स्वास्थ्यसमाचार/ स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक रोशन लाल चौधरीले आयुर्वेद चिकित्सालयको सेवा विस्तारमा बजेट अभाव र विषयविज्ञ जनशक्तिको कमी ठूला चुनौती बनेको बताएका छन्। उनले नीति निर्माण तहमा लबिङ नपुगेकाले आयुर्वेद क्षेत्र ओझेलमा परेको उल्लेख गरे।बुटबलमा भएको एक कार्यक्रममा बोल्दै चौधरीले यस्तो बताएका हुन । उनका अनुसार आयुर्वेद चिकित्सालयतर्फ केवल जनशक्ति नै नभएर आवश्यक बजेटसमेत छैन। “यो क्षेत्रमा बजेट विनियोजन र नीति कार्यक्रम बनाउन नीति निर्माण तहमा लबिङ पुगेन,” चौधरीले भने, “विषयविज्ञता हासिल गरेका जनशक्ति पनि छैनन्। भएका सीमित जनशक्तिलाई बजेट निर्माण तहसम्म ध्यान दिन आग्रह गरेका छौं।” चौधरीले आयुर्वेदका…
लुम्बिनी आयुर्वेद चिकित्सालय
लुम्बिनी आयुर्वेद चिकित्सालयले गर्यो जिल्ला स्तरीय समिक्षा गोष्ठी
स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लाभित्रका विभिन्न आयुर्वेद स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८१/८२ मा करिब एक लाख ५५ हजार सेवा ग्राही स्वास्थ्य सेवा लिएका छन्। लुम्बिनी आयुर्वेद चिकित्सालयद्वारा बुटबलमा आयोजित जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम उक्त कुरा बताईएको हो । समीक्षामा वार्षिक तथ्याङ्क सार्वजनिक गर्दे लुम्बिनी आयुर्वेद चिकित्सालयका चिकित्सक डा संदिप कार्कीले लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलबाट मात्रै ६८ हजार ९सय १९ जना सेवा लिएको बताउनु भयो । तिमध्ये २२ हजार ९ सय ४५ महिला र १८ हजार ७ सय ९३ जना पुरुष रहेका छन । उहाँले चिकित्सालय बाट ११ हजार…
बुटवलमा सुरु भयो ‘स्वर्णप्राशन’ अभियान, ३६० बालबालिकालाई खुवाइयो स्वर्णविन्दु
स्वास्थ्यसमाचार/लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलमा ‘स्वर्णप्राशन’ अभियान शुभारम्भ भएको छ । बालबालिकाको शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्तरमा सुरु गरिएको ‘स्वर्णप्राशन’ अभियानको बुटबल उपमहानगर प्रमुख खेलराज पान्डेले शुभारम्भ गर्नु भयो । उक्त अबसरमा बोल्दै उहाले “आयुर्वेदिक चिकित्सा पद्धति हाम्रो संस्कृतिको महत्वपूर्ण अंग हो । स्वस्थ जीवनका लागि स्वर्णप्राशन जस्ता परम्परागत अभ्यासहरू आजको आधुनिक युगमा पनि उतिकै प्रभावकारी रहेका छन । यसले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गर्न, शारीरिक र मानसिक विकासमा मद्दत गर्न महत्वपूर्ण भूमिका खेल्छ । उपमहानगरपालिकाले यस्ता स्वास्थ्यमूलक अभियानलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने बताउनु भयो,”।उहाँले बालबालिकाको…
मायादेवीमा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि योग ध्यान कार्यक्रम सुरु
स्वास्थ्यसमाचार/मानसिक स्वास्थ्य सेवा प्रवर्द्धननका लागि रुपन्देहीको मायादेवी गाउँपालिकामा दुईदिने योग ध्यान कार्यक्रम सुरु भएको छ । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवल, रुपन्देहीको आयोजना तथा मायादेवी गाउँपालिकाको समन्वयमा बिहीबारदेखि कार्यक्रम सुरु भएको हो । कार्यक्रममा प्रमुख अतिथि मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले सीमित स्रोतसाधनका बाबजुद गाउँपालिकाको आयुर्वेद शाखाले वडावडामा पुगेर विभिन्न कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले तनावकाबीच काम गरिरहनुपर्ने भएकाले तनाव व्यवस्थापन तथा स्वास्थ्यका लागि नियमित योग ध्यान जरुरी रहेको बताउनुभयो । त्यस्तै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले योग, ध्यान र व्यायामले शरीरका धेरै समस्या…
नरदेविको आयुर्वेद चिकित्सालयको निर्देशकमा डा.उपाध्याय नियुक्त
स्वास्थ्यसमाचार/ नरदेवी आयुर्वेद चिकित्सालयको निर्देशकमा डा वासुदेव उपाध्याय नियुक्त हुनुभएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नरदेवी आयुर्वेद चिकित्सालय निर्देशकमा डा उपाध्यायलाई नियुक्त गरेको हो । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै उहाँलाई निर्देशकमा नियुक्त गरेको हो ।उहाँ यसअघि स्वास्थ्य तथा जनसंख्या , लुम्बिनी प्रदेशको सचिव भइसक्नुभएको छ । नरदेवीमा यसअघि डा रामदेव यादव निमित्त निर्देशक पदमा हुनुहुन्थ्यो ।डा उपाध्याय ११ औं तहका आयुर्वेद चिकित्सक हुनुहुन्छ ।
लुम्बिनी आयुर्वेद चिकित्सालयमा करार सेवाका लागि ३ जना नर्स माग
स्वास्थ्यसमाचार/लुम्बिनी आयुर्वेद चिकित्सालयले करार सेवामा ३ जना नर्स पदपूर्ति गर्ने भएको छ । चिकित्सालयले एक सूचना जारी गर्दै योग्यता पुगेका ईच्छुक नर्सहरुले सात दिन भित्र दरखास्त दिन सक्ने बताएको छ । चिकित्सालयले यो परीक्षामा २०८२ बैसाख ११ गते सम्म फर्म भरेका नर्सहरु सहभागि हुन सक्ने स्पष्ट पारेको छ । परीक्षाका फारम ५ सय रुपैयाँ तोकिएको छ । लिखित परीक्षाबाट नर्सको छनौट गरिने र सो परीक्षा को सूचनामा अर्काे सूचनामा तोकिने उल्लेख गरेको छ । हेर्नुहोस् सूचना
