नरदेविको आयुर्वेद चिकित्सालयको निर्देशकमा डा.उपाध्याय नियुक्त

स्वास्थ्यसमाचार/ नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा वासुदेव उपाध्याय नियुक्त हुनुभएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नरदेवी आयुर्वेद चिकित्सालय निर्देशकमा डा उपाध्यायलाई नियुक्त गरेको हो ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई निर्देशकमा नियुक्त गरेको हो ।उहाँ यसअघि स्वास्थ्य तथा जनसंख्या , लुम्बिनी प्रदेशको सचिव भइसक्नुभएको छ ।

नरदेवीमा यसअघि डा रामदेव यादव निमित्त निर्देशक पदमा हुनुहुन्थ्यो ।डा उपाध्याय ११ औं तहका आयुर्वेद चिकित्सक हुनुहुन्छ ।

 

सम्बन्धित शिर्षक :