आयुर्वेद चिकित्सा परिषदमा नयाँ नेतृत्व, अध्यक्षमा डा. अधिकारी

सदस्यमा डा श्रीवास्ताव डा श्रेष्ठ र डा प्रसाद नियुक्त

स्वास्थ्यसमाचार/ रिक्त भएको ९ महिनापछि आयुर्वेद चिकित्सा परिषदले अध्यक्ष पाएको छ ।स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आयुर्वेद काउन्सिलक अध्यक्षमा डा श्याममणि अधिकारी नियुक्त गर्नुभएको छ।

डा अधिकारीले आयुर्वेद र जडिबुटीका विषयमा पुस्तकहरु समेत प्रकाशन गर्नुभएको छ ।डा अधिकारीले नेपालको स्वास्थ्य सेवामा ३३ वर्ष काम गर्नुभएको छ ।

यसैगरी आयुर्वेद चिकित्सा परिषदको सदस्यहरुमा नरदेवी अस्पतालमा कार्यरत डा ऐश्वर्य श्रेष्ठ, दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा शिवमंगल प्रसाद नियुक्त हुनुभएको छ ।

काउन्सिलमा निर्वाचनबाट तीन जना सदस्य नियुक्त हुने व्यवस्था रहेको छ।हाल निर्वाचन नभएका कारण ती सदस्यहरु भने रिक्त रहेका छन्। यस्तै मनोनयन तर्फ पनि एक जना नियुक्त हुन बाँकी रहेको छ।

केही नेपाल ऐनमा भएको संशोधन अनुसार काउन्सिलका अध्यक्ष तथा सदस्यहरु मन्त्रिस्तरीय निर्णयबाट नै नियुक्त हुन थालेको हो।

रजिष्ट्रार पद भने मन्त्रिपरिषदबाट नियुक्त हुनु पर्ने भएकाले काउन्सिलमा हाल रजिष्ट्रार नियुक्त हुन बाँकी छ। मन्त्रिपरिषदबाट नियुक्त नभएसम्मका लागि मन्त्रालयले निमित्त रजिष्ट्रारको जिम्मेवारी काउन्सिलमा नै रहेका दिपक भण्डारीलाई दिएको छ।

सम्बन्धित शिर्षक :