बुटवलमा स्वास्थ्यको नयाँ बाटो: पहुँच नपुगेकालाई शिविरमार्फत सेवा

बुटवल उपमहानगरपालिकाले स्वाथ्य क्षेत्रलाई प्रथामिकताका गर्दै टोल टोलमा पुगेर स्वाथ्य शिविर आयोजना गर्दै आएको छ । खासगरी स्वाथ्य संस्थामा सहज पहुँच नभएका व्यक्तिहरुलाई उनिहरुलाई सहज रुपमा स्वाथ्य सेवा पहुँच नपुगेका मानिसहरुलाई सहज रुपमा सेवा प्रवाह गर्नको लागि टोल टोलमा स्वाथ्य शिविर आयोजना गरिएको हो ।

केही समय पहिला बुटवलमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, पाठेघर खसेको तथा तल्लो पेटको समस्याको उपचार लगायतका बिबिध प्रजनन् सेवाहरु निशुल्क रुपमा बिभिन्न वडाहरुमा शिविर सञ्चालन गरेको थियो ।

३ सय ३२ जनाले वडा नम्बर ३ र वडा नम्बर ७ मा सेवा लिनुभएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो । ३० बर्ष देखी ६० बर्ष सम्मका दिदीबहिनी तथा आमाहरूको स्वास्थ्यलाई मध्यनजर गरी उक्त शिविर सञ्चालनमा ल्याइएको हो ।

शिविरको मुख्य उदेश्य पाठेघरको मुखको क्यान्सर १० बर्ष पछि पनि क्यान्सर देखिने संभावनालाई तत्काल पत्ता लाग्ने र पर्याप्त उपचार र निधानको समय भएकोले ज्युधनको रक्षाका लागि फाईदा सटेमा रहने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो ।

उक्त शिविरमा ३५ जनाको संकास्पद रिपोर्ट आएकोले क्यान्सर रोग बिशेषज्ञ डाक्टरलाई उपमहानगरपालिकाले फिल्डमै बोलाएर आवस्यक परामर्श गरिएको थियो । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले निजहरुको थप परिक्षण र उपकरणको लागि बिभिन्न सेवा सहितका अस्पतालसँग अधिकतम समन्वय गरी सेवाग्राही आमादिदीहरुलाई सहयोग र साथ दिने बताउनुभयो ।

उक्त निःशुल्क शिविर वार्ड नम्बर ३ मा मंसिर २७ गते र वार्ड नम्बर ७ मा २८ गते सम्पन्न गरेको थियो भने अन्य वार्डहरुमा पुषको दोस्रो हप्ता देखी सञ्चालन गर्ने स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिनुभयो ।

केही समय पहिला बुटवलमा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचारलाई प्राथमिकता दिँदै बुटवल उपमहानगरपालिकाले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताइएको छ ।

उपमहानगरपालिकाले महिलाको पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, आङ खस्ने समस्याका साथै १४ वर्ष मुनिका सबै बालबालिकाको पोषण अवस्थाको परीक्षण गराएको हो । नगर प्रमुख खेलराज पाण्डेयका अनुसार सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको प्राविधिक सहकार्यमा उपमहानगरपालिकाले स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

उपमहानगरपालिकाको वडा नम्बर ११ बुद्धनगर स्थित शहरी स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरबाट अधिकांश स्थानीयबासी लाभान्वित भएको जानकारी दिँदै उनले महिला, बालबालिका र जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा सबै वडामा यस्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने वताउनु भयो ।

‘हामीले बुटवलको स्वास्थ्यलाई स्तरीय बनाउँदै अन्यत्र उपचारका लागि जानु नपरोस् भन्ने गरी केही कामको थालनी गरेका छौं,’ नगर प्रमुख पाण्डेयले भन्नु भयो, ‘यसले बुटवललाई स्वास्थ्य क्षेत्रमा धेरै अगाडि लैजानेछ ।’ उहाले आम्दा अस्पताललाई तीन सय बेडमा सञ्चालन गर्ने र फार्मेसी, नर्सिङको अध्ययनसँगै न्युरोसम्बन्धी उपचारको तयारी गरिरहेको दाबी गर्नु भयो । त्यस्तै, बुटवलमा हाल दुई वटा १५÷१५ बेडका अस्पताल निर्माण भइरहेको र आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने समेत उनले जानकारी गराउनु भयो।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले शिविरमा प्रसुति रोग विशेषज्ञ डा.राजेन्द्र बस्याल, डा.बालगोविन्द्र चौधरी, बालरोग विशेषज्ञ डा.सुन्दर न्यौपाने, स्वास्थ्यकर्मीहरु ज्ञानु केसी, सुनिता चौधरी र शहरी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको परिचालन गरिएको जानकारी दिए ।

केही समय पहिला बुटवल सोसल ग्रुप सँगको सहकार्यमा बुटवल उपमहानगरपालिकाको सहयोगमा बृहत निःशुल्क स्वास्थ्य शिविर गरेको थियो स्वास्थ्य नै धन हो भन्ने उद्देश्य सहित बुटवल उपमहानगरपालिका वडा नं १ मा आयोजना गरिएको शिविरमा २ सय ५६ जनाले स्वास्थ्य चेकजाँच तथा निःशुल्क औषधी वितरण गरिएको थियो ।

बुटवल उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिएको शिविरमा स्त्रीरोग, नाक, कान, घाँटी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञका साथै फिजिसियन ले चेकजाँच गरेका थिए ।शिविरमा बोल्दै बुटबल उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नरेन्द्र बस्नेतले स्वास्थ्य शिविरले घर घरमा रहेका वृद्ध आमाबुबाहरूलाई उपचार गराउन ठुलो सहयोग पुगेको बताए । अस्पताल जान नसक्ने आर्थिक स्थिति कमजोर भएका बिरामीहरूका लागि निःशुल्क स्वास्थ्य शिबिर फलदायी भएको बताएका थिए ।

डा. दिनेश शाक्यले समय समयमा गरिने शिविरहरूले बिरामीको उपचारमा सहयोग मिल्ने बताए । बुटवल उपमहानगरपालिका बडा नम्बर १ का वडा सदस्य अशोक राईले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेर धेरैलाई उपचार र औषधी वितरण गरेर पुण्य काम भएको बताए । वडाका धेरै मानिसहरू स्वास्थ्य शिविरबाट लाभान्वित भएको वताउनु भयो। ।

बुटवलले नगर प्रमुख स्वस्थ शिशु पोषण कार्यक्रम अन्तर्गत – मातृ मृत्यु र शिशु मृत्यु दरमा कमगर्न स्वास्थ्य संस्थामा प्रसुती सेवा लाई बढावा दिनका लागि सुत्केरी आमाहरुलाई रु.२००० सुत्केरी पछि वडा तहबाटै दिने गरिएको छ ।

४.वडा नं ११ र १२ का स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा शुरु गरिएको छ । ५.गर्भवती आमाको स्वास्थ्य सेवालाई ध्यानमा राखी निरन्तर निशुल्क युसीएजी सेवा प्रदान गरिएको छ ।

स्वास्थ्य संस्था दर्ता ,नविकरण , स्तरोन्नति सम्बन्धि मापदण्ड, ,२०८० बनाएर स्वास्थ्य संस्था दर्ता ,नविकरण को कार्य अगाडी बढिरहेको ले मापदण्ड पुगेका करिब ६० वटा स्वास्थ्य संस्थालाई अनुमति प्रमाणपत्र प्रदान गरिएको छ । गर्भवती महिलाहरुलाई लक्षित गरि निःशुल्क प्रयोगशाला सेवा प्रदान गरिएको छ ।

बुटवल उपमहानगरपालिकालाई पूर्ण संस्थागत प्रसुती सेवायुक्त पालिका घोषणा गरिएको छ । १८ वटा वडामा स्वास्थ्य केन्द्रहरु छन् ।प्यारामेडिक्स , नर्सिंगहोम , आयुर्वेदिक, र ल्याब सेवा लागयतका करिब ६५ जना स्वास्थ्यकर्मीबाट स्वास्थ्य सेवा दैनिक रुपमा प्रदान भएको छ ।

 

सम्बन्धित शिर्षक :