स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले लुम्बिनी प्रादेशिक अस्पतालले नगर सरकारसँग असहयोग गर्दै आएको गुनासो गर्नुभएको छ। बुटवलमा आयोजित गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको १३औँ वार्षिक साधारण सभामा बोल्दै नगरप्रमुख पाण्डेले प्रादेशिक अस्पतालको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो। नगरप्रमुख पाण्डेले लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुलाई सम्बोधन गर्दै नगरपालिकाको स्वामित्वमा रहेको आम्दा अस्पतालबाट ओजेटी (OJT) गर्न आएका विद्यार्थीलाई प्रादेशिक अस्पतालले ओजेटी गर्न नदिएको गुनासो गर्नुभयो। यसका साथै अन्य स्वास्थ्य क्षेत्रहरूमा समेत प्रादेशिक अस्पतालले सहकार्य नगरेको उहाँको भनाइ थियो। नगरप्रमुख पाण्डेले बुटवलमा रहेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालासँग सहकार्य गर्न खोजिएको जानकारी दिँदै उपमहानगरपालिकाले स्वास्थ्य…
बुटवल उपमहानगरपालिका
बुटवलमा अत्यधिक चिसोका कारण विद्यालय तीन दिन बन्द घोषणा
स्वास्थ्यसमाचार/ पछिल्लो केही दिनदेखि अत्यधिक चिसो र शीतलहर बढ्दै गएपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै उपमहानगरपालिकाले पुस ११, १२ र १३ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ।उपमहानगर पालिकाका अनुसार अत्यधिक चिसोका कारण विद्यार्थीहरूमा स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानीस्वरूप विद्यालय बन्द गर्ने निर्णय गरिएको हो। बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयद्वारा जारी सूचनामा वार्षिक विदाबाट कट्टी हुने गरी विद्यालय बन्द गर्न अनुरोध गरिएको छ। नगरपालिकाले सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ। चिसोको असर…
बुटवल :स्वास्थ्य पूर्वाधार, जनशक्ति र सेवा विस्तारमा अब्बल
स्वास्थ्यसमाचार/ पछिल्लो समयमा स्वाथ्य र शिक्षा क्षेत्रको हव बन्दै गएको बुटवलले स्वाथ्य पुर्वाधार विकासमा जोड दिएको छ । बुटवलमा संघीय सरकार, प्रदेश सरकारबाट सरकारी स्तरका हस्पिटल साथै निजी क्षेत्रले पनि स्वाथ्य क्षेत्रका पुर्वाधार विकासमा जोड दिईरहेको बेला बुटवल उपमहानरपालिकाले पनि स्वाथ्य क्षेत्रमा उल्लेखनीय सुधार गरेको छ । आफ्नै १०/१० बेडका दुई वटा अस्पताल सञ्चालन गर्ने तयारी गरेको बुटवलले स्वाथ्य क्षेत्रका सेवा विस्तारमा पनि जोड दिएको छ ।नेपालको संविधान, २०७२ ले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवाको पहुँच, पूर्वाधार विस्तार र जनशक्ति व्यवस्थापनमा बुटवल उपमहानगरपालिका…
बुटवलमा स्वास्थ्य सेवा र चेतनाको पहुँच विस्तार
स्वास्थ्यसमाचार/ बुटवलमा महिला स्वास्थ्य सुधारका लागि स्थानीय सरकारको अग्रसरता उल्लेखनीय बन्दै गएको छ। विशेषगरी “महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम” मार्फत समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सुधार आएको हो। वि सं २०४५ सालदेखि सञ्चालनमा आएको यो कार्यक्रम निःशुल्क, निस्वार्थ र समर्पित सेवाका रूपमा देशभर महिला स्वास्थ्यकेन्द्रमार्फत सञ्चालित हुँदै आएको छ। शहरी तथा ग्रामीण क्षेत्रमा रहेका महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सुरु गरिएको कार्यक्रम हाल जनस्वास्थ्य सेवाको नमुना उदाहरणका रूपमा स्थापित भइसकेको छ। बुटवलमा मात्रै करिब १७६ बढी महिला स्वास्थ्य स्वयंसेवककाहरू सक्रिय छन्। यी महिलाहरूले गर्भवती, सुत्केरी, नवजात शिशु, किशोरी…
बुटवलको वैकल्पिक उपचार : दीर्घरोगीका लागि राहतको आशा
स्वास्थ्यसमाचार/गीता थापालाई दस वर्षअघि देखिनै कब्जियत, ग्यास्ट्रिक र वाथको समस्या थियो। औषधि खाएपछि केही दिन ठिक लाग्थ्यो, फेरि समस्या दोहोरिन्थ्यो । निजी क्लिनिक धाउँदा–धाउँदै थाकिसकेकी थापाले अब त शरीरको भाग्य यही हो भनेर स्वीकार्नै थालिसकेकी थिइन् । तर, दुई वर्षअघि छिमेकीले भने, “गीता दिदी, बुटवल–१२ मा अहिले आयुर्वेद औषधि निःशुल्क पाइन्छ रे। गएर हेर्नुस त।” त्यसपछि उनी पहिलोपटक शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पुगिन्। त्यहाँ आयुर्वेद शाखाका कबिराज यमलाल भुसालले उनलाई स्वधेन सेवा, त्रिफला चूर्ण र सताबरी प्रयोग गर्न सुझाए । ‘अब नियमित रूपमा मासिक चेकजाँच गर्न जान्छु,” गीता थापा भन्छिन्,…
स्वास्थ्यमा बुटवलः सेवा प्रवाह र जनशक्ति उत्पादनमा अब्बल बन्दै
स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवल उपमहानगरपालिका पछिल्लो केही वर्षयता स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्यकर्मी उत्पादन दुवैमा उल्लेखनीय प्रगति गर्दै आएको छ। एउटै सहरभित्र सरकारी, निजी र सामुदायिक गरी तीनवटै खालका अस्पतालहरूको सन्तुलन, दक्ष जनशक्तिको उपस्थिति, र सेवा पहुँचको विस्तारले बुटवललाई प्रदेशको स्वास्थ्य केन्द्रको रुपमा स्थापित गराउँदै लगेको छ । विगतमा काठमाण्डौ वा भारत पुग्नुपर्ने बाध्यता हटाउँदै बुटवलका अस्पतालहरूले अहिले सामान्यदेखि जटिल सम्मका उपचार सेवा दिन थालेका छन्। लुम्बिनी प्रादेशिक अस्पताल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा), तिलोत्तमा अस्पताल, चौराहा अस्पताल, साझा अस्पताल जस्ता स्वास्थ्य संस्थाहरूले दैनिक हजारौं बिरामीलाई सेवा…
बुटवलमा क्षयरोग स्क्रिनिङमा महिलाको सक्रियता, नियन्त्रणमा चुनौती
स्वास्थ्यसमाचार / बुटवलमा क्षयरोग (टीबी) नियन्त्रण अभियानअन्तर्गत स्क्रिनिङ कार्यक्रममा महिलाहरूको सहभागिता उल्लेखनीय देखिएको छ। तर, लक्षण लुकाउने, नियमित औषधी नखाने र समाजको डरले उपचारबाट टाढिन खोज्ने प्रवृत्तिका कारण रोग नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्यकर्मीहरूको भनाइ छ। बुटवल–११ की नाम परिवर्तन गरिएको गीता भण्डारी सुकुम्बासी टोलमा बस्छिन्। सामान्य गृहिणी गीता २ छोराछोरीकी आमा हुन्। बिहानै उठेर घरधन्दा सबै सम्हाल्ने उनको दैनिकी थियो। केही महिना अघि उनी एक्कासि ज्वरोले थलिएपछि शरीर कमजोर हुँदै गयो, खानामा मन लागेन, रातभर खोकीले सुत्नै सकिनन्। सुरुमा उनले ‘साधारण रुघा(खोकी हो’ भनेर बेवास्ता गरिन्। समाजको डरले बिरामी भएको…
स्वास्थ्यमा बुटवल: दुई नगरअस्पताल संञ्चालन देखि जेष्ठ नागरिकसम्म
स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। सोमबार नगर सभाको सत्रौं अधिवेशनको तेश्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूजीगततर्फ ५१ प्रतिशत रहने अनुमान रहने वताउनु भयो । बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेश गरेको छ। बुटवललाई आगामी आर्थिक वर्ष २०८२/८३मा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ। यस्तै जेष्ठ नागरिक र असहायहरुलाई घरदैलोमा स्वास्थ्य सेवा र्पुयाउने कार्यक्रम बाआमासँग नगर प्रमुख कार्यक्रम सञ्चालनका लागि ९०…
स्वास्थ्य सेवा घरआँगनमै: बुटवलमा स्वयंसेविकाको अमूल्य योगदान
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १५ की कमला नेपाल स्वाथ्य स्वयम सेविका हुन । लामो समय देखि स्वास्थ्य स्वयम सेविकाको रुपमा काम गर्दै आएकी नेपालले स्थानीयहरुको घर दैलोमा सेवा प्रवाह गर्दै आएकी छिन् । घर छिमेकीहरुले सर सल्लाह लिनु पर्दा होस् वा महिला स्वाथ्य समस्या बारेमा उनले परमार्स प्रदान गर्दै आएकी छिन् ।यसको अलवा वेला बेलामा हुने खोप अभियान, नियमित खोप अभियान, कुपोषण, पोषणको अवस्था बारेमा जानकारी लिने लगायतका समुदायिक सर्वेक्षणमा समेत उनले सधै सहयोग गर्दै आएकी छिन् । उनले नगरपालिकाले बेला बेलामा प्रोत्साहान गर्दै आएपनि सोही अनुसार काम भने नपाएको…
बुटवलमा स्वास्थ्यको नयाँ बाटो: पहुँच नपुगेकालाई शिविरमार्फत सेवा
बुटवल उपमहानगरपालिकाले स्वाथ्य क्षेत्रलाई प्रथामिकताका गर्दै टोल टोलमा पुगेर स्वाथ्य शिविर आयोजना गर्दै आएको छ । खासगरी स्वाथ्य संस्थामा सहज पहुँच नभएका व्यक्तिहरुलाई उनिहरुलाई सहज रुपमा स्वाथ्य सेवा पहुँच नपुगेका मानिसहरुलाई सहज रुपमा सेवा प्रवाह गर्नको लागि टोल टोलमा स्वाथ्य शिविर आयोजना गरिएको हो । केही समय पहिला बुटवलमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, पाठेघर खसेको तथा तल्लो पेटको समस्याको उपचार लगायतका बिबिध प्रजनन् सेवाहरु निशुल्क रुपमा बिभिन्न वडाहरुमा शिविर सञ्चालन गरेको थियो । ३ सय ३२ जनाले वडा नम्बर ३ र वडा नम्बर ७ मा सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख…
