स्वास्थ्यसमाचार/ वर्षायाम सुरु भएसंगै लामखुट्टेबाट फैलेन डेंगु रोग रोकथाम गर्नको लागी बुटबल उपमहानगरले टोल बिकास समितिका प्रतिनिधिहरुलाई अभिमुखीकरण गरेको छ । पछिल्लो समय डेंगुको संक्रमण बढ्दै गएपछि जोखिम कम गर्न र सावधानी अपनाउनुका लागि समुदायमा पुगेर सचेतना जगाउने उद्देश्यका साथ अभिमुखीकरण कार्यक्रम गरिएको हो । बुटबल उपमहानगर पालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यलय रुपन्देहीका भेक्टर कन्ट्रोलर अधिकृत केदारनाथ शाहले गर्नु भएको थियो । नगरपालिका १९ वडाका ३ सय टोल विकास संस्थाका प्रतिनिधिहरुको उपस्थितीमा अभिमुखीकरणमा वोल्दै शाहले डेंगु रोगको जोखिमलाई नियन्त्रणमा लिन सबैसचेत हुनु…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
‘आमा नै घरको प्रथम चिकित्सक’ अभियानमार्फत योग, ध्यान र भान्सा सुधारमा तिलोत्तमाको ध्यान
स्वास्थ्यसमाचार/ रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख ९मेयर० रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । स्वास्थ्यतर्फ महिला स्वास्थ्य स्वयंसेविकाको अनिवार्य अवकाश हुँदा सम्मानस्वरूप ५० हजार उपलब्ध गराउने, अटिजम भएका बालबालिका, सुस्त श्रवण तथा न्यून दृष्टि भएका बालबालिकाको पहिचान तथा व्यवस्थापन, सिकलसेल एनिमिया, थालेसिमिया रोगका बिरामीको पहिचान तथा व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिने, ‘आमा नै घरको प्रथम चिकित्सक’ कार्यक्रमअन्तर्गत नगरबासीमा बढ्दो नसर्ने रोगको प्रकोप न्यूनीकरण…
अधिकारी, पान्डे र अर्याल उत्कृष्ठ कर्मचारी घोषणा मन्त्रीद्धारा सम्मान
स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य कार्यलय रुपन्देहीका ३ जना कर्मचारीलाई उत्कृष्ठ कर्मचारी घोषणा तथा सम्मान गरिएको छ । उत्कृष्ठ कर्मचारीमा क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारी, ल्याव टेक्निसियन अधिकृत खिमलाल पान्डे र नर्सिङ अधिकृत ईसा अर्याल रहनु भएको छ । उहाँहरुलाई स्वास्थ्य मन्त्री तथा जिल्ला खोप समन्य समितका अध्यक्ष तथा सचिबले सम्मान गर्नु भएको थियो ।
स्वास्थ्यमन्त्री सारुद्वारा आर्चाय, आत्रेय र गौतमलाई सम्मान
स्वास्थ्यसमाचार / रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रममा स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको कदर गर्दे प्रदेश आपूर्ति केन्द्रका कोलचेन्न अधिकृत हरि आर्चाय मायादेवी गाउँ पालिका जनस्वास्थ्य निरीक्षक भाष्कर आत्रेय र कञ्चन गाउँपालिका निवर्तमान प्रमख राम प्रसाद गौतमलाई सम्मान गरिएको थियो । तिनै जनालाई स्वास्थ्यमन्त्री खेम सारुले सम्मान गर्नु भएको थियो ।
प्रादेशिक अस्पतालमा रेडियोग्राफरहरूको कालोपट्टी बाँधेर आन्दोलन
स्वास्थ्यसमाचार/ रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध चरणबद्ध आन्दोलन सुरु गरेका छन् । आन्दोलनका क्रममा शुक्रवार लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत रेडियोग्राफर र रेडियोग्राफी टेक्नोलोजिस्टहरुले कालोपट्टी बाँधेर विरोध जनाएका थिए । नेपाल रेडियोलोजिकल सोसाइटी, लुम्बिनी प्रदेश संयोजक विजयध्वज बस्नेतका अनुसार बिहीबारदेखि सुरु गरेको कालोपट्टी बाँधेर विरोध जनाउने कार्यक्रम अनुसार प्रादेशिक अस्पतालमा शान्तिपूर्ण आन्दोलन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित ओएनएमविरुद्ध नेपाल रेडियोलोजिकल सोसाइटीको अगुवाइमा आन्दोलनको घोषणा गरिएको हो । प्रदेश संयोजक वस्नेतले देशका सबै जिल्लाका सरकारी, अर्धसरकारी र गैरसरकारी स्वास्थ्य संस्थामा कार्यरत रेडियोग्राफी कर्मचारीले आफ्नो…
रुपन्देही ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’जिल्ला घोषणा
स्वास्थ्यसमाचार/ रुपन्देही जिल्लालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । शुक्रवार भैरहवामा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु मगरले पूर्ण खोप सुनिश्चितता दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । रुपन्देही जिल्लाका विभिन्न उमेर समूहका ७४ हजार २ सय ५९ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरिएको छ । रुपन्देहीका सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरिसके पछि शुक्रबारदेखि जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको हो । घोषणा कार्यक्रममा वोल्दै स्वास्थ्यमन्त्री खेम सारु मगरले नागरिकलाई स्वस्थ बनाउन खोप अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भइरहेको बताउदै…
स्वास्थ्य, जनशक्ति र स्वरोजगारमा केन्द्रित बुटवलको नीति कार्यक्रम सार्वजनिक
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । बिहीबार नगरप्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको बताउनुभयो । उहाँले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीति तयार गरेको बताउनुभयो । उहाँले बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउनका लागि लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दु धर्मावलम्बीको विश्रामस्थलका रुपमा स्थापित गर्ने नीति लिएको बताउनुभयो । उहाँले अन्य स्थानीय तहहरुसँग सहकार्य गरी पर्यटक आगमन वृद्धि गर्ने र बुटवलका…
तिलोत्तमाको नीति तथा कार्यक्रम : स्वास्थ्य, शिक्षा, कृषि, युवा र पूर्वाधार प्राथमिकतामा
स्वास्थ्यसमाचार/रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । दोस्रो नगर सभा तथा सातौं अधिवेशनमा नगरप्रमुख (मेयर) रामकृष्ण खाणले कृषि, शिक्षा, स्वास्थ्य, युवा र पूर्वाधारलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रममा युवालाई विशेष प्राथमिकतामा राखिएको छ । ‘युवाका लागि नगर, नगरका लागि युवा’, कार्यक्रमका साथै युवालाई उद्यमशीलतामा जोड्न युवाले सञ्चालन गर्ने व्यवसाय दर्तामा निश्चित प्रतिशत छुट दिने, ‘दक्ष जनशक्ति : तिलोत्तमाको सम्पत्ति’ अन्तर्गत तिलोत्तमा नगरपालिका युवाहरूलाई राज्यले प्रदान गर्ने विभिन्न अवसरमा प्रतिष्पर्धा गर्न सक्ने बनाउन युवाहरूलाई विशेष तालिम…
फलको राजा आँप: स्वास्थ्यका लागि ८ चमत्कारी फाइदाहरू
स्वास्थ्यसमाचार/ फलको राजा भनेर चिनिने आँप गर्मी मौसममा पाइने फलफूल मध्ये एक हो । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । यसको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ । आउनुस् हेरौं आँपका फाइदाहरु के के रहेछन् : १. आँपमा फाइबरका साथै भिटामिन सी पाइने हुनाले शरीरमा कोलेस्ट्रेरोलको लेवल कम गर्न मद्दत गर्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । २. आँपमा पाइने भिटामिन ए ले आँखा तेजिलो हुनुका साथै आँखा सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । ३. आँपको नियमित सेवनले…
कपिलवस्तु जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
स्वास्थ्यसमाचार/ कपिलवस्तुलाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ । लुम्बिनी प्रदेशका स्वस्थ्य मन्त्री खेमबहादुर सारुले कपिलवस्तुको तौलिहवास्थित बालगृह सभा हलमा लुम्बिनी प्रदेशको चौथो जिल्लाका रुपमा सो घोषणा गरेका हुन् । १६ देखि २३ महिनासम्मका सबै बालबालिकामा १३ प्रकारको खोपको पहुँच पुगेपछि यो घोषणा गरिएको हो । यसअघि नवलपरासी, रोल्पा र रुपन्देही जिल्ला घोषणा भएका थिए । जन्मेदेखि २३ महिनासम्मका १४ हजार ८४२ र पूर्ण खोप प्राप्त गरेका १६ देखि २३ महिनासम्मका बालबालिकाहरुको अनुगमन गर्दा १५ महिना मुनिका सबै बालबालिकाहरु पुर्ण खोप प्राप्त गरेको स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख…

