बुस्टर खोपका लागि “गाभी ”लाई सरकारको पत्र

स्वास्थ्यसमाचार/ सरकारले छिमेकी देशमा कोरोना भाइरसका संक्रमण बढिरहेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि खोप ल्याउने प्रक्रिया सुरू गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रूपमा ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’लाई पत्र लेखेको छ।स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको खोप शाखाका प्रमुख सागर दाहालले बिहीबार १५ लाख खोपका लागि ‘गाभी’ लाई पत्र पठाइएको जानकारी दिए। गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई खोप उपलब्ध गराउनेछ।कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बुस्टर खोप लगाउन खोप ल्याउनका लागि हिजो कोभ्याक्सलाई पत्र लेखेका छौं, उनले भने, यही पुसको तेस्रो हप्तामा…

रक्तदान गरेर मनायो पैचोले आठौं वार्षिकोत्सव

स्वास्थ्यसमाचार/ गुल्मीमा स्थापना भइ देशभर पहाडको कृषिजन्य उत्पादनको बजारिकरण गरिरहेको पैचो पसलले सातौं वर्ष पार गरेर आठौं वर्ष प्रवेश गरेको छ । आठौं वार्षिक उत्सवको अवसरमा पैचोले आज बुटवलमा रक्चदान कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान सम्पन्न रक्चदान कार्यक्रममा ५० बढीले रक्चदान गरेका छन् । रक्तदान कार्यक्रमको पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले दियो बालेर उदघाटन गरे । रक्तदान कार्यक्रममा पैचोमा आवद्ध लगानी कर्ता तथा कर्मचारीहरु, रुपन्देही रक्तदाता समुह सहित होटल पौवाका कर्मचारी र पत्रकारहरुले रक्तदान गरेका छन् । रक्तदानका अवसरमा बोल्दै पैचोका अध्यक्ष भण्डारीले मानविय सेवा अन्तर्गत हरेक वर्ष…

सियारीमा भएको स्वास्थ्य शिबिरमा ८ सय बढीको जाँच

स्वास्थ्यसमाचार / रुपन्देहीको सियारी गाउँपालिकामा बृहत स्वास्थ्य शिबिर गरिएको गरेको छ ।सियारी गाउँवासीलाई स्वस्थ राख्ने योजना अनुरुप बृहत स्वास्थ्य शिबिरको गरिएको पालिकाले जनाएको छ । सियारी गाउँपालिका, क्रिमसन अस्पताल र लुम्बिनी रण अम्बीका शाखा आँखा अस्पतालको संयोजनमा गरिएको स्वास्थ्य शिबिरमा ८ सय बढी नागरिकले स्वास्थ्य जाँच गराएका छन् । सियारी २ मैनहिया माविमा भएको स्वास्थ्य शिविरमा मुटु रोग, फिसिसियन सेवा, महिला तथा प्रसुुति सेवा तथा बालरोग सेवा र आखां रोग सम्बन्धी स्वास्थ्य जाँच गरिएको गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिबहादुर घर्तिले जानकारी दिए । उनले क्रिमसन अस्पतालका बिशेषज्ञ डाक्टरबाट स्वास्थ्य परिक्षण…

रेसुङ्गा नगरपालिकाको सहयोगमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु

स्वास्थ्यसमाचार/ रेसुङ्गा नगरपालिकाको सहयोगमा गुल्मी अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा सुरु गरिएको छ । हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराए बापत् रेसुङ्गा नगरपालिकाले गुल्मी अस्पतालका हाडजोर्नी विशेषज्ञ डाक्टरलाई सरकारले सो तहमा तोकेको तलब स्केल बराबरको प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको हो । हाडजोर्नी विशेषज्ञ सेवा उपलब्ध गराउन आवश्यक पर्ने सि–आम मेसिन नगरपालिकाले उपलब्ध गराउने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिनुभयो । अहिले मेसिन खरिदका लागि टेण्डर आव्हान समेत गरिएको छ । जिल्लामै हाडजोर्नी सेवा सुरु भएकाले गुल्मी र यो सुविधा नभएका अन्य जिल्लाका नागरिकले पनि विशेषज्ञ सुविधा लिने भएको नगर प्रमुख…

स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवाका ४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि (बढुवा )भएको छ । बिहीबार स्वास्थ्य सेवा विभागले स्तरवृद्धि भएका ४ सय ५ जना नर्सिङ कर्मचारीहरुको सूची प्रकाशित गरेको हो । वि सं २०७९ असारमा महिनामा दर्ता भई कैफियतमा रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौं तहमा स्तरवृद्धि भएको विभागले जनाएको छ । हेर्नोस बढुवा भएका नर्सिङ कर्मचारीहरुको सूची स्वास्थ्य सेवाका कर्मचारी स्तरवृद्धि विवरण

लुम्बिनीमा सुरक्षित गर्भपतन गराउने बढे ,२० वर्ष मुनिका १० प्रतिशत

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा गर्भपतन सेवा उपभोग गर्ने २० वर्ष मुनिका महिला झण्डै दश प्रतिशत रहेको देखिएको छ । स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकको आधारमा बितेको पाँच वर्षमा सुरक्षित गर्भपतन गराउने महिलामध्ये २० वर्षमुनि रहेकाहरूको संख्या बढ्दै गएको देखिएको हो । आर्थिक वर्ष २०७८/०७९ मा लुम्बिनी प्रदेशभित्र २० वर्षमुनिका महिलाहरूले सुरक्षित गर्भपतन सेवा लिनेको संख्या नौ दशमलव ६ प्रतिशत देखिएको छ ।प्रदेश स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकले आर्थिक वर्ष २०७४/ ०७५ मा ६ दशमलव दुई प्रतिशत रहेकोमा पाँच वर्षमा यो संख्या बढेर नौ दशमलव ६ प्रतिशतमा पुगेको देखिएको छ । सूचीकृत…

समायोजन मिलानका कर्मचारी अपुग तलब स्वास्थ्य मन्त्रालयले पठाउने

स्वास्थ्यसमाचार/ समायोजन मिलानका क्रममा स्थानीय तहमा समायोजन गरिएका कर्मचारीलाई तलब खुवाउन नसकिने भन्दैं स्थानीय तहहरुले भकाभक फिर्ता पठाउन थालेपछि त्यसलाई रोक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहल थालेको छ । ८ पुसमा मन्त्रीस्तरीय निर्णय गर्दै संघीय स्वास्थ्य मन्त्रालयले समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी स्वास्थ्यका कर्मचारीको खटिएको ठाउँमा अपुग भएको तलबभत्ता हाललाई स्वास्थ्य मन्त्रालयको वित्तिय बजेट हस्तान्तरण मार्फत उल्लेख छ । मन्त्रालयले निर्णय गरेसँगै ८ गते नै ७५३ स्थानीय तहहरुलाई नै मन्त्रालयले पत्राचार गरिसकेको छ । ‘समायोजन÷समायोजन मिलान हुँदा स्वीकृत दरबन्दीभन्दा बढी हुन गएका कर्मचारीहरुको नपुग तलब भत्ता हाललाई यस मन्त्रालयबाट…

रुकुम पूर्व: आगोको भरमा ‘बर्थिङ सेन्टर’

रुकुम पूर्व/ आगोको भरमा बर्थिङ सेन्टर सिस्ने स्वास्थ्य चौकी गाउँपालिकाको केन्द्र अर्थात जिल्ला सदरमुकाम रहेको रुकुमकोटबाट एक देखि दुई दिनको पैदल यात्रापछी पुगिन्छ । सदरमुकामकै पालिका भित्रको यो वडामा भौगोलिक कठिनाईको कारण सडक संजाल विस्तार हुन सकेको छैन् । सडक संजालदेखि, पूर्वाधार, शिक्षा, स्वास्थ्य सबै क्षेत्रमा पछि परेको यस वडाका नागरिकहरुले संघियताको अनुभव राम्रोसँग गर्न पाएका छैनन् । यहि संघियताले गिज्याइरहेको एउटा उदाहरण हो, सिस्ने गाउँपालिका १ नम्बर वडामा रहेको सिस्ने स्वास्थ्यचौकी । सिस्ने हिमालको फेदैमा रहेको यस स्वास्थ्यचौकीमा चिसोको सिमा नै हुदैन् । अहिले जताततै गुणस्तरीय स्वास्थ्य सेवाको कुरा…

अपाङ्गता मैत्री मातृत्व स्वास्थ्य सेवा सञ्चालन निर्देशिका सार्वजनिक

स्वास्थ्यसमाचार/ अपाङ्गता मैत्री सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा सञ्चालन निर्देशिका – २०७९ सार्वजनिक भएको छ।  सार्वजनिक भएको उक्त निर्देशिका स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवारकल्याण महाशाखा र नेत्रहिन यूवा संघ नेपालको साझेदारीमा तयार पारिएको हो। निर्देशिका सार्वजनिकिकरण कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्र रमण सिंहले यस निर्देशिकाको कार्यन्वयन पश्चात अपांगता भएका व्यक्तिहरुलाई स्वास्थ्य संस्थामा प्रजनन् स्वास्थ्य लगायतका अन्य सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको बताए। उनले भने ‘अहिलेको सबै भन्दा महत्वपुर्ण विषय भनेको स्वास्थ्य साक्षरता हो । जनस्वास्थ्यका विषय घरदैलो सम्म कसरी पुर्‍याउने भन्ने…

चीनमा आउँदो जनवरी ८देखि विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने

एजेन्सी /चीनमा अब विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ । आउँदो जनवरी ८ तारिखदेखि चीनले आफ्नो देशमा आउने विदेशी यात्रु क्वरेण्टीन बस्नु नपर्ने जनाएको हो । चीनले अपनाउँदै आएको शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध श्रृङ्खलाबद्ध रूपमा हटाउने क्रममा यो पछिल्लो घोषणा आएको हो । कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको छ र स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन् । तर, सङ्क्रमण बढिरहे पनि चीनले विदेशी यात्रुलाई अनिवार्य क्वरेण्टीन बस्नु पर्ने नियम हटाएको छ । सन् २०२० को मार्चयता चीन आगमन गर्ने सबै यात्रुहरूले क्वरेण्टीनमा बस्नुपर्ने…