स्वास्थ्य कार्यालयको रुपन्देहीको वार्षिक समीक्षा गोष्ठी भैरहवामा सुरु

जनमुखी र उत्तरदायी स्वास्थ्य प्रणालीका लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री सारू

स्वास्थ्यसमाचार/ स्वास्थ्य कार्यालय रुपन्देहीको आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न भएका  कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षा गोष्ठी भैरहवामा सुरु भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा देवी थापाको अध्यक्षता लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारू प्रमुख आतिथ्य तथाजिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाई, स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरी, प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा. राजेन्द्र कुमार गिरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका प्रमुख राजेश गुप्ता, र भिम अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता विशेष अतिथिमा समिक्षा सुरु भएको छ ।

समिक्षा कार्यक्रमको उदघाटन गर्दे स्वास्थ्य मन्त्री खेम सारुले स्वास्थ्य प्रणालीलाई जनमुखी र उत्तरदायी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भयो।उहाँले “प्रदेश सरकारले प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण, स्वास्थ्य संस्थामा जनशक्ति अभाव न्यूनीकरण, र आवश्यक औषधि तथा सामग्रीको सुनिश्चित आपूर्तिलाई यस वर्षको मुख्य प्राथमिकता बनाएर कार्य गरिरहेको बताउनु भयो।”

स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक रोशनलाल चौधरीले समीक्षा गोष्ठीहरूले तथ्यमा आधारित योजना बनाउन सहज हुने बताउनु भयो ।यस्तै प्रदेश आपूर्ति केन्द्रका निर्देशक डा. राजेन्द्र कुमार गिरीले औषधि वितरण प्रणालीलाई पूर्णरूपमा डिजिटल ट्र्याकिङमा लैजान लागेको बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका उमेश गौतम, तालिम केन्द्रका शैलेन्द्र कुमार पाण्डे, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य शाखा प्रमुखहरू, तथ्यांक फोकल पर्सनहरू, तथा विकास साझेदार संस्थाका प्रमुख र प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

कार्यक्रमको स्वागत क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारीले गर्नुभएको थियो भने सञ्चालन ल्याव टेक्निसियन अधिकृत खिमलाल पाण्डेले गर्नुभएको थियो।

गोष्ठीमा जिल्लामा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको उपलब्धि, चुनौती र आगामी रणनीति सम्बन्धी विषयमा विस्तृत समीक्षा तथा छलफल गरिने स्वास्थ्य प्रमुख उमा देवी थापाले बताउनु भयो ।

सम्बन्धित शिर्षक :