डेंगुका अधिकांश बिरामीमा घाँटीमा घाउ हुने समस्या सजग रहन आग्रह

स्वास्थ्यसमाचार/  डेंगुका अधिकांश बिरामीहरुमा घाँटीमा समस्या देखापरेको भन्दै सजग रहन चिकित्सकहरुले आग्रह गरेका छन् । डेंगु संक्रमितहरुले घाँटी दुख्ने गरेको गुनासोपछि परीक्षणका क्रममा घाँटीमा घाउ देखिने गरेकोे भन्दै शतर्कता अपनाउन चिकित्सकहरुले सुझाव दिएका हुन् । अल्का अस्पतालमा कार्यरत चिकित्सक डाक्टर रक्षा गौतमले डेंगु हुँदा भाइरल फ्लूमा हुने धेरै लक्षण मिल्ने बताउनु भयो । डेंगु हुँदा घाँटी दुख्ने, आँखाको नानी दुख्ने, टाउको दुख्ने, वान्ता आउने, वाकवाक लाग्ने जस्ता लक्षणहरु बढी देखिने बताउनु भयो ।डा. गौतमले पछिल्ला दिनहरुमा ९० प्रतिशत बिरामी डेंगुका रहेको पनि बताउनु भयो । डेंगु, फ्लू र सामान्य रुघाखोकी,…

रुरुक्षेत्र गाउँपालिकामा घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने

स्वास्थ्यसमाचार/  रुरुक्षेत्र गाउँपालिकामा घर घरमा स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिने भएको छ। उक्त कार्यक्रम संञ्चालनको लागी स्वास्थ्यकर्मीहरुलाई अभिमुखीकरण गरिएको हो । गाउँपालिकामा कार्तिक देखी सबै घरधुरीमा गई स्वास्थ्य सम्बन्धी तथ्यांकहरु संकलन गर्ने र मंसिरबाट प्रतेक महिनाको २ दिन घर घरमा गई गर्भवती, सुत्केरी, अपाङ्ग तथा ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्ने उदेश्यक साथ आज स्वास्थ्यकर्मिलाई अभिमुखीकरण गरिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक छत्र अधिकारीले बताए । स्वास्थ्य परिक्षणमा ( प्रेसर जांच, सुगर जाच, पिसाब जाच आदि ) गरि आवश्यक औषधि तथा परामर्श दिईने अधिकारीले बताए। रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञाबलीले पालिका भित्रका…

लोकसेवा आयोग लुम्बिनीमा ठुलो संख्यामा स्वास्थ्यकर्मिको माग (सूचनासहित)

स्वास्थ्यसमाचार / लोकसेवा आयोग लुम्बिनी प्रदेशले प्रदेश निजामती सेवा तथा स्थानीय सरकारी सेवा अन्तगगत सहायकस्तर पााँचौ तहका (प्राबिधिक) पदहरूको खुला तथा समावेशी प्रयोगआत्मक परीक्षाको माग गर्दै सूचना जारी गरेको छ । कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजीम लुम्बिनी प्रदशे सरकार र लुम्बिनी प्रदशे का बिभिन्न स्थानीय तहहरूमा रिक्त रहेका पदहरूको पद पुर्तिका लागी सुचना प्रकासित गरेको हो। स्थानीय तहमा आ.प्र. तथा वढुवाद्वारा पद पूति हुने स्वास्थ्य सेवा, सहायक पााँचौं तहका पदहरुको माग गरेको छ। माग गरेको पदहरुमा एचए जना जना कबिराज स्टाफ नर्स रेडियो गा्रहफर फार्मेसी…

रुपन्देही २ मा डा. निकोलस सहित ३ जनाको उम्मेदवारी खारेज

स्वास्थ्यसमाचार/  रूपन्देहीको क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका कमल भुसाल सत्ता गठबन्धनका राजु गुरुङ, र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज भएको छ। तीन जनाविरूद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गरी उम्मेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ। त्यस्तै रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका कमल भुसाल (डा. निकोलस) विरूद्ध निर्वाचन कार्यालयमा दुइटा उजुरी दर्ता भएको थियो। भुसालले नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उजुरी परेको थियो। त्यस्तै…

स्वास्थ्य सेवा विभागद्धारा ४सय ९० नर्सको छैठौ तहमा बढुवा (सूचीसहित)

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले ४सय ९० जना नर्सको स्तरवृद्धि गरको छ। स्वास्थ्य सेवा बिभागले २०७९ आषाढमा दर्ता भै पाँचौबाट छैठौ तह लगायतमा स्तरवृद्धि गरेको हो । ४९० नर्सको सरुवा (सूचीसहित)नर्सिङ स्तरवृद्धि पाँचौबाट छैटौं..

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन‘ए’ र जुकाको औषधि खुवाईदै

स्वास्थ्यसमाचार/ सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने महाशाखाले जनाएको…

नेपालमा डेंगु संक्रमण बाट ४४ जनाको मृत्यु, ३३ हजार ९७५ संक्रमित

स्वास्थ्यसमाचार/ डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म डेंगुबाट ४४ जनाको मृत्यु भएको हो । सातै प्रदेशको ७६ जिल्लामा फैलिएको डेंगुबाट साउनदेखि हालसम्म ३३ हजार ९७५ जना संक्रमित भइसकेका छन् । त्यसैगरी विगत २४ घण्टामा २७ जनामा कोभिड पुष्टि भएको छ । ८६७ पीसीआर र ६७९ एन्टिजेन गरी १ हजार ५४६ वटा नमुना परीक्षणबाट २७ जनामा संक्रमण देखिएको हो भने २६ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ भने २४ घण्टामा डेंगीबाट मृत्यु हुनेको संख्या शून्य छ…

तिलोत्तमाको आनन्दबन स्वास्थ्य चौकीमा मानसिक रोगको उपचार सुरु

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिकाको आनन्दबन स्वास्थ्य चौकीमा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य सेवा र फुल बोडी चेकअपको सुरु गरिएको छ। हाम्रो राष्ट्रिय प्राथमिकता – सबैको निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था भन्ने मूल नारासहित रहेको सचेतना तथा अभिमुखीकरण कार्यक्रमको नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र वडा अध्यक्ष गणेश पाठकले फुल बोडी चेक अप गरि समुद्घाटन गरे । आजै देखि ल्याब टेस्ट सहितको होल बोडी चेकअप ( फुल बोडी चेक अप ) को समेत शुरुवात गरिएको छ। १५ शैयाको अस्पाताल निर्माणको चरणमा रहेको सो…

भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा(खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो । बुधबार मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले भनेअनुसार भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप रुखा-खोकीको औषधि उत्पादन गरेको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको छ । बुधबारको मिडिया ब्रिफिङमा भनिएको छ, ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको…

१९ बुँदे घोराही घोषणा पत्र जारी गर्दै सकियो लुम्बिनीको स्वास्थ्य समीक्षा

स्वास्थ्यसमाचार /लुम्बिनीको स्वास्थ्य क्षेत्र सुधारका लागि १९ बुदे घोराही घोषणापत्र जारी गरेको छ । असोज १२ देखि १४ गते सम्म दाङको घोराहीमा सम्पन्न प्रदेशको वार्षिक स्वास्थ्य समीक्षा सम्पन्न पछि स्वास्थ्य क्षेत्र सुधारका लागि १९ बुदे घोराही घोषणापत्र जारी गरिएको हो। १९ बुदे घोराही घोषणापत्रमा आ.ब. २०७९/८० मा प्रदेश भित्रका स्वास्थ्य सम्बद्ध विभिन्न निकाय तथा कार्यालयहरुद्वारा सम्पादित कार्यक्रमहरु मार्फत हासिल गरेका उपलब्धीहरु, सो क्रममा देखापरेका वाधा, समस्या तथा चुनौतिहरु, सिकाइहरु, साथै विभिन्न अवसरहरुको सम्भाव्यता पनि उजागर गरेको छ । वार्षिक स्वास्थ्य समीक्षामा २०७९ ले उजागर गरेका प्रदेशको स्वास्थ्य प्रणाली भित्रका विद्यमान…