लुम्बिनीमा बाल तथा मातृमृत्यु दर उच्च, पोषण अभाव मुख्य कारण

स्वास्थ्यसमाचार / जिल्ला समन्वय समिती रुपन्देहीका सभापती उमाकान्त चपाईले विद्यालयमा दिइने दिवा खाजामा गम्भिर लापरवाही हुने गरेको बताएका छन् । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले भैरहवामा आयोजना गरेको पोषण अवस्थामा सुधार एवं वाल तथा मतृ मृत्युदर घटाउनका लागी स्थानीय जनप्रतिनिधी, समाजसेवी तथा सरोकारवालाहरु सँग अन्तरक्रिया कार्यशाला गोष्ठीमा बोल्दै चपाईले आफु जिल्लाको अधिकाशं सरकारी विद्यालयमा पुगेर हेर्दा दिवा खाजा कार्यक्रममा गम्भिर लापरवाही हुने गरेको फेला पारेको बताए । चपाईले विद्यालयहरुले दैनिक रुपमा दिइने खाजाको सुची नबनाएको, तातो सुजी प्लाष्टिकको बाल्टी बाट प्लाष्टिककै झोलामा पोको पारेर बितरण गर्ने गरेको, सुजि र चाउचाउ बाहेक…

लुम्बिनीका चिकित्सक आन्दोलित : ‘उपभोक्ता ऐन अन्तर्गत होइन, चिकित्सा ऐनबाटै न्याय खोज्नुपर्छ’

स्वास्थ्यसमाचार / स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा उपचारका क्रममा देखिने त्रुटि, लापरवाही वा समस्या समाधानका लागि नेपाल मेडिकल काउन्सिल (एनएमए) ऐन अन्तर्गत सम्बोधन गर्नुपर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीले माग गरेका छन। उनीहरुले उपभोक्ता संरक्षण ऐनमार्फत क्षतिपूर्तिको व्यवस्था गरिएकोमा त्यसको बिरोध जनाएका छन। नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य क्षेत्रमा देखिएका दीर्घकालीन समस्याहरूको समाधान लागी बिभिन्न माग राखि आन्दोलनमा उत्रेका छन। माग अनुसार आन्दोलनको पहिलो चरणमा प्रदेशगत रूपमा आकस्मिक बाहेक सेवा बन्द गरिने कार्यक्रम अन्तर गत नेपाल मेडिकल एशोसिएसन (एनएमए) लुम्बिनी शाखाले बिरोध जनाएको छ ।संघका उपाध्यक्ष डा बर्षा थापाले केन्द्रिय कार्यक्रम…

फलामे खोरमा खुसी खोज्दै बालक : उपचार अभावले जेलिएको जीवन

रासस/सडक छेउमा रहेको रुख नजिकै एउटा फलामे खोर बनाइएको छ । त्यही खोरभित्र थुनिएर जीवनका खुसी भेटाउने प्रयासमा छन्, बालक पवन कुमाल । पाल्पाको रामपुर नगरपालिका–६ स्थित तिलकपुर बस्ने ११ वर्षीय पवन करिब डेढ वर्षदेखि फलामको खोरमा जीवन बिताइरहेका छन् । उनको यो उमेर विद्यालयमा गएर लेखपढ गर्ने, साथीभाइसँग रमाउँदै नयाँ कुरा सिक्ने र जान्ने हो । बोल्न नसक्ने तर कोही मान्छे देख्यो भने मुस्कुुराउँदै हातले इशारा गरेर आफूतिर बोलाउँदै गरेको कारुणिक दृश्य देख्ने जो सुकैलाई पीडादायी बनाएको हुन्छ । नजिक कोही व्यक्ति आउन चाहेन भने आफ्नै इशारामा (नबुझिने आवाज)…

स्वास्थ्य सहित जनजीविकाका क्षेत्रलाई प्राथमिकता: मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी आर्थिक वर्ष २०८२\८३ कोलागि प्रस्तुत बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको बताउनु भएको छ । प्रदेश सभाको छैठौं अधिवेशनको १६ औं बैठकमा बजेट विनियोजनबारे उठेका जिज्ञासाको जवाफ दिँदै मुख्यमन्त्री आचार्यले जिल्लागत रूपमा विनियोजन भएको बजेटको विवरण सार्वजनिक गर्दै बजेट समावेशी विकास र क्षेत्रगत सन्तुलनमा आधारित रहेको स्पष्ट पार्नु भएको हो । विकासको प्राथमिकतालाई ध्यानमा राखेर बजेट बाँडफाँट गरिएको उहाँले प्रष्ट पार्नुभयो । नवलपरासी पश्चिमा एक अर्ब १९ करोड, रुपन्देहीमा ७ अर्ब १ करोड, कपिलवस्तुमा एक अर्ब ७८ करोड, पाल्पामा एक अर्ब ९९…

पाल्पा जिल्ला अस्पतालको मेसुमा डा. राजेन्द्र पौडेल नियुक्त

स्वास्थ्यसमाचार/ जिल्ला अस्पताल पाल्पामा नयाँ मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पौडेल नियुक्त भएका छन्। वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. लाई स्वास्थ्य मन्त्रालय लुम्बिनी प्रदेशको निर्णयअनुसार रिक्त पदमा उहाँलाई नियुक्त गरिएको हो। डा. पौडेलले यसअघि प्युठान जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रूपमा कार्य अनुभव बटुलिसक्नुभएको छ। नियुक्तिपछि उहाँले सरकारबाट प्राप्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसअघिका मेसु  तुलसीपुरमा सरुवा भएसँगै पाल्पा अस्पतालमा पौडेलको सरुवा गरिएको हो।

चिकित्सा शिक्षा आयोगको निर्देशकमा प्राडा स्वयंप्रकाश पण्डित नियुक्त

स्वास्थ्यसमाचार/चिकित्सा शिक्षा आयोगको रिक्त निर्देशक पदमा प्राडा स्वयंप्रकाश पण्डित नियुक्त भएका छन् । उनी आयोगको नेशनल बोर्ड अफ मेडिकल स्पेसियालिटिज (एनबीएमएस) को निर्देशक बनेका हुन् । यसअघि एनबीएमएसमा निर्देशक प्राडा गुरु खनालले २० माघ २०८१ देखि लागू हुने गरी १८ माघ २०८१ मा राजिनामा दिएका थिए । त्यसपछि एनबीएमएस रिक्त थियो । सो पदमा अघिल्लो महिना देखि नियुक्ती प्रक्रिया सुरु गरिएको थियो । ‘रिक्त पदमा आवेदन मागिएको थियो । मैले दिएँ । खुल्ला प्रतिस्पर्धाबाट छनौट भएँ । हिजोबाट जिम्मेवारी सम्हाल्न थालेको हुँ,’ प्राडा पण्डितले भने । रेडियोलोजिका प्राध्यापक प्राडा पण्डित…

रेफर विना जुनसुकै सरकारी अस्पतालबाट स्वास्थ्य बिमा सुविधा लिन सकिने

स्वास्थ्यसमाचार/ स्वास्थ्य बीमा बोर्डले अबदेखि निजी तथा सामुदायिक स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु को रूपमा तोक्ने प्रक्रिया बन्द गर्ने निर्णय गरेको छ। यो निर्णय १ साउन २०८२ बाट कार्यान्वयनमा ल्याइने भएको हो। यसअघि कतिपय निजी र सामुदायिक स्वास्थ्य संस्थाहरूलाई पनि बीमा बोर्डले प्रथम सेवा विन्दु तोकेको थियो। तर अब उक्त जिम्मेवारीबाट हटाइएर, पहिलो सेवा विन्दुको भूमिका सरकारी स्वास्थ्य संस्थाहरूले मात्रै निर्वाह गर्ने स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्ल ठकुरीले जानकारी दिए। बोर्डको निर्णयबारे १० असारमा सम्बन्धित स्वास्थ्य संस्थाहरुलाई परिपत्र पठाइसकेको छ। यस निर्णयसँगै कतिपयमा ‘अब प्रथम सेवा विन्दु नचाहिने’…

पूर्व स्वास्थ्य मन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश

स्वास्थ्यसमाचार/विशेष अदालतले पूर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले उक्त आदेश दिएको हो ।टेरामक्स प्रकरणमा बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो । त्यसको थुनछेक बहसपछिको आदेशमा धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश जारी गरेको हो । दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ बिगो दाबीसहित गत जेठ १ मा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको…

स्वास्थ्य मन्त्री प्रदीप पौडेल अस्वस्थ, वीर अस्पतालमा भर्ना

स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । ज्वरो आएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतकाअनुसार मन्त्री पौडेल हिजो ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्य परीक्षण जारी रहेको अस्पताल स्रोतले जनाएको छ । उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ ।

कर्णाली प्रदेशमा स्वास्थ्य तालिम केन्द्रको आवश्यकता र औचित्य

नेपाललाई पाँच विकास क्षेत्रमा विभाजन गरिएसँगै वि.सं. २०३८ सालमा धनकुटा, पथलैया, पोखरा र सुर्खेतमा तथा केही वर्ष पश्चात् धनगढीमा क्षेत्रीय स्वास्थ्य तालिम केन्द्रको स्थापना भई क्षेत्रीयस्तरमा स्वास्थ्य तालिमका क्रियाकलापहरु संचालनमा आए । नेपालमा प्रजातन्त्रको पुनर्स्थापना पश्चात् लागु गरिएको राष्ट्रिय स्वास्थ्य नीति २०४८ मा स्वास्थ्य जनशक्तिको विकास तथा व्यवस्थापन गर्ने नीति अन्तर्गत स्वास्थ्य मन्त्रालय अन्तर्गत तालिम केन्द्रलाई संस्थागत रुपमा सुदृढीकरण गर्ने र उत्पादन क्षमतामा वृद्धि गर्ने उल्लेख भएको सन्दर्भमा स्वास्थ्य सम्बन्धी सम्पूर्ण तालिमहरुको केन्द्रीयस्तरबाट संयोजन गरी सबै तहका स्वास्थ्यकर्मीहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सक्षम बनाउनको लागि वि.सं. २०५० सालमा राष्ट्रिय…