ग्यास्ट्रो सेन्टर बुटवलमा पहिलो पटक स्क्लेरोथेरापी सेवा सुरु

स्वास्थ्यसमाचार/ग्यास्ट्रो सेन्टर बुटवलले पहिलो पटक स्क्लेरोथेरापीका सेवाको सुरुवात गरेको छ। ग्यास्ट्रो सेन्टरमा वरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा.मोहन भुसालको नेतृत्वमा डा. सविर श्रेष्ठ लगायतको टोलीले उक्त सेवा प्रदान गरेको हो । नवलपरासी निवासी ७० बष्र्षिय महिलालाई यो सेवा प्रदान गरिएको प्रालिका बरिष्ठ ग्यास्ट्रोलोजिष्ट डा. मोहन भुसालले बताउनु भयो । स्क्लेरोथेरापी सुईको माध्यमबाट आन्द्रामा पठाई बिरामीको आन्द्रामा भएको रक्तश्राव रोक्न सकिने डा भुसालले बताउनु भयो। उहाले बुटबल ग्यास्ट्रो सेन्टरले पेट आन्द्रा तथा कलेजो प्याक्रिज सम्बन्धीत बिशेषज्ञ सेवा थप्दै जाने जनाएको छ ।

मानव जीवन चक्र र स्वास्थ्य – खिम बहादुर पौडेल

मानव बिकासका चरणहरु र स्वास्थ्य मानव बिकासका चरणहरु भन्नाले गर्भावस्थादेखि मृत्युसम्मका अवस्थाका चरणहरुलाइ जनाउछ | यसलाई जीवन अवधिका विभिन्न अवस्था पनि भनिन्छ | मानव बिकासका चरणहरु विभाजन गर्ने मुख्य आधार शारीरिक उमेरलाइ मानिन्छ |  ढुंगे युगमा अन्य जनावर सरह जीवनयापन गर्ने मानव बर्तमान विश्वको सबैभन्दा बिकसित र समुन्नत प्राणी हो  | मानवजातिको उदभव भन्नाले बर्तमानमा पृथ्बीबाट लोप भएका मानव पुर्खाहरु (Primate) जस्तै: नरवानर (Ape) बाट क्रमिक रुपमा विकास भई अहिलेको मानव अवस्थासम्मको प्रकृयालाइ बुझिन्छ | नरवानर जस्तै पुर्खाबाट क्रमिक रुपमा विकास हुदै अहिलेको मानवका रुपमा आइपुग्न करिब ६०००००० ( साठी…

पाल्पाका नौं हजार बालबालिकालाई पोलियो बिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार/ पोलियो बिरुद्धको खोपबारे पाल्पाका संचारकर्मी तथा पत्रकारहरुलाई अभिमुखीकरण गरिएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्रकुमार गिरीले पोलियो बिरुद्धको खोप अभियान प्रभावकारी बनाउन पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । २०७२ जेठ महिनादेखि २०७५ भदौं महिनासम्म खोप अभावका कारण पाल्पाका नौं हजार बढी बालबालिका पोलियो बिरुद्धको खोप लगाउन छुटेका थिए । ती बालबालिकालाई अहिले खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो । विगतमा छुटेका बालबालिकालाई खोप लगाउने उद्देश्यले यही जेठ १३ गतेदेखि २६ गतेसम्म पोलियो बिरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको डा. गिरीले जानकारी दिनुभयो । पाल्पामा नौं हजार…

मानसिक स्वास्थ्यका लागि योग ध्यान महत्वपुर्ण :नगरप्रमुख अर्याल

स्वास्थ्यसमाचार/ नवलपरासी आयुर्वेद स्वासथ्य केन्द्रको आयोजनामा मानसिक स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान कार्यक्रम सम्पन्न भएको छ। कार्यलय प्रमुख डा. अर्चना शुक्ला अध्यक्षमा सुनवल नगरपालिका प्रमुख बिमला अर्यालको प्रमुख आत्थु बिशिष्ट आतिथ्य मदन बहादुर जिसीको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा जनप्रतिनिधि शिक्षक तथा नगरपालिकाका कर्मचारीहरु जम्मा ३५ जना सहभागीता रहेको कार्यक्रममा वोल्दै सुनवल नगरपालिकाका प्रमुख बिमला अर्यालले हाल विश्वमा बढदै गइरहेको मानसिक तनाव आदिको कारण लक्ष्य र निवार बारे सौन्तिक तथा चिकित्सालय योगासन तथा ध्यानको महत्वपुर्ण भएको बताउनु भयो। उहाँले यस्ता कार्यक्रम स्थानिय तहसम्म लैजानु पर्ने बताउनु भयो।  …

रुरु गाउँपालिकाको रिडीमा आँखा उपचार केन्द्र स्थापना

नेपाल नेत्र ज्योति सङ्घ गुल्मी, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, सेभा नेपाल र रुरुक्षेत्र गाउँपालिकाको समन्वयमा रिडी बजारमा आँखा उपचार केन्द्रको सेवा शुभारम्भ गरिएको हो । सेवा शुभारम्भ गर्नुहुँदै रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवाली नागरिकहरूलाई भरपर्दो र गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्य अनुरूप यहाँ आँखा उपचार केन्द्र स्थापना गरिएको बताउनुभयो । आँखा सम्बन्धी रोगका धेरै बिरामीहरू लाभान्वित हुने भन्दै उहाँले आँखाको उपचार गराउन टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । नागरिकलाई चौबीसै घण्टा आँखा उपचार सम्बन्धी विभिन्न सेवाहरू केन्द्रबाट उपलब्ध गराइने उहाँको भनाइ छ । स्थापना गरिएको…

स्वास्थ्य प्रणाली र उठाउनु पर्ने बिषयमा स्वास्थ्य पत्रकारहरुलाई प्रशिक्षण

स्वास्थ्यसमाचार/ संविधानको धारा ३५ मा नागरिकको स्वास्थ्य सम्वन्धी हकको विषय स्पष्टसँग उल्लेख गरिएको छ । तर, त्यहि हक कार्यान्वयनका लागि बनाइएका कतिपय नीतिगत व्यवस्थाको राम्ररी कार्यान्वयन हुन सकेको छैन । नीतिगत व्यवस्था मात्रै होइन नेपालले दीगो विकास लक्ष्य हासिलका लागि तय गरिएका स्वास्थ्य सम्वन्धी अन्तराष्ट्रिय प्रतिवद्धता जनाउँदै आएको छ । तर, त्यसरी गरिएका कतिपय प्रतिवद्धता हरु लक्ष्यमा पुग्न सकेका छैनन् । किन यस्तो भइरहेको छ ? अहिले अवस्था के छ ? यसका लागि मिडियाको भूमिका के हुन सक्छ ? विज्ञहरुले गत शुक्रबार र शनिबार स्वास्थ्य बिटमा कलम चलाउने क्रियाशिल पत्रकारहरुलाई…

रुपन्देहीका ७० हजार वालवालिका लाई आईपीभी खोप लगाइने

स्वास्थ्यसमाचार/रुपन्देहीमा जेठ १३ गतेदेखि बालबालिकालाई पोलियोविरुद्धको आईपी भी खोप अभियान सञ्चालन हुने भएको छ । अभियानमार्फत करिब ७० हजार बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । कार्यालयका अनुसार दुई चरणमा सञ्चालन हुने खोप अभियान अन्तर्गत जिल्लाका ६९ हजार ७ सय ६३ जना बालबालिकालाई आईपी भी खोप लगाइनेछ । २०७३ देखि २०७५ सम्म जन्मेका र उक्त अवधिमा नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई यो खोप लगाउने तयारी गरिएको हो । नेपालमा २०७३ जेष्ठ देखि २०७५ भाद्रसम्म आईपिभी खोपको अभाव भएको थियो । रुपन्देहीमा जेठ १३ देखि २३ गतेसम्म…

मनपरी गर्ने बुटवलका २ मासु पसललाई१०- १० हजार जरिवाना

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाले २ वटा मासु पसललाई जरिवाना गरेको छ।  अनुगमनका क्रममा खसीबोकाको भनेर बाख्रीको मासु बेच्ने गरेको र अनुमति नलिएको स्थानमा बध गर्ने गरेको भन्दै २ वटा मासु पसललाई १०-१० हजार रुपैयाँ जरिवाना गरेको हो। बुटवल पूरानो बसपार्क नजिकैको न्यु मेहदी मासु पसल र बुटवल १ को पप्पु मासु पसलले मापदण्डविपरीत मासु पसल सञ्चालन गरेको भन्दै १०-१० हजार रुपैयाँ जरिवाना गराएको अनुगमन शाखा प्रमुख ठगिश्वर पोखरेलले जानकारी दिए। उपप्रमुख सावित्रा देवी अर्यालको नेतृत्वमा गएको अनुगमन टोलीले मापदण्डविपरीत घरमा मासु बधस्थल बनाएको, खसीबोका भनेर बाख्रीको मासु बेच्ने गरेको र दुर्गन्ध…

बुटवल पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। एक कार्यक्रमका बीच जिल्ला खोप समन्वय इकाईबाट प्राप्त पत्रअनुसार नगर प्रमुख खेलराज पाण्डेयले बुटवल पूर्ण खोप दिगोपना सुनिश्चित भएको घोषणा गरेका थिए। उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनका लागि आवश्यक काम भइरहेको बताए। यसअघि जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँले बुटवलले सबै सूचकहरु पूरा गरेर पूर्ण खोप सुनिश्चित भएको बताउँदै बुटवललाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए।उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलले समयमै सबै सूचकहरु पूरा गरेको र आगामी दिनमा पनि खोपको सुनिश्चित गर्ने बताइन्। पहिलो चरणमा पालिकाका सबै वडालाई पूर्ण खोप सुनिश्चितता गरिएको…

हेमराज पाण्डेय र पन्त वरिष्ठ जनस्वास्थ्य प्रशासक (नबौ )तहमा बढुवा

स्वास्थ्यसमाचार /स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्तरिक बढुवा मुल्यांकन द्वारा जनस्वास्थ्य प्रशासक दुई जनालाई बढुवा गरेको छ। लुम्बिनी प्रदेशमा समायोजन भएका एक र सुदूरपश्चिम प्रदेशमा समायोजन भएका एक जना उच्च स्वास्थ्य अधिकारी रहेका छन। संघीयता कार्यान्वयनसँगै प्रदेशमा समायोजन भएर संघबाट बढुवा हुने वरिष्ठ जनस्वास्थ्य प्रशासक हेमराज पाण्डेय र दया कृष्ण पन्त रहेका छन। लुम्बिनी प्रदेशमा समायोजन पाण्डेय हाल स्वास्थ्य कार्यालय प्युठानमा कार्यरत छन् भने सुदूरपश्चिममा समायोजन भएका पन्त हाल सुदूरपश्चिम प्रदेशको स्वास्थ्य तालिम केन्द्र धनगढीमा कार्यरत छन्। प्रदेशमा स्वास्थ्यका कर्मचारीहरुले प्रदेशमा आन्तरिक बढुवाबाट पदपूर्तिका लागि प्रदेश सरकार तथा प्रदेश लोकसेवा आयोगलाई…