स्वास्थ्यसमाचार/ रिक्त भएको ९ महिनापछि आयुर्वेद चिकित्सा परिषदले अध्यक्ष पाएको छ ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आयुर्वेद काउन्सिलक अध्यक्षमा डा श्याममणि अधिकारी नियुक्त गर्नुभएको छ। डा अधिकारीले आयुर्वेद र जडिबुटीका विषयमा पुस्तकहरु समेत प्रकाशन गर्नुभएको छ ।डा अधिकारीले नेपालको स्वास्थ्य सेवामा ३३ वर्ष काम गर्नुभएको छ । यसैगरी आयुर्वेद चिकित्सा परिषदको सदस्यहरुमा नरदेवी अस्पतालमा कार्यरत डा ऐश्वर्य श्रेष्ठ, दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा शिवमंगल प्रसाद नियुक्त हुनुभएको छ । काउन्सिलमा निर्वाचनबाट तीन जना सदस्य नियुक्त हुने व्यवस्था रहेको…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नरदेविको आयुर्वेद चिकित्सालयको निर्देशकमा डा.उपाध्याय नियुक्त
स्वास्थ्यसमाचार/ नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा वासुदेव उपाध्याय नियुक्त हुनुभएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नरदेवी आयुर्वेद चिकित्सालय निर्देशकमा डा उपाध्यायलाई नियुक्त गरेको हो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई निर्देशकमा नियुक्त गरेको हो ।उहाँ यसअघि स्वास्थ्य तथा जनसंख्या , लुम्बिनी प्रदेशको सचिव भइसक्नुभएको छ । नरदेवीमा यसअघि डा रामदेव यादव निमित्त निर्देशक पदमा हुनुहुन्थ्यो ।डा उपाध्याय ११ औं तहका आयुर्वेद चिकित्सक हुनुहुन्छ ।
बुटवलमा क्षयरोग स्क्रिनिङमा महिलाको सक्रियता, नियन्त्रणमा चुनौती
स्वास्थ्यसमाचार / बुटवलमा क्षयरोग (टीबी) नियन्त्रण अभियानअन्तर्गत स्क्रिनिङ कार्यक्रममा महिलाहरूको सहभागिता उल्लेखनीय देखिएको छ। तर, लक्षण लुकाउने, नियमित औषधी नखाने र समाजको डरले उपचारबाट टाढिन खोज्ने प्रवृत्तिका कारण रोग नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। बुटवल–११ की नाम परिवर्तन गरिएको गीता भण्डारी सुकुम्बासी टोलमा बस्छिन्। सामान्य गृहिणी गीता २ छोराछोरीकी आमा हुन्। बिहानै उठेर घरधन्दा सबै सम्हाल्ने उनको दैनिकी थियो। केही महिना अघि उनी एक्कासि ज्वरोले थलिएपछि शरीर कमजोर हुँदै गयो, खानामा मन लागेन, रातभर खोकीले सुत्नै सकिनन्। सुरुमा उनले ‘साधारण रुघा(खोकी हो’ भनेर बेवास्ता गरिन्। समाजको डरले बिरामी भएको…
स्वास्थ्यमा बुटवल: दुई नगरअस्पताल संञ्चालन देखि जेष्ठ नागरिकसम्म
स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत रहने अनुमान रहने वताउनु भयो । बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेश गरेको छ। बुटवललाई आगामी आर्थिक वर्ष २०८२/८३मा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ। यस्तै जेष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा र्पुयाउने कार्यक्रम बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९०…
तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा ९९ करोड ४२ लाखको बजेट विनियोजन
स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालु तर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात ४४ दशमलव १७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैंयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत हुने…
स्वास्थ्य सेवा घरआँगनमै: बुटवलमा स्वयंसेविकाको अमूल्य योगदान
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १५ की कमला नेपाल स्वाथ्य स्वयम सेविका हुन । लामो समय देखि स्वास्थ्य स्वयम सेविकाको रुपमा काम गर्दै आएकी नेपालले स्थानीयहरुको घर दैलोमा सेवा प्रवाह गर्दै आएकी छिन् । घर छिमेकीहरुले सर सल्लाह लिनु पर्दा होस् वा महिला स्वाथ्य समस्या बारेमा उनले परमार्स प्रदान गर्दै आएकी छिन् ।यसको अलवा वेला बेलामा हुने खोप अभियान, नियमित खोप अभियान, कुपोषण, पोषणको अवस्था बारेमा जानकारी लिने लगायतका समुदायिक सर्वेक्षणमा समेत उनले सधै सहयोग गर्दै आएकी छिन् । उनले नगरपालिकाले बेला बेलामा प्रोत्साहान गर्दै आएपनि सोही अनुसार काम भने नपाएको…
बुटवलमा स्वास्थ्यको नयाँ बाटो: पहुँच नपुगेकालाई शिविरमार्फत सेवा
बुटवल उपमहानगरपालिकाले स्वाथ्य क्षेत्रलाई प्रथामिकताका गर्दै टोल टोलमा पुगेर स्वाथ्य शिविर आयोजना गर्दै आएको छ । खासगरी स्वाथ्य संस्थामा सहज पहुँच नभएका व्यक्तिहरुलाई उनिहरुलाई सहज रुपमा स्वाथ्य सेवा पहुँच नपुगेका मानिसहरुलाई सहज रुपमा सेवा प्रवाह गर्नको लागि टोल टोलमा स्वाथ्य शिविर आयोजना गरिएको हो । केही समय पहिला बुटवलमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, पाठेघर खसेको तथा तल्लो पेटको समस्याको उपचार लगायतका बिबिध प्रजनन् सेवाहरु निशुल्क रुपमा बिभिन्न वडाहरुमा शिविर सञ्चालन गरेको थियो । ३ सय ३२ जनाले वडा नम्बर ३ र वडा नम्बर ७ मा सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख…
महिला स्वास्थ्यमा अग्रणी बुटवल : निःशुल्क परीक्षणदेखि पोषण भत्तासम्म
स्वास्थ्यसमाचार/ महिलाहरुमा हुने संभावित जोखिम, रोग जन्य उपचारमा बुटवल उपमहानगरपालिकाले विशेष अभियान चलाएको छ । खासगरी रोगलागेर उपचार गर्न भन्दा पहिला रोग लाग्न नै नदिने गरी योजना बनाएर बुटवल उपमहानगरपालिकाले लागेको हो । महिलाहरुमा हुने संभावित जोखिमहरु क्यान्सर जन्य रोगको पहिला नै पहिचान गरी सोही अनुसार उपचार गरेर रोग लाग्नबाट जोगाउन सकिने गरी बुटवल उपमहानगरपालिकाले योजनाबद्ध रुपमा स्वाथ्य जन्य क्रियाकलाप गर्दै आएको छ बुटवल उपमहानगरपालिका स्वाथ्य शाखाले महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र आङ खस्ने समस्यासम्बन्धी समस्याको निःशुल्क रुपमा स्वाथ्य शिविर मुफ्त उपचार गर्दै आएको हो । बुटवल उपमहानगरपालिका…
महिलाको स्वास्थ्य सशक्तिकरणमा बुटवलको घरदैलो अभियान
स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।मेडिकल उपचारको लागि स्वाथ्य संस्थामा घण्टौ लाईन लाग्नुपर्ने बाध्याता यो कार्यक्रमले अन्त्य गरेको छ । घर घर मा नै स्थानीयहरुले उपचार पाईरहेका छन् । केही समय पहिला बुटवल–१२ तामनगर प्रगति टोलकी एक सय १० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईको घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवद्र्धक सामग्री दिएर अभियानको सुरुआत गरे।ज्येष्ठ नागरिक बरईको लुम्बिनी…
बुटवलमा स्वाथ्य सेवाःगर्भवती महिलालाई भिडियो एक्सरे सेवा निःशुल्क
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १० सुख्खनगरक अस्मिता सिंह(नाम परिर्वतन) लामो समय देखि तल्लो पेट दुख्ने समस्याबाट प्रभावित थिईन् ।नजिकै रहेको स्वाथ्य संस्थामा समेत जान लाज लागेर उनले रोग लुकाउँदै आएकी थिईन् । तर केही समय पहिला महिला स्वाथ्य स्वयंसेविकाको बाट सल्लाह लिएपछि उनि केही समय पहिला आम्दा अस्पतालमा आयोजना भएको स्वाथ्य परिक्षण शिविरमा सहभागी भइन्, त्यहाँ उनको पाठेघरको क्यानसको पनि परिक्षण गरियो, कुनै समस्या थिएन् । उनले तल्लो पेट दुग्ने समस्या, सेतो पानी बग्ने समस्या रहेको पत्ता लाग्यो, चिकित्सकले चेक गरेर औषधी दिएपनि उनको समस्या निको भयो, यसले उनीलाई अव…



