काठमाडौं, /निजी तथा सामुदायिक स्वास्थ्य संस्थामा कार्यरत नर्स र स्वास्थ्यकर्मीहरूले उठाएका मागको समर्थनमा स्वास्थ्य क्षेत्रका ट्रेड युनियन र पेशागत संघसंस्थाहरूको संयुक्त सञ्जालले ऐक्यवद्धता जनाएको छ।
नेपाल चिकित्सक संघमा मंगलबार बसेको बैठकले आन्दोलनरत नर्स र स्वास्थ्यकर्मीहरूको १५ बुँदे माग न्यायसंगत रहेको बताउँदै तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ।
नेपाल चिकित्सक संघका महासचिव डा. सन्जीव तिवारीका अनुसार बैठकमा स्वास्थ्यकर्मीको सेवा–सुविधा, तलब–भत्ता, सुरक्षा र उपभोक्ता संरक्षण ऐनका बाझिने दफा संशोधनबारे छलफल भएको हो।
संयुक्त सञ्जालमा आबद्ध १५ वटा संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मीमाथि हुने आक्रमण रोक्न, सुरक्षा सुनिश्चित गर्न र मन्त्रालयले असोज २४ गते गरेको परिपत्र तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।
सञ्जालले चेतावनी दिएको छ माग छिट्टै सम्बोधन नभए चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिनेछ।



प्रतिकया दिनुहोस्