रुपन्देहीमा रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान कार्यक्रम, २५७ युनिट रगत संकलन

स्वास्थ्यसमाचारडटकम । बुटवल । रुपन्देहीका विभिन्न पालिकामा रुद्रगढ धार्मिक संस्थाको आयोजनामा सञ्चालन गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विभिन्न पाँच स्थानमा आयोजित कार्यक्रमबाट २५७ युनिट रगत संकलन गरिएको छ। संस्थाले बुटवलस्थित बुटवल रेडक्रस, तिलोत्तमाको शंकरनगरस्थित पीडी बेकरी, भैरहवास्थित ग्लास गो थकाली रेस्टुरेन्ट एन्ड क्याफे, लुम्बिनीस्थित होटल पीसल्याण्ड तथा शुद्धोधन गाउँपालिकास्थित शियाभार मन्दिरमा रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। कार्यक्रमबाट संकलित रगतले रगतको अभावमा रहेका बिरामीको उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। रक्तदान जीवनरक्षासँग जोडिएको महत्वपूर्ण मानवीय सेवा भएकाले यस्ता कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याउने विश्वास गरिएको छ। रुद्रगढ धार्मिक संस्थाले…

सुलभ फार्मेसीमा अवरोध गर्नेलाई कारबाही गर्ने तिलोत्तमाको चेतावनी

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र बुष्ट प्रालिद्धारा सञ्चालित ‘सुलभ फार्मेसी’ को सञ्चालनमा अवरोध पुर्‍याउने, औषधि आपूर्तिमा बाधा सिर्जना गर्ने र भ्रमपूर्ण प्रचारप्रसार गर्नेहरूका विरुद्ध कडा कदम चालिने चेतावनी दिएको छ। नगरपालिकाले एक प्रेस विज्ञप्ति जारी गर्दै केही सीमित व्यवसायी र बिचौलियाहरूको निहित स्वार्थका लागि नागरिकको स्वास्थ्यमा खेलवाड गर्ने प्रवृत्ति सह्य नहुने स्पष्ट पारेको छ। नगरप्रमुख सुलभ फार्मेसीमा अवरोध गर्नेलाई कारबाही गर्ने तिलोत्तमाको चेतावनीरामकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा नेपाल औषधि व्यवसायी संघ रूपन्देही शाखाको सातौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनका क्रममा नगरप्रमुखलाई जोडेर गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। संघका…

तिलोत्तमाको सुलभ फार्मेसीले कसरी बदल्यो स्थानीय स्वास्थ्य शासन ?

स्वास्थ्यसमाचार/स्थानीय सरकारको सफलताको मापन केबाट हुन्छ ? सडकको लम्बाइले, भवनको उचाइले, बजेट खर्चको प्रतिशतले वा नागरिकले प्रत्यक्ष पाएको सेवाले ? नेपालमा अधिकांश स्थानीय तहको विकासको बहस अझै भौतिक पूर्वाधारमै केन्द्रित छ। तर पछिल्ला वर्षहरूमा केही स्थानीय तहले सेवा प्रवाहको गुणस्तरलाई प्राथमिकतामा राख्दै शासनको नयाँ अभ्यास सुरु गरेका छन्। त्यसमध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिकाले स्वास्थ्य क्षेत्रमा अघि सारेको एउटा महत्त्वपूर्ण निर्णयले स्थानीय सरकारको भूमिकालाई नयाँ ढंगले परिभाषित गरेको छ। नगरपालिकाले ‘सुलभ फार्मेसी सञ्चालन सम्बन्धी निर्देशिका, २०८२’ जारी गरी नागरिकलाई सुपथ मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउने व्यवस्था गरेको छ। रुपन्देहीको तिलोत्तमा-५, मणिग्राम चोकदेखि…

सुलभ फार्मेसी : तिलोत्तमा नगरवासीलाई राहत, स्थानीय औषधी व्यवसायीलाई तनाव

स्वास्थ्यसमाचार: तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको ‘सुलभ फार्मेसी’लाई लिएर नगरभित्रका औषधि व्यवसायीहरूले विरोध जनाएका छन्। नगरपालिकाले वार्षिक करिब २ लाख ५० हजार रुपैयाँ घरभाडा व्यहोर्ने तथा फार्मेसीमार्फत नगरवासीलाई औषधि खरिदमा २५ प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था गरेपछि स्थानीय औषधि व्यवसायीहरूले यसको विरोध गर्नुका साथै नगरपालिकामा डेलिगेसनसमेत गएका छन्। नगरपालिकाले यसलाई नागरिकको स्वास्थ्य सुरक्षासँग जोडिएको सामाजिक उत्तरदायित्वको कार्यक्रम भनेको छ भने व्यवसायीहरूले यसले बजारमा असमान प्रतिस्पर्धा सिर्जना गरेको आरोप लगाएका छन्। उनीहरूले यस्तो सहुलियतले निजी औषधि पसलहरूलाई प्रतिस्पर्धामा टिक्न कठिन बनाएको दाबी गरेका छन् भने नगरपालिकाले यो कार्यक्रम पूर्ण रूपमा नागरिक हितका…

तिलोत्तमामा हुक्का र भेपको बिक्री–वितरण तथा सेवनमा पूर्ण रोक

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिकाले आफ्नो क्षेत्रभित्र हुक्का र भेप (Vape) को प्रयोगमा कडाइ गर्दै नयाँ प्रतिबन्ध लागू गरेको छ। बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका निर्माण गर्ने लक्ष्यअनुसार यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार होटल, रेस्टुरेन्ट, चिया पसल र क्याफेहरूमा खुला रूपमा हुक्का र भेपको प्रयोग हुँदा बालबालिका तथा किशोर–किशोरीको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यमा नकारात्मक असर परेको पाइएको छ। त्यसैगरी, शैक्षिक संस्थाको पोसाकमै विद्यार्थीहरूले यस्ता पदार्थ सेवन गरेको भेटिएपछि दुर्व्यसनी नियन्त्रणका लागि कडाइ गर्नुपरेको नगरपालिकाको भनाइ छ। १८ वर्ष मुनिका बालबालिकालाई हुक्का तथा भेप बिक्री वितरण गर्न र सेवन गराउन…

तिलोत्तमामा गर्भवती र सुत्केरीका लागि निःशुल्क, अन्यका लागि आधा शुल्कमै भिडियो एक्स–रे

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका–१०, सेमरा बजार हेल्थपोष्टमा सञ्चालित भिडियो एक्स–रे सेवाबाट चालु आर्थिक वर्ष २०८१/८२ मा कुल ५सय२५ जना सेवाग्राहीले सेवा लिएका छन । स्वास्थ्य संस्था प्रमुख जनस्वास्थ्य अधिकृत कमल पान्डेयका अनुसार गर्भवती महिलालाई गर्भावस्थामा ३ पटकसम्म र सुत्केरी अवस्थामा १ पटकसम्म पूर्ण निःशुल्क भिडियो एक्स–रे सेवा उपलब्ध गराइँदै आएको वताउनु भयो। उहाले यस बाहेकका सेवाग्राहीलाई भने ६५० रुपैयाँ शुल्कमा सेवा दिइँदै आएको वताउनु भयो। “निजी क्षेत्रको भन्दा झन्डै आधा शुल्कमा गुणस्तरीय सेवा दिईएको ” पान्डेयले वताउनु भयो। पान्डेले यो सेवा रेडीयोलोजिष्ट डाक्टरबाट दिईने गरेको समेत बताउनु भयो ।स्थानिय हरिकला चौधरीले…

तिलोत्तमामा १४८ औं नगर सरसफाई अभियान : स्वास्थ्य र स्वच्छतामै समृद्ध समाजको आधार : मेयर खाँण

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिका द्वारा सञ्चालन भइरहेको नियमित नगर सरसफाई तथा हरियाली प्रवद्र्धन अभियानको १४८ औं श्रृङ्खला भाद्र १ गते वडा नं. ३ को ड्राइभरटोलमा भव्य जनसहभागिताका साथ सम्पन्न भएको छ। तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँण कार्यक्रमका प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै खाँणले स्वास्थ्य र स्वच्छ वातावरणकै आधारमा समृद्ध समाज निर्माण सम्भव हुने बताउँदै नगर सरसफाई अभियानलाई अझ प्रभावकारी बनाउन नगरबासीको सक्रिय सहभागिता आवश्यक रहेको वताउनु भयो । उहाले तिलोत्तमा नगरलाई हरित, स्वच्छ र स्वास्थ्यमैत्री बनाउन सबैको पहल निरन्तआबश्यक रहेको समेत बताउनु भयो । वडा नं. ३ का अध्यक्ष कल्याण पौडेलले…

तिलोत्तमामा अब डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ पढाई हुने

स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी ) ले तिलोत्तमा नगरपालिकालाई डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनका लागि पूर्वाधार निर्माण गर्न अनुमति दिएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षको बजेटमा पूर्वाधार निर्माण गर्न २५ लाख बजेट विनियोजन गरिसकेको छ । सिटिइभिटीले तिलोत्तमा नगरपालिका आफैंले सञ्चालन गर्नेगरी डिप्लोमा इन फार्मेसी र पिसिएल नर्सिङ कार्यक्रमका लागि ४०/ ४० जनाको कोटा समेत निर्धारण गरेको छ । सिटिइभिटीको पत्र प्राप्त भएसँगै अब पूर्वाधार निर्माण र अस्पतालसँग सम्झौता गरेर कार्यक्रम सञ्चालन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।तिलोत्तमाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल…

तिलोत्तमाको स्वास्थ्य क्षेत्रमा ९९ करोड ४२ लाखको बजेट विनियोजन

स्वास्थ्यसमाचार / तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि २ अर्ब ९२ करोड ९३ लाख ७१ हजार ५ सय ८२ रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले सोमबार दोस्रो नगरसभाको सातौं अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्नुभएको हो । बजेटमा चालु तर्फ १ अर्ब २९ करोड ४० लाख ७२ हजार अर्थात ४४ दशमलव १७ प्रतिशत र पूँजीगत तर्फ १ अर्ब ६३ करोड ५२ लाख ९९ हजार ५ सय ८२ रुपैंयाँ अर्थात् ५५ दशमलव ८३ प्रतिशत हुने…

‘आमा नै घरको प्रथम चिकित्सक’ अभियानमार्फत योग, ध्यान र भान्सा सुधारमा तिलोत्तमाको ध्यान

स्वास्थ्यसमाचार/ रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख ९मेयर० रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयंसेविकाको अनिवार्य अवकाश हुँदा सम्मानस्वरूप ५० हजार उपलब्ध गराउने, अटिजम भएका बालबालिका, सुस्त श्रवण तथा न्यून दृष्टि भएका बालबालिकाको पहिचान तथा व्यवस्थापन, सिकलसेल एनिमिया, थालेसिमिया रोगका बिरामीको पहिचान तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिने, ‘आमा नै घरको प्रथम चिकित्सक’ कार्यक्रमअन्तर्गत नगरबासीमा बढ्दो नसर्ने रोगको प्रकोप न्यूनीकरण…