बुटबलमा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई AHMIS तालिम

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा वितरण प्रणाली र बिरामी हेरचाहका सबै कार्यहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्नको लागि आयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली समन्धि ३ दिने तालिम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा बुटबलमाAHMISआयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली प्रदेशका १२ जिल्लामा रहेका आयुर्वेद चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मी लाई आयुर्वेद स्वास्थ्य व्यबस्थापन गर्नेको लागी सहज होस भन्ने उदेश्यका साथ तालिम दिईएको हो। तालिम समापन कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनालाल चौधरीले लुम्बिनी प्रदेशमा आयुर्वेदक्षेत्रमा राम्रो काम सुरु भएको बताएका छन। राम्रो काम भएपनि अहिले सम्म डाटा ब्यबस्थापन राम्रो नभएकोले अहिलेको…

मिरा कोषका अध्यक्षद्धारा उपचाररत खड्कालाई आर्थिक सहयोग

स्वास्थ्यसमाचार/  बुटबल पब्लिक स्कुलका संस्थापक अध्यक्ष एबं मिरा कोषका अध्यक्ष हेमलाल शर्माले अर्घाखाँची पालिका बिनोद खड्कालाई उपचारमा सहयोग गर्नु भएको छ। बिगत ३ वर्ष अगाड़ी अर्घाखाँची को नरपानीमा दुर्घटनामा परी हाल सम्म पनि तिनाउ हस्पिटल बुटवलमा उपचार गराई रहेका अर्घाखाँची पालिका बिनोद खड्कालाई उपचारमा सहयोग गर्नु भएको हो । उहाले बिनोदको स्वास्थ्यलाभको कामना गर्दै यस मिरा कोषमा वाट १५०००/आर्थिक नगद सहयोग सहित अन्य कपडा तथा ब्लाङ्केट सहयोग गर्नु भएको छ । कार्यक्रममा संस्थाका संरक्षक मिरा शर्मा र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो। कोषले अन्यको उपचारमा समस्या भएपनि सहयोग गर्दे आएको…

युसिएमएसमा बिरामीको उपचारमा लापरबाही : पीडितले गरे क्षतिपूर्ति माग

स्वास्थ्यसमाचार/ भैरहवाका राम जियावन मिश्रले छोराका उपचारको लागि ६ लाख खर्च गरे पनि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजबाट भरपर्दो उपचार नपाएको आरोप लगाएका छन् । बिहिबार मिश्रले पत्रकार सम्मेलनको आयोजना गरि मेडिकल कलेजले छोराको भविष्य बिगारेको आरोप लगाउदै क्षतिपूर्तिको दावी गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर–१२ बस्ने मिश्रले युनिभर्सल मेडिकल कलेजका चिकित्सकले उपचारमा लापरबाही गरेको आरोप लगाएका छन् । १३ वर्षीय छोरा रुपकको कुहिना र नाडीमा भाँचिएको हातको शल्यक्रियाका क्रममा मेडिकल कलेजका चिकित्सकले हेलचेक्र्याइँ गरेको आरोप लगाए । मिश्रका अनुसार २०७८ साल असार २३ गते रुपक घरको छतबाट खसेका…

पाल्पा बिहे भोजमा प्रयोग भएको पानीमा भेटियो ‘कोलिफर्म’

स्वास्थ्यसमाचार/ जिल्लाको बगनासकाली गाउँपालिका –१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताउनुभयो । उहाँका अनुसार ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको हो । पानीको मूलमा वा…

एन्टीबायोटीकको उच्च प्रयोगले यसरी खराब बनाउँछ मिर्गौलालाई

स्वास्थ्यसमाचार/ सामान्य पेट दुख्छ, ज्वरो आउँछ, घाउ हुन्छ । हामी यसको तुरुन्त निदान खोज्छौं । त्यसका लागि औषधी चपाउँछौ । अर्थात सामान्य शारीरिक समस्याको प्राकृतिक उपचार खोज्दैनौ । शरीरमा विभिन्न रोगको संक्रमणका कारण विभिन्न ब्याक्टेरिया तथा भाइरसको संक्रमण हुने गर्छ । यस्ता व्याक्टेरिया तथा भाइरसको संक्रमणलाई कम गर्न एन्टीबायोटिक्स सेवन गर्न दिइन्छ । एन्टीबायोटिक औषधीको प्रयोगले शरीरमा रहेका व्याक्टेरिया तथा भाइरसलाई नष्ट पार्ने गर्छ । तर सबै एन्टीबायोटिक्सले शरीरका खराब व्याक्टेरियालाई मात्र नभएर असर व्याक्टेरियालाई पनि असर पार्ने गर्छ । जुन शरीरको नियमित कामको लागि पनि आवश्यक पर्ने गर्छ ।…

किन अझै रोग लुकाउछन् पाठेघर खसेका महिलाहरु

बुटवल – चिकित्सकहरु भन्छन्, ‘सुत्केरी अवस्थामा धेरै गाह्रो काम गर्ने, गहु्रगो भारी बोक्ने, खानपिनमा ख्याल नपु¥याउने कारणले पाठेघर खस्ने समस्या धेरै हुन्छ । उमेर नपुग्दै बच्चा जन्माउने, असुरक्षित सुत्केरी गराउने, सुत्केरी समयमा यौन सम्पर्क राख्ने, पटक पटक गर्भपतन गर्ने जस्ता कारणले धेरै महिलाको पाठेघर खस्छ । जसलाई ‘आङ खस्ने’ रोगका नामले चिनिन्छ ।’ पाठेघर खस्ने समस्या भएका रुपन्देहीका महिला धेरै छन् । प्रजनन स्वास्थ्यको अभावमा कतिबेला के गर्नु पर्छभन्ने जानकारी नहुदा पनि महिलाहरुमा पाठेघर खस्ने समस्या बढेको प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा. शकुन्तला गुप्ताले बताइन् । पछिल्लो समयमा गर्भनिरोधक औषधीको…

बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने

स्वास्थ्यसमाचार/ बुटवलमा अक्सिजन सुविधासहितका २ वटा स्वास्थ्य केन्द्र बन्ने भएका छन् । बुटवल उपमहानगरपालिका वडा नं १३ र १७ मा १६–१६ शैयाका अक्सिजन सुविधासहितका स्वास्थ्य केन्द्र बनाउन थालिएको हो । एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा प्रति भवन १ करोड ५७ लाख लागत लाग्ने र ६ देखि ८ महिनाभित्रमा निर्माण सम्पन्न भएर हस्तान्तरण हुने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनुभयो । स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि यही मंसिर ९ मा टेण्डर स्वीकृत भएर निर्माणको प्रक्रिया अघि बढ्ने चरणमा रहेको पाण्डेले बताउनुभयो ।नगरप्रमुख खेलराज पाण्डेयको विशेष चासोका कारण यी…

बुटबलमा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई AHMIS तालिम

स्वास्थ्यसमाचार/  स्वास्थ्य सेवा वितरण प्रणाली र बिरामी हेरचाहका सबै कार्यहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्नको लागि आयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली समन्धि ३ दिने तालिम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा बुटबलमाAHMISआयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली प्रदेशका १२ जिल्लामा रहेका आयुर्वेद चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मी लाई आयुर्वेद स्वास्थ्य व्यबस्थापन गर्नेको लागी सहज होस भन्ने उदेश्यका साथ तालिम दिईएको हो। तालिम समापन कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनालाल चौधरीले लुम्बिनी प्रदेशमा आयुर्वेदक्षेत्रमा राम्रो काम सुरु भएको बताएका छन। राम्रो काम भएपनि अहिले सम्म डाटा ब्यबस्थापन राम्रो नभएकोले अहिलेको…

बुटबलमा प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया

स्वास्थ्यसमाचार प्रतिजैविक प्रतिरोध सम्बन्धी संचारकर्मी अन्तरक्रिया कार्यक्रम बुटवलमा सुरु भएको छ । संचारको माध्ययमबाट प्रतिजैविक प्रतिरोधले मानव, पशुपंक्षी र वातावरणमा पार्ने असरहरुबारे नागरिकलाई सचेतना जगाउन अन्तरक्रिया आयोजना गरिएको हो । जीवाणु, भाइरस, परजीवी र ढुसी जस्ता कीटाणुबाट हुने संक्रमण रोक्न प्रयोग गरिने औषधिलाई प्रतिजैविक प्रतिरोध भनिन्छ । कार्यक्रममा त्यस्ता औषधिको समुचित प्रयोग नहु“दा हुने असर के के हुन् र त्यसलाई कम गर्न के गर्नुपर्छ भन्नेबारेमा छलफल भएको थियो । विभिन्न कारणले सुक्ष्म जीव बलियो भई एन्टिमाइक्रोबियल औषधिले काम गर्न छोडेको अवस्था अर्थात् सुक्ष्म जीवलाई औषधिले जित्न नसकेको अवस्थालाई प्रतिजैविक प्रतिरोध भनिन्छ ।…

लुम्बिनीमा ४ हजार ३ सय बढी एचआइभी संक्रमित, सबैभन्दा धेरै रुपन्देहीमा

स्वास्थ्यसमाचार / ३५ औ विश्व एचआईभी एड्स दिवसको अवसरमा रुपन्देहीमा विभिन्न कार्यक्रम गरि मनाईने भएको छ । विश्वभर मनाईने यो दिवसमा रुपन्देहीमा अन्तरक्रिया, प्रभातफेरी सहितका कार्यक्रम गर्न लागिएको हो । सोही अनुसार बुधवार बुटवलमा सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरिएको छ । विश्व एड्स दिवसको पुर्व सन्ध्यामा आयोजना गरिको अन्तरक्रिया कार्यक्रममा बोल्दै आयोजक संस्था स्वाथ्य निर्देशनालय बुटवलका तथ्यांक अधिकृत मान बहादुर ओलीले पछिल्लो समयमा एचआईभी संक्रमितहरुको संख्या घट्दै गएको बताए । लुम्बिनी प्रदेशमा हाल ४ हजार ३ सय २५ जना एचआईभी संक्रमितहरुको संख्या रहेको जानकारी दिदै ओलीले पछिल्लो समयमा विभिन्न सरकारीतथा गैर…