तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा ९९ करोड ४२ लाखको बजेट विनियोजन

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालु तर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात ४४ दशमलव १७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैंयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत हुने…

‘आमा नै घरको प्रथम चिकित्सक’ अभियानमार्फत योग, ध्यान र भान्सा सुधारमा तिलोत्तमाको ध्यान

स्वास्थ्यसमाचार/ रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख ९मेयर० रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयंसेविकाको अनिवार्य अवकाश हुँदा सम्मानस्वरूप ५० हजार उपलब्ध गराउने, अटिजम भएका बालबालिका, सुस्त श्रवण तथा न्यून दृष्टि भएका बालबालिकाको पहिचान तथा व्यवस्थापन, सिकलसेल एनिमिया, थालेसिमिया रोगका बिरामीको पहिचान तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिने, ‘आमा नै घरको प्रथम चिकित्सक’ कार्यक्रमअन्तर्गत नगरबासीमा बढ्दो नसर्ने रोगको प्रकोप न्यूनीकरण…

तिलोत्तमाको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि, युवा र पूर्वाधार प्राथमिकतामा

स्वास्थ्यसमाचार/रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख (मेयर) रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा युवालाई विशेष प्राथमिकतामा राखिएको छ । ‘युवाका लागि नगर, नगरका लागि युवा’, कार्यक्रमका साथै युवालाई उद्यमशीलतामा जोड्न युवाले सञ्चालन गर्ने व्यवसाय दर्तामा निश्चित प्रतिशत छुट दिने, ‘दक्ष जनशक्ति : तिलोत्तमाको सम्पत्ति’ अन्तर्गत तिलोत्तमा नगरपालिका युवाहरूलाई राज्यले प्रदान गर्ने विभिन्न अवसरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउन युवाहरूलाई विशेष तालिम…