स्वास्थ्यसमाचार/ नेपाल सरकार स्वाथ्य विमा बोर्डले लागू गरेको विमा कार्यक्रम अनुसार लुम्बिनी प्रदेशमा १० लाख बढि आवद्ध भएका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिले स्वाथ्य विमा कार्यक्रम लागू भएको छ । जस अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा सबै भन्दा बढि विरामीहरुले स्वाथ्य विमा बापत सेवा लिएका छन् । स्वाथ्य विमा बोर्ड लुम्बिनी प्रदेशका प्रमुख जनक साउदका अनुसार विमा गराउने महिलाको संख्या ५ लाख २६ हजार ७ सय ३३ जना र पुरुषको संख्या ४ लाख ६ हजार १ सय ५२ जना रहेका छन् । अन्य लिंङ्ग १ सय १३ जनाले प्रदेशभरमा…
समाचार
सरकारले औषधिका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने
स्वास्थ्यसमाचार/ सरकारले औषधिका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । आर्थिक वर्ष २०८०र०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले औषधिका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए।। नेपालमा गाँजालाई लागुऔषध मानेर प्रतिबन्ध लगाइएको छ । धेरै औषधिमा प्रयोग हुने भएकाले गाँजालाई खुल्ला गर्नुपर्ने माग उठ्ने गरेको छ । केहीले गाँजा खुल्ला गर्ने कुराको विरोध गर्ने गरेका छन्। यसैबीच सरकारले बजेटमै गाँला खेतीको विषय उल्लेख गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट ८३ अर्व ९९ करोड रुपैयाँ
स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्व ९९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । सो क्रममा उनले उनले स्वास्थ्यमा एक चिकित्सक एक स्वास्थ्य संस्थाका लागि २४ करोड रुपैयाँ विनियोजन गरेको सुनाए । विपन्न नागरिकलाई कडा रोगको उपचारका लागि सहुलियत प्रदान गर्न २ अर्व ५० करोड रुपैयाँ, ९८ प्रकारका औषधि निशुल्क उपलव्ध गराउन १ अर्व २८ करोड रुपेयाँ छुट्याएको छ । यस्तै टेकुस्थित सरुवा रोग अस्पताल र प्रदेश तहमा स्थापना हुँदै गरेका सरुवा रोग अस्पताल…
बुटवल बर्दिबास, र सुर्खेतमा मेडिकल कलेज स्थापना हुने
स्वास्थ्यसमाचार/ सरकारले आगामी आर्थिक वर्षमा बुटवल बर्दिबास, र सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने भएको छ । त्यसको लागि सरकारले बजेट समेत विनियोजन गरेको अर्थमन्त्री प्रकाशशरण महतले जानाकारी दिए। आगामी आर्थिक बर्षको बजेट सुनाउने क्रममा अर्थ मन्त्री डा प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । सो क्रममा नयाँ मेडिकल कलेजको नयाँ लाइसेन्स दिने पनि मन्त्री महतले जानकारी दिए ।
यी हुन् आर्थिक वर्ष २०८०/०८१ को बजेटमा परेका स्वास्थ्यका ३५ बुँदा
स्वास्थ्यसमाचार/आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्यातर्फ कुल ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको बताएका छन् । उनले स्वास्थ्यमा मुख्य गरी २८ बुँदामा बजेट तर्जुमा गरेका छन् । आगामी वर्षको बजेटमा स्वास्थ्य तथा जनसंख्यातर्फ व्यवस्था गरिएका कार्यक्रमहरू अर्थमन्त्रीकै शब्दमा तल उल्लेख गरिएको छ । बजेट विनियोजन २८ बुँदामा -गुणस्तरीय स्वास्थ्य उपचार: जनताको अधिकार भन्ने नाराका साथ आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाइनेछ। विशिष्टिकृत स्वास्थ्य सेवामा नागरिकको पहुँच बढाइनेछ। स्वास्थ्य शिक्षा र जनचेतनाको माध्यमबाट नागरिकको स्वस्थ जीवनशैली प्रवर्द्धन गरिनेछ। – कोभिड-१९ लगायत सङ्क्रामक रोगको…
नेपालमा ७ हजार ८ सय ५८ पुगे अस्पताल तथा स्वास्थ्य संस्था
स्वास्थ्यसमाचार/ आर्थिक सर्वेक्षण २०७९/८० को तथ्यांक अनुसार गत फागुण मसान्त सम्म मुलुकभर अस्पताल तथा स्वास्थ्य संस्था हरुको संख्या ७ हजार ८ सय अन्ठाउन्न पुगेको छ। २०७९ असार मसान्त ७ हजार ५ सय अन्ठानब्बे रहेकोमा २०७९ फागुण मसान्त सम्म २६० स्वास्थ्य संस्था थपिएर ७ हजार ८ सय अन्ठाउन्न पुगेको हो। जसमा अस्पताल २ सय १५, प्राथमिक स्वास्थ्य केन्द्र २ सय १, स्वास्थ्य चौकी ३ हजार ८ सय २०, आयुर्वेद औषधालय ४ सय २६ तथा उपस्वास्थ्य चौकी÷आधारभुत स्वास्थ्य सेवा केन्द्र ३ हजार १ सय ९६ गरी कुल ७ हजार ८ सय अन्ठाउन्न…
तिलोत्तमाका स्वास्थ्यकर्मीको आन्दोलन असार सम्मको लागि स्थगित
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकामा हाल चलिरहेको स्वास्थ्यकर्मी हरुको आन्दोलन २०८० असार सम्मको लागि स्थगित भएको छ । प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले स्वास्थ्यकर्मिहरुले पाउनु पर्ने तलब सहित अन्य मागहरु कार्यपालिकामा छलफल गरि नगर सभामा लैजाने र नगरसभा बाट पारीत गराइ खुवाउने लिखित प्रतिबद्धता स्वास्थ्यकर्मीहरु सहितको बैठकमा जनाएपछि हाललाई यो आन्दोलन २०८० असार सम्मको लागि स्थगन गरिएको आन्दोलन ब्यवस्थापन तथा परिचालन समितिका प्रवक्ता ठानेश्वर बस्यालले बताउनुभयो । यदि माग सम्बोधन नभए असार ११ गते देखि पुन यो भन्दा कडा आन्दोलनमा उत्रने सबै स्वास्थ्यकर्मीहरुको भनाइ छ।
आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान
स्वास्थ्यसमाचार/ बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको स्तरवृद्धिसम्बन्धि आम्दा ईन्टरन्याशनल जापानसँग समझदारी गर्न बुटवलबाट एक टोली आईतबार जापान गएको छ । आम्दा अस्पताल बुटवलका अध्यक्ष समेत रहनुभएका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा गएको टोलीले आम्दा अस्पतालको स्तरवृद्धि गरि ३ सय शैयामा पुर्याउने गरि समझदारी गर्नेछ । आम्दा ईन्टरन्याशनलका अध्यक्ष डा शिगेरू सुगानामीको निमन्त्रणामा जापान गएको टोलीले आम्दा अस्पतालको भौतिक पूर्वाधार, स्वास्थ्य सुविधालगायतका विषयमा छलफल गरी आपसी सहकार्यका बारेमा समझदारी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । पाण्डेय नेतृत्वको टोलीमा बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, अस्पतालका…
प्रेस युनियनको ३२औं स्थापना दिवसः रुपन्देहीमा रक्तदान
गोकर्ण ज्ञवाली ‘प्रकास’ । जेठ १२, बुटवल । नेपाल प्रेस युनियन रुपन्देहीले युनियनको ३२औं स्थापना दिवस रक्तदान कार्यक्रमसंगै मनाउन लागेको छ । रक्तदान कार्यक्रम जेठ १३ गते शनिवार रक्तसंचार सेवा केन्द्र(ब्लडबैंक) बुटवलमा आयोजना गरेको युनियन सभापति कविन्द्र नेपालले जानकारी गराउनू भएको छ । रक्तदान विहान आठबजेदेखि शुरु हुने कार्यक्रम संयोजक कल्पना शर्माले जानकारी गराउनूभएको छ । उहाँले रक्तदान कार्यक्रममा युनियनक्रमीसंगै शुभेच्छुक, सबैलाई सहभागीताको लागी अनूरोध पनि गर्नूभएको छ । नेपाल प्रेस युनियन केन्द्रिय समितिले जेठ १२ देखि १४ गतेसम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउनका लागि सबै जिल्ला तथा प्रतिष्ठान…
स्वास्थ्यकर्मीको आन्दोलनमा जनस्वास्थ्य संघ लुम्बिनीको साथ
स्वास्थ्यसमाचार/ तिलोत्तमा लगाएका देशभर भैरहेको स्वास्थ्यकर्मीको आन्दोलन प्रति नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। नेपाल जनस्वास्थ्य संघ लुम्बिनीका अध्यक्ष हेमराज पान्डेले एक बिज्ञेप्ती जारी गरि “हामी सबै स्वास्थ्यकर्मीहरु सेवामा प्रतिबद्ध छौं। तर भोक भोकै काम गर्न सक्दैनौं ।“ भन्दै तलबको माग सँगै, विभिन्न माग राख्दै आन्दोलनमा उत्रिनु भएका तिलोत्तमा नगरपालिका अन्तर्गतका स्वास्थ्यकर्मीहरुको माग प्रति नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको छ। कोभिड–१९ विरुद्दको लडाईमा दिन रात नभनि खटिएका र जनताको स्वास्थ्य जस्तो संवेदनशील विषयमा जोडिनुहुने स्वास्थ्यकर्मीले काम गरेको तलब पनि लामो समयदेखि नपाउनु आफैमा लज्जाको…