प्युठानमा नसर्ने तथा मानसिक रोग बढ्दो छ लगानी बढाउनु आबश्यक छ : हेमराज पाण्डे

जिल्लामा मुख्य स्वाथ्य समस्या के के छन ?

प्यूठान जिल्ला लुम्बिनी प्रदेशको पहाडी जिल्ला मध्येमा पर्दछ । जिल्लाको जनसंख्या २ लाख ३२ हजारको सेरोफेरोमा रहेको छ । बच्चाहहरुमा कुपोषणको समस्या रहेको छ । यसको अलवा जिल्लामा बाल विवाह र किशोर अवस्थामा विवाह गर्ने दर पनि दर उच्च छ । अन्य जिल्लाहरुमा जस्तै नसर्ने रोगहरुको समस्या पनि जिल्लामा छ ।

जिल्लाले राम्रो कुन कुन क्षेत्रमा गरेको छ ।

–हामी जिल्लामा खोपको अवस्थामा धेरै सुधार गरेका छौ । संस्थागत सुत्केरी हुने दर पनि राम्रो रहेको छ । हामीकहाँ वार्षिक एक सय देखि १ सय ५० मात्रै सुत्केरी घरमा हुने गरेका छन् । करीब ९५ प्रतिशत गर्भवती महिलाहरुले स्वास्थ्य संस्थामा सुत्केरी गराउने अवस्था छ । चार पटक गर्भ जाँच गराउने अवस्था पनि राम्रो छ । सुत्केरी जाँचको अवस्था पनि ६० प्रतिशत भन्दा माथि नै छ ।

प्युठानमा स्वास्थ्यका चुनौति हरु के के छन् ?

अन्य जिल्लाहरुमा जस्तै हाम्रोमा पनि नसर्ने रोगहरूका बिरामी जस्तै मुटु मृगौला, क्यान्सर जस्ता रोगीको संख्या बढ्दै गएको छ ,जुन चुनौतिको रुपमा रहेको छ । स्वास्थ्य संस्थाहरुमा अझै पनि स्थायी दरबन्दी पूर्णरुपमा पदपूर्ति हुन सकेको छैन। स्वास्थ्य संस्थाहरुको पूर्वाधार संरचनामा सुधारको आवश्यकता छ। यसै गरी स्वास्थ्य बिमा गराउने जनसंख्या करीब २५ प्रतिशत मात्र रहेको छ। मनोसामाजिक समस्याको कारण पछिल्लो समयमा आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ । स्वास्थ्य भन्दा बित्तिकै रोग र उपचार मात्र हो भन्ने बुझाइको कारण स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुन सकेको छैन।

समस्या समाधानको लागि गरेका प्रयास के के छन ?

नियमित रुपमा हामीले नेपाल सरकार तथा लुम्बिनी प्रदेश सरकारले तय गरेका कार्यक्रम कार्यान्वयन गर्दछौं यसबाहेक स्थानीय तहसँगको समन्वयमा विभिन्न जनस्वास्थ्य सम्बन्धी क्रियाकलापहरूमा जोड दिइरहेका छौं। । जिल्लामा विषेश गरी खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, सिबी आईएमएनसिआई, पोषण, क्षय तथा कुष्ठ रोग नियन्त्रण जेष्ठ नागरिक सँग घरदैलो लगायतका कार्यक्रमहरु संचालन भई रहेका छन्।

बढ्दो महामारीको जोखिम तथा मानसिक स्वास्थ्य समस्याको समाधानको लागि हामीले जिल्लामा रहेका स्थानीय तहका स्वास्थ्य शाखा तथा स्वाथ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल, तालिम गर्दै आएका छौ । आत्महत्याको दर निवारणको लागि हामीले जिल्ला प्रशासन, प्रहरी कार्यालयको सहकार्यमा हामीले प्रत्येक पालिका स्तरमा स्वाथ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोग सम्बन्धी तथा मानसिक स्वाथ्य सम्बन्धी तालिम प्रदान गर्ने गरी काम गरेका छौ ।

आत्महत्याको दर न्यूनीकरणको लागि हामी ११६६ हट लाईन नं को व्यापक प्रचार प्रसार गर्दै छौं जसमा आत्महत्याको बारेमा सोंच आएमा कल गर्न सकिन्छ र आवश्यकता अनुसार उद्दार पनि गर्न सकिने व्यबस्था मिलाईएको छ। हामीले मानसिक स्वाथ्य सम्बन्धी जिल्ला स्तरीय, पालिका स्तरीय मनोसामाजिक स्वास्थ्य प्रर्वद्धन समिति नै निर्माण गरेर काम गरेका छौ ।

नसर्ने रोगको हकमा हामी व्यापक रुपमा प्रसार प्रसार गर्दै आएका छौ । बाल विवाह र किशोरी गर्भवतीको अवस्थालाई हामी स्थानीय तह, स्वाथ्य कार्यालयका बीचमा सहकार्य गरी विद्यालय स्तरमा नै व्यापक रुपमा जनचेतनामुलक काम गर्दै आएका छौ।

यस बर्ष हामीले लागि विद्यालयमा अध्ययनरत किशोरीको रक्त समूह सहित रक्त अल्पता जाँच गरेका थियो ।यसमा २ हजार भन्दा बढिको रक्तजाँच गर्दा २५ प्रतिशतमा रक्त अल्पता देखिएको थियो । यसै गरी स्थानीय स्वास्थ्य संस्थासँगको सहकार्यमा समुदायमा ५ बर्ष भन्दा मुनिका कुपोषित बालबालिकाहरुको खोजपड्ताल गर्ने काम गरिरहेका छौं जसबाट कुपोषित बालबालिकालाई उपचार गर्ने प्रवन्ध पनि मिलाईएको छ। र हामीले यो भन्दा बाहेक जेष्ठ नागरिक घरदैलो कार्यक्रममा यो २९०० जना लाई घरमै पुगेर सेवा दिएका छौ । जसमा स्वास्थ्य कर्मीहरुले घर घरमा पुगेरै जेष्ठ नागरिक तथा अशक्त क र ख बर्गका नागरिकहरुको स्वास्थ्य जाँच गरेका थिए।

सरकारका नियमित कार्यक्रम बाहेक जिल्लामा रोगको निगरानी गर्ने, स्थानीय सरकोकारसंग सहकार्यमा हामीले डेंगु, मेलिरिया, कालाजारको अवस्थाको विषयमा हामी काम गरेका ाछै । यसको अलवा पानीको जाँच गर्ने र स्वच्छ पानीको प्रयोग गर्ने विषयमा जोड दिदै आएका छौं। पानी जाँचको क्रममा पानीमा दिसा मिसिएको वा नमिसिएको विषयमा जाँच गर्छौ र समुदायलाई सचेत पनि गराउँछौं।

आगामी योजना के छ ?
हामी मानिसकी रोगको विषयमा स्थानीय स्तरबाट काम गर्ने, नसर्ने विषयमा व्यापक जनचेतना अभिवृद्धि प्रवाह गर्ने र सेवा प्रवाहमा विशेष ख्याल गर्ने योजना बनाएका छौ । यसबाहेक विद्यमान चुनौति हरुसँग लड्न स्थानीय तहसँग समन्वय गरी नयाँ नयाँ परियोजनाको विकास तथा प्रवर्दन गर्ने विषयमा सक्रिय रहेका छौ।

हेमराज पाण्डे
बरिष्ठ जनस्वास्थ्य अधिकृत
प्रमुख, स्वाथ्य कार्यालय, प्यूठान

सम्बन्धित शिर्षक :