महिलाको स्वास्थ्य सशक्तिकरणमा बुटवलको घरदैलो अभियान

स्वास्थ्यसमाचार / बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि सञ्चालित ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।मेडिकल उपचारको लागि स्वाथ्य संस्थामा घण्टौ लाईन लाग्नुपर्ने बाध्याता यो कार्यक्रमले अन्त्य गरेको छ । घर घर मा नै स्थानीयहरुले उपचार पाईरहेका छन् ।

केही समय पहिला बुटवल–१२ तामनगर प्रगति टोलकी एक सय १० वर्षीया ऐरावती बरईको स्वास्थ्य सोमबार परीक्षण गरेर कार्यक्रमको सुरुआत गरिएको छ । बरईको घरमै पुगेर नगरप्रमुख खेलराज पाण्डेयले फलफूल र स्वास्थ्यवद्र्धक सामग्री दिएर अभियानको सुरुआत गरे।ज्येष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए ।

नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेगरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए । चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए। उनले घरबाहिर निस्किन नसक्ने र अपाङ्गता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्याउन थालेको बताए ।

आफ्नो स्वास्थ्य जाँच गराउन आएका बुटवल १२ तामनगर निवासी आत्मराम गौतमले यति सजिलै घर आँगनमा स्वास्थ्य उपचार गराउन पाउँदा निकै नै सहजता भएकोमा खुशी व्यक्त गरे । पहिले अस्पातलमा स्वास्थ्य सेवा लिन जादाँ घण्टौ कुर्नुपर्ने बाध्यता थियो ।
हाल घर आँगनमै विशेषज्ञ डाक्टरसहितको उपचार सेवाले टाढा जानुपर्ने बाध्यता टरेको उनको भनाइ छ । बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले बा—आमासँग नगरप्रमुख कार्य अन्तर्गत ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम गरिएको बताए ।

“ज्येष्ठ नागरिकप्रति स्थानिय सरकार उत्तरदायी छ, भन्ने अनुभुति गराउन बा—आमासँग स्वास्थ्य चेकजाँच अभियान संचालन गरेका हौँ — नगर प्रमुख पाण्डेले भने । ” पाण्डेका अनुसार स्वास्थ्य उपचार कार्यक्रमलाई प्रभावकारी बनाउन लुम्बिनी प्रादेशिक अस्पताल, आम्दाअस्पातल, बुटवलका निजी अस्पताल र स्वास्थ्य केन्द्रसँग सहकार्य गरी पिपिमोडेल अनुसार थप व्यवस्थित गरिदैछ ।
केही समय पहिला बुटवल ६ को जेष्ठ नागरिक मिलन केन्द्रमा कार्यक्रमको शुरुवात गर्दै नगरप्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण र उपचार कार्यक्रम सबै वडाहरुमा सञ्चालन हुने बताए ।

उनले जेष्ठ नागरिकको स्वास्थ्य उपचार गर्नका लागि बुटवलले आगामी वर्ष थप कार्यक्रम सञ्चालन गर्ने बताए। कार्यक्रममा स्वास्थ्य परीक्षण मात्रै नभई बाआमालाई परेका समस्याका बारेमा समेत जानकारी लिइने र त्यसको समाधानको प्रयास गरिने बताए ।नगरप्रमुख पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउनेगरी योजना बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए ।

चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमितरूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए ।
उनले घरबाहिर निस्किन नसक्ने र फरक क्षमता भएका व्यक्तिका लागि सहज होस् भन्ने उद्देश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पु¥याउन थालेको बताए ।

उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. पाठक, स्त्रीरोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी लगायत विशेषज्ञ चिकित्सक, निजी अस्पतालहरुका चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए ।

अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिसमेत निःशुल्क दिइने उनले बताए। वडाहरुमा सञ्चालन भएका यस्ता अभियानले नागरिकको घरदैलोमै सेवा पुग्ने भएकाले लाभ लिन वडाध्यक्षहरु लोकनाथ न्यौपाने र यज्ञप्रसाद पंगेनीले बताए । यो अभियानअन्तरगत बुटवलका सबै वडामा सञ्चालन भइसकेको छ बा आमा संग नगर प्रमुख स्वास्थ्य परिक्षण उपचार कार्यक्रम मार्फत बुटवल उपमहानगरपालिकाका करिब २६०० जना जेष्ठ नागरिकहरुलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ ।नगर प्रवक्ता शिव रानाले घरघरमा पुग्ने स्वास्थ्य परीक्षण कार्यक्रमको लाभ लिन आग्रह गरे। उनले आगामी वर्ष पनि यस्ता अभियान नियमितरूपमा सञ्चालन हुने जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा पाठकले घरदैलोमा पुग्ने यस्तो सुविधाले नागरिकलाई सहज हुने बताए । उनले स्वास्थ्य क्षेत्रबाट बुटवल उपमहानगरपालिकालाई सक्दो सहयोग गर्ने जानकारी दिए ।

कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्याल, औषधि व्यवसायी सङ्घका खड्गबहादुर बस्नेत, निजी अस्पतालहरूको एशोसिएसनका रामप्रसाद खरेललगायतले बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित बाआमासँग नगरप्रमुख कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने जानकारी दिए ।

उपमहानगरपालिकाका १९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा पाठक, स्त्रीरोग विशेषज्ञ डा राजेन्द्र बस्याल, फिजिसियन डा.हरि पन्थी लगायत विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरेका थिए ।

जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए। अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिसमेत निःशुल्क प्रदान गरिएको छ । घरदैलो स्वास्थ्य अभियानबाट धेरै अनुभवप्राप्त भैसकेकाले थप के कस्ता सुविधा दिन सकिन्छ त्यसको तयारीमा पालिका र स्वास्थ्य शाखा लागेका छ, । स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी र फलदायी बन्ने धारणा राख्दै प्रमुख पाण्डेले बुटवलले ज्येष्ठ नागरिकको स्वास्थ्य उपचारमा विशेष चासो दिएको बताए । साथै आगामी वर्षमा यस कार्यक्रमलाई बृहत बनाउने योजना रहेको उनले सुनाए ।

पालिकामा जेष्ठ नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पहूँचमा पु¥याउन बा—आमासँग नगर प्रमुख कार्यक्रमले योगदान गर्ने उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालको भनाइ छ । पालिकामा जेष्ठ नागरिकको सँख्या यकिन गर्न समेत अभियान महत्वपूर्ण रहने बताउँर्दै कार्यक्रमको दायरा थपविस्तार गर्दै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

बृद्धबृद्धा एवम् जेष्ठा नागरिकहरुको जीवनयापनमा सहजता प्रदान गर्ने उद्देश्यले बुटवल उपमहानगरपालिकाले ज्येष्ठ नागरिक र आपङ्गता व्यक्तिहरुका लागि निशुल्क स्वास्थ्य परिक्षण अभियान संचालन गरिएको जनस्वास्थ्य शाखाप्रमुख यूवराज पाण्डेले बताए । स्वास्थ्य सेवा कार्यक्रम संचालनमा आएसँगै यहाँका नागरिकले घरदैलोमा शिविर मार्फत सेवा लिइरहेको पाण्डेको भनाइ छ ।

सम्बन्धित शिर्षक :