उपचार लापरबाहीमा डा. संजिव त्रिपाठीलाई ४० लाख क्षतिपूर्ति आदेश

स्वास्थ्यसमाचार/उपभोक्ता अदालतले डाक्टर सन्जिव त्रिपाठीले ४० लाख ३ हजार क्षतिपूर्ति तिर्नुपर्ने अदालतको फैसला गरेको छ ।उपचारमा लापरबाही गरेको ठहर गर्दै उपभोक्ता अदालतले जमलस्थित ग्राण्डी सिटी अस्पताल र अस्पतालमा कार्यरत चिकित्सकले क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको हो। अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने छ ।उपभोक्ता अदालतका अध्यक्ष रामप्रसाद शर्मा तथा सदस्यहरु गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले अस्पताल र चिकित्सकले ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने…

लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवनमा २५ प्रतिशत भौतिक प्रगति

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारका गौरवको आयोजनामध्येको लुम्विनी प्रादेशिक अस्पतालको हालसम्म आयोजनाको भौतिक प्रगति २५ प्रतिशत पुगेको छ । यस्तै आयोजनाको वित्तीय प्रगति भने १६ प्रतिशतको हाराहारीमा पुगेको जनाइएको छ । लुम्बिनी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार प्राधिकरण कार्यालयका अनुसार अहिले मुख्य भवनको आधा हिस्साको दायाँ, बायाँ र बीचको भागमा ‘बेसमेन्ट’ को काम सकिएको छ । दोस्रो ‘बेसमेन्ट’ को ढलानको काम पनि पूरा भइसकेको छ । अहिले ‘लेफ्ट विङस्’को पहिलो ‘बेसमेन्ट’ को ढलानका लागि छड बुन्ने काम चलिरहेको छ । क्यान्सर भवनको ‘¥याफ्ट फाउन्डेसन’को पनि ढलानको काम पूरा भइसकेको प्राधिकरणका साइट इन्जिनियर शङ्कर सुवेदीले…

मायादेवी १ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रमाणित

स्वास्थ्यसमाचार/ रुपन्देहीको मायादेवी गाउँपालिका वार्ड न १ धमौली पुर्ण संस्थागत प्रसुतीयुक्त वडा तथा किशोर किशोरी मैत्री स्वास्थ्य सेवा प्रमाणिकरण घोषणा गरिएको छ । वडा प्रजनन स्वास्थ्य समन्वय समितिका बिभिन्न कृर्याकलाहरुवाट आर्थिक बर्ष २०८१ बैसाख १ देखी ८१ चैत्र मसान्त सम्म १ बर्षको अवधिमा जम्मा १सय २७ जना गर्भबति सुत्केरी भएको सर्वेक्षणबाट पाईकोमा १२७ जना गर्भबतीले संस्थागत सुत्केरी गराएको र मापदन्ड अनुसार गर्भवती जाँच तथा उत्तर प्रसुति जाँच भएको पाइएकोले यस वडालाई पुर्ण संस्थागत प्रसुतीयुक्त वडा घोषणा गरिएको हो । पुर्ण संस्थागत प्रसुतीयुक्त वडा घोषणा समारोहका अध्यक्ष वडा प्रजनन स्वास्थ्य समन्वय…

बुटवल :स्वास्थ्य पूर्वाधार, जनशक्ति र सेवा विस्तारमा अब्बल

स्वास्थ्यसमाचार/ पछिल्लो समयमा स्वाथ्य र शिक्षा क्षेत्रको हव बन्दै गएको बुटवलले स्वाथ्य पुर्वाधार विकासमा जोड दिएको छ । बुटवलमा संघीय सरकार, प्रदेश सरकारबाट सरकारी स्तरका हस्पिटल साथै निजी क्षेत्रले पनि स्वाथ्य क्षेत्रका पुर्वाधार विकासमा जोड दिईरहेको बेला बुटवल उपमहानरपालिकाले पनि स्वाथ्य क्षेत्रमा उल्लेखनीय सुधार गरेको छ । आफ्नै १०/१० बेडका दुई वटा अस्पताल सञ्चालन गर्ने तयारी गरेको बुटवलले स्वाथ्य क्षेत्रका सेवा विस्तारमा पनि जोड दिएको छ ।नेपालको संविधान, २०७२ ले आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने मौलिक अधिकार सुनिश्चित गरेको छ । स्वास्थ्य सेवाको पहुँच, पूर्वाधार विस्तार र जनशक्ति व्यवस्थापनमा बुटवल उपमहानगरपालिका…

बुटवलमा स्वास्थ्य सेवा र चेतनाको पहुँच विस्तार

स्वास्थ्यसमाचार/ बुटवलमा महिला स्वास्थ्य सुधारका लागि स्थानीय सरकारको अग्रसरता उल्लेखनीय बन्दै गएको छ। विशेषगरी “महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम” मार्फत समुदायमा स्वास्थ्य सेवाको पहुँच विस्तार र जनचेतना अभिवृद्धिमा सुधार आएको हो। वि सं २०४५ सालदेखि सञ्चालनमा आएको यो कार्यक्रम निःशुल्क, निस्वार्थ र समर्पित सेवाका रूपमा देशभर महिला स्वास्थ्यकेन्द्रमार्फत सञ्चालित हुँदै आएको छ। शहरी तथा ग्रामीण क्षेत्रमा रहेका महिलाहरूको स्वास्थ्यमा सुधार ल्याउने उद्देश्यले सुरु गरिएको कार्यक्रम हाल जनस्वास्थ्य सेवाको नमुना उदाहरणका रूपमा स्थापित भइसकेको छ। बुटवलमा मात्रै करिब १७६ बढी महिला स्वास्थ्य स्वयंसेवककाहरू सक्रिय छन्। यी महिलाहरूले गर्भवती, सुत्केरी, नवजात शिशु, किशोरी…

अस्पताल विकास समिति विघटन रोक्न सर्वोच्चको अन्तरिम आदेश

स्वास्थ्यसमाचार/सर्वोच्च अदालतले लुम्बिनी प्रदेश सरकारले २०८२ वैशाख १६ गते र जेठ ५ गते गरेका अस्पताल विकास समितिसम्बन्धी निर्णयहरू कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै दुवै पक्षलाई छलफलका लागि असार १७ गते बोलाएको हो। यससँगै लुम्बिनी प्रदेशका लुम्बिनी, राप्ती प्रादेशिक अस्पताल, रामपुर अस्पताल पाल्पा लगायत १४ वटा विकास समितिमा पूर्व नियुक्त पदाधिकारीहरू पुनर्बहाली भएका छन्। राप्ती प्रादेशिक अस्पतालका तत्कालीन अध्यक्ष पदम प्रसाद न्यौपानेले आफ्नो कार्यकाल बाँकी नै रहँदा पदमुक्त गर्दै गरिएको नयाँ नियुक्ति गैरकानुनी भएको भन्दै सर्वोच्चमा रिट दायर…

बुटवलको वैकल्पिक उपचार : दीर्घरोगीका लागि राहतको आशा

स्वास्थ्यसमाचार/गीता थापालाई दस वर्षअघि देखिनै कब्जियत, ग्यास्ट्रिक र वाथको समस्या थियो। औषधि खाएपछि केही दिन ठिक लाग्थ्यो, फेरि समस्या दोहोरिन्थ्यो । निजी क्लिनिक धाउँदा–धाउँदै थाकिसकेकी थापाले अब त शरीरको भाग्य यही हो भनेर स्वीकार्नै थालिसकेकी थिइन् । तर, दुई वर्षअघि छिमेकीले भने, “गीता दिदी, बुटवल–१२ मा अहिले आयुर्वेद औषधि निःशुल्क पाइन्छ रे। गएर हेर्नुस त।” त्यसपछि उनी पहिलोपटक शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र पुगिन्। त्यहाँ आयुर्वेद शाखाका कबिराज यमलाल भुसालले उनलाई स्वधेन सेवा, त्रिफला चूर्ण र सताबरी प्रयोग गर्न सुझाए । ‘अब नियमित रूपमा मासिक चेकजाँच गर्न जान्छु,” गीता थापा भन्छिन्,…

स्वास्थ्यमा बुटवलः सेवा प्रवाह र जनशक्ति उत्पादनमा अब्बल बन्दै

स्वास्थ्यसमाचार/रुपन्देहीको बुटवल उपमहानगरपालिका पछिल्लो केही वर्षयता स्वास्थ्य सेवा प्रवाह र स्वास्थ्यकर्मी उत्पादन दुवैमा उल्लेखनीय प्रगति गर्दै आएको छ। एउटै सहरभित्र सरकारी, निजी र सामुदायिक गरी तीनवटै खालका अस्पतालहरूको सन्तुलन, दक्ष जनशक्तिको उपस्थिति, र सेवा पहुँचको विस्तारले बुटवललाई प्रदेशको स्वास्थ्य केन्द्रको रुपमा स्थापित गराउँदै लगेको छ । विगतमा काठमाण्डौ वा भारत पुग्नुपर्ने बाध्यता हटाउँदै बुटवलका अस्पतालहरूले अहिले सामान्यदेखि जटिल सम्मका उपचार सेवा दिन थालेका छन्। लुम्बिनी प्रादेशिक अस्पताल, गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा), तिलोत्तमा अस्पताल, चौराहा अस्पताल, साझा अस्पताल जस्ता स्वास्थ्य संस्थाहरूले दैनिक हजारौं बिरामीलाई सेवा…

रुरुक्षेत्र गाउँपालिकको स्वास्थ्यमा १ करोड १३ लाख बजेट विनियोजन

स्वास्थ्यसमाचार/ रुरुक्षत्रे गाउँपालिकाले  आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा ऐतिहासिक बजेट विनियोजन गर्दै जनस्वास्थ्य सुधार र उपचार पहुँच विस्तारलाई प्राथमिकतामा राखेको छ। गाउँपालिकाले रु. १ करोड १३ लाख ८६ हजार बजेट विनियोजन गर्दै स्वास्थ्य सेवा सुधारको घोषणा गरेको हो।विपन्न, अशक्त र असहाय नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार, घरदैलो सेवा, सुरक्षित मातृत्व, किशोरी स्वास्थ्य, सुत्केरी पोषण प्याकेज, औषधि वितरण, महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन लगायतका कार्यक्रमका लागि छुट्टै रकम सुनिश्चित गरिएको छ। जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिका लागि घरमै स्वास्थ्य परीक्षण, स्वास्थ्य चौकीहरूको पूर्वाधार र औषधिको व्यवस्था, सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स…

डा. प्रवेश श्रीवास्तव आयुर्वेद काउन्सिलको सदस्यमा नियुक्त

स्वास्थ्यसमाचार/  विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव आयुर्वेद चिकित्सा परिषदको सदस्यमा नियुक्ती हुनुभएको छ । रिक्त भएको ९ महिनापछि आयुर्वेद चिकित्सा परिषदले पुर्णता पाएको छ । ।स्वास्थ्य मन्त्री प्रदीप पौडेललेआयुर्वेद काउन्सिलक अध्यक्षमा डा श्याममणि अधिकारी र सदस्यमा दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा कार्यरत डा प्रवेश श्रीवास्ताव, नरदेवी अस्पतालमा कार्यरत डा ऐश्वर्य श्रेष्ठ र क्याम्पस प्राचार्यबाट कीर्तिपुर आयुर्वेद क्याम्पसमा कार्यरत डा शिवमंगल प्रसाद नियुक्त गर्नु भएको हो। डा प्रवेश श्रीवास्ताव लुम्बिनी आयुर्वेद चिकित्सालय बुटबलबाट केहि महिना अघि नबौ तहमा बढुवा भएर दाङको विजौरीमा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयमा…