको छ । अहेब ७४ जनाका लागि विज्ञापन गरिएको छ । भने आयुर्वेदतर्फ बैद्य ५ जना र ल्याब असिस्टेन्ट ५ जना माग गरिएको छ । दरखास्त दिने मिति बैखाश २० गतेसम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म तोकिएको छ । यी पदमा लागि आगामी जेठको १८ र १९ गते परीक्षा मिति तोकिएको छ ।
स्वास्थ्यकर्मी संघ रुपन्देहीद्वारा २०८१ सालको भित्तेपात्रो बिमोचन
स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देही द्वारा आयोजित नयाँ वर्ष २०८१ सालको पावन अबसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ। नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष घनलाल अर्यालको अध्यक्षता तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडको प्रमुख आतिथ्यता तथा विशिष्ठ अतिथिमा प्रजापाल गिरी नेपाली काग्रेस क्षेत्र नं २का सभापति तथा अतिथि तिलोत्तमा सभापति हरिलाल पाण्डे, नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रदेश संयोजक नमनारायण बेल्बासे,नेपाल रहनु भएको थियो । त्यस्तै स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य तथा क्यालेण्डर प्रकाशन समिति संयोजक मदन पोखरेल सुमन नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य डिलेस्वर श्रेष्ठ , नेपाल निजामती कर्मचारी…
चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई सघाउछु :पुर्ब स्वास्थ्यमन्त्री थापा
स्वास्थ्यसमाचार/नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न शिक्षा मन्त्रीलाई आफूले सघाउने बताउनुभएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले प्रतिवेदन सार्वजनिक गरिदिएकोप्रति धन्यवाद ज्ञापन गर्दै उहाँले प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वास पनि व्यक्त गर्नुभएको छ। पूर्व स्वास्थ्यमन्त्री थापाले प्रतिवेदनमा उल्लेख गरिएका कतिपय सुझाव कार्यान्वयनमा आएको र कतिपय सुझाव अझै पनि कार्यान्वयनमा आउन बाँकी नै रहेकाले तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो। सामाजिक सञ्जालहरूबाट प्रतिक्रिया दिँदै उहाँले दोषीलाई कुनै पनि बहानामा उम्किन नदिन पनि अनुरोध गर्नुभएको छ।महामन्त्री थापाले लेख्नुभएको छ चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन…