फोहोरलाई मोहर बनाउन घरघरमा अभियान : बुटवलमा तीन तहमा फोहोर छुट्याउने कार्यक्रम सुरु

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई आधुनिक र दिगो बनाउने उद्देश्यसहित वडा नं. ७ र ८ मा घरदैलो अभियान सुरु गरेको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम (UNDP) नेपालको सहयोग तथा फोहोर सरसफाइ सहकारी संस्थाको आयोजनामा सुरु गरिएको अभियानमार्फत घरमै तीन तहमा फोहोर छुट्याउने अभ्यासलाई प्रोत्साहन गरिएको हो । अभियानअन्तर्गत कुहिने, नकुहिने र पुनः प्रयोग गर्न सकिने फोहोर छुट्याएर व्यवस्थापन गर्ने विषयमा घरघरमा पुगेर जनचेतना फैलाइँदैछ । कार्यक्रममा प्लास्टिकका झोला गल्न करिब ३० वर्ष, पानीको बोतल गल्न ५०० वर्ष तथा सेनेटरी प्याड गल्न ६०० वर्षसम्म लाग्ने भएकाले फोहोरको सही व्यवस्थापन अपरिहार्य…

बुटवलमा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण हुने, उपमहानगर र प्रदेश जनस्वास्थ्य प्रयोगशालाबीच सम्झौता

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिका र प्रदेश जनस्वास्थ्य प्रयोगशाला, तामनगरबीच ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ। “प्रदेश जनस्वास्थ्य प्रयोगशाला निदानात्मक परीक्षण सेवा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८०” अनुसार सेवा सञ्चालन हुने गरी दुवै पक्षबीच सहमति भएको हो। सम्झौताअनुसार बुटवल उपमहानगरपालिकाले प्रत्येक वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणका लागि नमूना संकलनको व्यवस्था गर्नेछ। त्यसका लागि आवश्यक सामग्री पनि उपमहानगरपालिकाले नै उपलब्ध गराउनेछ। अर्कोतर्फ प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दक्ष जनशक्ति खटाई नमूना संकलन, ढुवानी तथा परीक्षणको सम्पूर्ण जिम्मेवारी लिनेछ। प्रयोगशालाले संकलित नमूनाहरू समयमै परीक्षण गरी नतिजा विद्युतीय प्रणालीमार्फत सम्बन्धित ज्येष्ठ नागरिकलाई…

बुटवल–१६ मा आधारभूत स्वास्थ्य केन्द्रको भवन नगर प्रमुखद्धारा उद्घाटन

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिका वडा नम्बर १६ मा नयाँ आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न गरी आजबाट सेवा सुरु गरिएको छ। भवन उद्घाटन उपमहानगर प्रमुख खेलराज पाण्डेयले गर्नुभएको छ। नयाँ भवन उद्घाटनको अवसरमा एकीकृत प्रजनन स्वास्थ्य शिविर पनि सञ्चालन गरिएको थियो। शिविर विशेषगरी ३०–५० वर्ष उमेर समूहका महिलालाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान, रोकथाम, तथा उपचारमा केन्द्रित थियो। ख्क्ष्ब् परीक्षणसँगै थर्मोकोएगुलेसन विधिबाट उपचार सेवा प्रदान गरिएको थियो। शिविर नेपाल परिवार नियोजन संघ–बुटवल शाखा, लायन्स क्लब अफ बुटवल, र बुटवल उपमहानगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो। जोखिममा देखिएका महिलालाई तुरुन्त…

बुटवलमा एकीकृत प्रजनन स्वास्थ्य शिविर, क्यान्सर रोकथाममा थर्मोकोएगुलेसन सेवा

स्वास्थ्यसमाचार/ बुटबल उपमहानगरपालिका १६ मा एकीकृत प्रजनन स्वास्थ्य (SRH) शिविर सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक अवस्था पहिचान तथा रोकथाममा केन्द्रित उक्त शिविरमा VIA परीक्षणसँगै थर्मोकोएगुलेसन विधिबाट उपचार सेवा प्रदान गरिएको थियो। बुटवल उपमहानगरपालिका को सहकार्य ,नेपाल परिवार नियोजन संघ (FPAN) बुटवल शाखा, तथा लायन्स क्लब अफ बुटवल को सहकार्यमा आयोजना गरिएको शिविर हो। शिविरमा विशेषगरी ३० देखि ५० वर्ष उमेर समूहका महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको शिविरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण, रोकथाम, आङ खस्ने समस्याको परीक्षण तथा उपचार लगायत प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न सेवा प्रदान गरिएको आयोजकले जनाएको…

बुटवलमा फोहोरबाट इँटा उत्पादन, सरसफाइ अभियानमा नयाँ शुरुवात

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा फोहोर व्यवस्थापनको नयाँ पहल सुरु भएको छ। बुटवल उपमहानगरपालिका, UNDP नेपाल, Coca-Cola Foundation, वडा नं. ७ र ८ तथा सरसफाइसँग सम्बन्धित सहकारीहरूको संयुक्त आयोजनामा वडा नं. ७ शिवनगरमा फोहोर प्रशोधन गरी इँटा उत्पादन गर्ने काम सुरु भएको हो। यस पहलले फोहोर व्यवस्थापनमा प्रविधिको प्रयोग गर्दै वातावरण संरक्षण र स्थानीय रोजगारी दुवैमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ। स्थानीय स्तरमै फोहोरलाई वर्गिकरण गरेर पुनःप्रयोग र आयआर्जनका अवसर सिर्जना गर्ने योजना अगाडि बढाइएको छ। कार्यक्रम बुटवल उपमहानगरपालिकाको संयोजनमा आयोजना गरिएको थियो। उपप्रमुख सावित्रा अर्यालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् भने…

“बुटवलको स्वास्थ्य क्रान्ति: घरदैलो सेवा देखि विशेषज्ञ उपचारसम्म”

बुटवल उपमहानगरपालिका पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवा सुधार, पूर्वाधार विकास र डिजिटल प्रणालीको प्रयोगमार्फत एक नमुना स्थानीय तहका रूपमा आफुलाई स्थापित गर्दै अगाडी बढेको छ । नागरिकलाई घरदैलोसम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने लक्ष्यसहित अघि बढेको नगरले मातृ–शिशु स्वास्थ्यदेखि लिएर नसर्ने रोग नियन्त्रण, सामुदायिक सहभागिता र संस्थागत समन्वय सम्मका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । नगर प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा अघि बढिरहेको स्वास्थ्य सुधार अभियानले बुटवललाई नेपालको एक नमुना स्वास्थ्य प्रणाली भएको शहरका रूपमा स्थापित गर्ने आधार तयार गरेको छ ।यदि यी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन भए भने, बुटवलले भविष्यमा स्थानीय…

बुटवलको ६७औ स्थापना दिवस ,स्वास्थ्यमा : विकास देखि सेवासम्म

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र सेवा विस्तार गर्दै नागरिकको जीवनस्तर उकास्ने काममा तीव्र गति लिएको छ। नगर प्रमुख खेलराज पाण्डेयले ६७औँ स्थापना दिवसको अवसरमा प्रस्तुत गरेका विवरण अनुसार, स्वास्थ्य सेवा, खोप अभियान, पोषण कार्यक्रम र अस्पताल विकास तिब्र रुपमा संञ्चालन भएका छन ।  पाण्डेयले कार्यक्रम र उपलब्धीहरू यसरी प्रस्तुत गरेका छन्।” जेष्ठ नागरिकको स्वास्थ्य सेवा नगरपालिकाले “बा-आमासँग नगर प्रमुख स्वास्थ्य जाँच उपचार कार्यक्रम” अन्तर्गत १९ वटा वडामा ६,४६० जना ६० वर्षमाथिका जेष्ठ नागरिक लाई स्वास्थ्य सेवा प्रदान गरेको छ। नगर प्रमुख पाण्डेयका अनुसार, जेष्ठ नागरिकलाई वर्षमा तीन…

गर्भजाँच–खोप सहित १७ सूचक मूल्यांकनमा बुटवल उपमहानगर उत्कृष्ट

स्वास्थ्यसमाचार/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा स्वास्थ्य सूचकतर्फ बुटवल उपमहानगरपालिका अग्रस्थानमा देखिएको छ भने इटहरी सबैभन्दा पछाडि परेको छ। आयोगले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार बुटवलले समग्र मूल्यांकनमा ६४.४४ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको छ। इटहरी उपमहानगरपालिका भने ३८.९६ अंकसहित सबैभन्दा कमजोर देखिएको छ। मूल्यांकनमा स्वास्थ्यसँग सम्बन्धित सूचकहरूलाई पनि महत्त्व दिइएको थियो। गर्भवती महिलाले नियमित गर्भजाँच (एएनसी) सेवा लिएको अनुपात र खोप लगाइएका बालबालिकाको प्रतिशतलाई मुख्य स्वास्थ्य सूचकका रूपमा समावेश गरिएको थियो। यी सूचकले मातृ तथा शिशु स्वास्थ्य सेवाको पहुँच र प्रभावकारिता…

अपांगता तथा स्वास्थ्य संस्थासम्म पुग्न असमर्थ किशोरीलाई घरमै खोप

स्वास्थ्यसमाचार/ महिलामा देखिने पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाले एचपिभी (HPV) खोप अभियान सञ्चालन गरेको छ। उपमहानगरभित्रका ७१ वटा विद्यालय र १८ वटा सहरी स्वास्थ्य केन्द्रमार्फत किशोरीहरूलाई लक्षित गरी खोप सेवा प्रदान गरिएको छ। बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कल्पना भुसालका अनुसार २०८२ माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने अभियानअन्तर्गत २ हजार २५० जना किशोरीलाई खोप लगाउने लक्ष्य राखिएको छ। हालसम्म १ हजार ७३२ जना किशोरीलाई खोप लगाइसकिएको उहाँले जानकारी दिनुभयो। अभियानका क्रममा अपांगता भएका तथा स्वास्थ्य संस्थासम्म पुग्न असमर्थ किशोरीहरूलाई घरदैलोमै पुगेर खोप सेवा प्रदान गरिएको छ।…

बुटवलमा ३ दिनमै एचपीभि खोपको ८०% लक्ष्य पूरा, फागुन १ सम्म अभियान

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकामा पाठेघरको मुखको क्यान्सर रोकथामका लागि सञ्चालन गरिएको एचपीभी (HPV) खोप अभियानमा उत्साहजनक प्रगति देखिएको छ। स्वास्थ्य शाखाका अनुसार कुल २ हजार २५० जनालाई खोप लगाउने लक्ष्य राखिएको अभियानमा हालसम्म करिब ८० प्रतिशत उपलब्धि हासिल भएको छ। उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयका अनुसार माघ २५ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन भइरहेको अभियानअन्तर्गत विद्यालय बाहिर रहेका तथा समुदायमा रहेका लक्षित किशोरीलाई प्राथमिकताका साथ खोप लगाइएको हो। उहाँले छोटो समयमै ८० प्रतिशत लक्ष्य हासिल हुनु सकारात्मक  भएको बताउनुभयो। स्वास्थ्य शाखाकी जनस्वास्थ्य अधिकृत कल्पना भुसालका अनुसार गत वर्ष बुटवल उपमहानगरपालिकामा…