स्वास्थ्य सेवा घरआँगनमै: बुटवलमा स्वयंसेविकाको अमूल्य योगदान

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १५ की कमला नेपाल स्वाथ्य स्वयम सेविका हुन । लामो समय देखि स्वास्थ्य स्वयम सेविकाको रुपमा काम गर्दै आएकी नेपालले स्थानीयहरुको घर दैलोमा सेवा प्रवाह गर्दै आएकी छिन् ।

घर छिमेकीहरुले सर सल्लाह लिनु पर्दा होस् वा महिला स्वाथ्य समस्या बारेमा उनले परमार्स प्रदान गर्दै आएकी छिन् ।यसको अलवा वेला बेलामा हुने खोप अभियान, नियमित खोप अभियान, कुपोषण, पोषणको अवस्था बारेमा जानकारी लिने लगायतका समुदायिक सर्वेक्षणमा समेत उनले सधै सहयोग गर्दै आएकी छिन् । उनले नगरपालिकाले बेला बेलामा प्रोत्साहान गर्दै आएपनि सोही अनुसार काम भने नपाएको गुनासो गर्दै आएकी छिन् ।

पौडेल एक हातमा नोट बुक, अर्को हातमा झोला बोकेर टोलको गल्ली छिर्दै थिइन्। घर–घर छिर्दै गर्भवती महिलाको अवस्था सोधिन्, भिटामिन एु दिने दिन सम्झाइन्, अनि सुत्केरी भइसकेकी एक दिदीलाई पोषणबारे जानकारी दिइन उनी स्वास्थ्य स्वयंसेविका हुन् । ‘ बुटवल जस्तै हजारौं नगर–गाउँका स्वास्थ्यका नायिका ।’’

नेपाल सरकारले विकट बस्तीमा पनि स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले २०४५ सालदेखि स्वास्थ्य स्वयंसेविका कार्यक्रम सुरु गरेको हो। आज, बुटवल उपमहानगरपालिकामै करिब २०० स्वास्थ्य स्वयंसेवककाहरू सक्रिय छन्। ।उनीहरू बिना कुनै तलब, समुदायको लागि स्वेच्छिक सेवा गर्छन् । स्वास्थ्य चौकीको समाचार, खोप तालिका, पोषण अभियान, सरसफाइ अभियान – सबैको सूचना उनीहरूमार्फत घर–घर पुग्छ ।
अर्का स्वाथ्य स्वयंसेविका दुर्गा उपाध्यायले पनि काम अनुसारको मुल्यांकन हुनुपर्ने बताउछिन् । बुटवल १५ कै शिबकला पौडेलले बुटवलनरपालिकाले काममा लगाउने तर तर अरु नगरपालिकाले भन्दा कम भत्ता दिएकोले काम अनुसार भत्तामा संसोधन गर्न नगरपालिकालाई आग्रह गरिन् ।

उनि भन्छिन्–‘ हामी बजेट भाषण सुन्छौ तर हेरेको हेरै बनाउछ अरुको बढ्दा काम्रोपनि केहि बढे हुन्थ्यो भन्ने आशा लाग्ने रहेछ । यस बर्ष बाट १ हजार मासिक फोन खर्च दिएको छ। यसलाई परिमार्जन गरेर बढाउनु पर्छ ।’

बुटवल ११ राधा पौडेलले गाउँका डाक्टर तर सेवा सुबिधा केहि छैन काम अनुसारको मुल्यकन गर्न नगरपालिकालाई आग्रह गुन गरिन् । बुटबल उपमहानगरका १९ वडामा १६७ जना स्वयंसेविका छन नगरपालिकाले उनीहरुलाई चाडपर्व खर्च ३००० हजार सञ्चार खर्च १ हजार र ६० बर्ष पुगेपछि बिदाई खर्च ५० हजार देखी १ लाख २५ हजार सम्म दिने गरेको छ ।

उनीहरुलाई यतिमात्र होईन संघिय सरकारले पनि पोसाक भत्ता १० हजार र मासिक १ हजार भत्ता दिने गर्दछ । नगरका बिभिन्न कार्यक्रम देखी स्वास्थ्यका सबै कार्यक्रममा सहभागी हुने स्वास्थ्य स्वयम सेबिकालाई नगरपालिकाले कार्यक्रममा आएवापत दैनिक ४ सयको दरले यातयात खर्च पनि उपलब्ध गराउदै आएको बुटबल उपमहानगर पालिका स्वास्थ्य शाखाका कर्मचारी प्रज्ञा भट्राईले बताईन् उनले भने–‘महिला स्वास्थ्य स्वयमसेबिका हरेका ठाउंमा पुग्नुहुन्छ तर उहाँको सम्मान नगरपालिकाले गरेको छ। कार्यक्रममा बोलाएको बखत खाजा यातयात सम्म हामीले उपलब्ध गराएका हौ । ’’

स्वाथ्य स्वयमसेविकाहरुले गर्भवती र सुत्केरी महिलाको नाम टिपोट गर्ने, बच्चाहरूको खोप सुनिश्चित गर्नु परिवार नियोजन सामग्री पिल्स,) कन्डोम) वितरण गर्र्ने काम गर्दै आएका छन् । सरसफाइ, पोषण, जाँचका कार्यक्रमबारे जनचेतना फैलाउने, बिरामीलाई अस्पताल पठाउने, किशोरीहरूलाई महिनावारी, पोषण र हिंसा सम्बन्धी परामर्श दिने काम गरेको छ ।

अर्को महिला स्वाथ्य स्वयंसेविका मिना थापा भन्छिन्–‘गाउँमा बच्चा बिरामी भयो भने पहिले मलाई बोलाउँछन्। गर्भवती भए पनि म जान्छु। सबै मलाई हाम्रो डाक्टर भन्छन्। तर तलब भने छैन। सेवा गर्ने आनन्द नै हाम्रो पारिश्रमिक हो।”

बुटबल नगरपालिका प्रमुख खेलराज पान्डे भन्दछन् –स्वास्थ्य स्वयंसेविका बिना हाम्रो समुदायमा प्रभावकारी स्वास्थ्य सेवा सम्भव छैन। उनीहरूले आँखा नदेखिने धेरै काम देख्न लायक बनाएका छन्।”त्यस्तै, नगरपालिका हाल स्वयंसेविकालाई पेन्सन योजना, नियमित तालिम, पोशाक र सम्मान कार्यक्रममार्फत मनोबल बढाउने काम गर्दैछ।

तीन वर्षअघि गाउँमा पोषणको मतलब नै नबुझ्ने आमाहरू अहिले हरियो तरकारी, अण्डा, दूधका बारेमा कुरा गर्छन्। बच्चाको खोप छुट्दैन। सुत्केरी महिलाले प्राथमिकता दिँदै अस्पताल जान थालेका छन् ।

सम्बन्धित शिर्षक :