स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १० सुख्खनगरक अस्मिता सिंह(नाम परिर्वतन) लामो समय देखि तल्लो पेट दुख्ने समस्याबाट प्रभावित थिईन् ।नजिकै रहेको स्वाथ्य संस्थामा समेत जान लाज लागेर उनले रोग लुकाउँदै आएकी थिईन् ।
तर केही समय पहिला महिला स्वाथ्य स्वयंसेविकाको बाट सल्लाह लिएपछि उनि केही समय पहिला आम्दा अस्पतालमा आयोजना भएको स्वाथ्य परिक्षण शिविरमा सहभागी भइन्, त्यहाँ उनको पाठेघरको क्यानसको पनि परिक्षण गरियो, कुनै समस्या थिएन् ।
उनले तल्लो पेट दुग्ने समस्या, सेतो पानी बग्ने समस्या रहेको पत्ता लाग्यो, चिकित्सकले चेक गरेर औषधी दिएपनि उनको समस्या निको भयो, यसले उनीलाई अव कुनै पनि समस्या छैन । यो एउटा उदाहरण मात्रै हो ।
बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको लागि निःशुल्क भिडियो एक्सरे सेवा र अन्य महिलाहरुको लागि पाठेघरको निःशुल्क स्वाथ्य परिक्षण र क्यान्सर परिक्षण शिविर समेत आयोजना गर्दै आएको छ ।
बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सरे निशुल्क सेवा शुरु गरेको गरेको थियो । गत बर्ष साउन १९ बाट बुटवलमा बुटवल ९ र ११ का लागि बुद्धनगर स्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गरेका थिए ।
सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै कामहरु गरिरहेको बताउँदै शिशु पोषण कार्यक्रमअन्तर्गत २ हजार रुपैयाँ, महिलाहरुको पाठेघरको परीक्षण तथा स्तन क्यान्सर परीक्षण कार्यक्रम गरिरहेको बताए ।
उहाँले बुटवल उपमहानगरपालिकाले १२ वटा स्वास्थ्य संस्थाहरुलाई अझ सुविधासम्पन्न बनाउने र छिटै नै बुटवल १३ र १७ मा सुविधासम्पन्न अस्पताल सञ्चालन हुने बताउँछन् ।
उहाँले महिलाहरुको स्वास्थ्यलाई विशेष ध्यानमा राखेर नियमित रुपमा स्वास्थ्य परीक्षण शिविरहरू सञ्चालन गरिरहेको बताए । उनले चालु आर्थिक वर्षमा जेष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरी महिलाहरुलाई दुग्धवर्धक जटिबुटीजन्य सामग्री प्रदान गर्ने र दन्त शिविरहरू सञ्चालन गर्ने कार्यक्रम रहेको बताए ।
कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका निर्देशक भुवन कुँबर, वडा नं ९ का अध्यक्ष प्रदीप श्रेष्ठ, ११ का अध्यक्ष रामचन्द्र क्षेत्रीले बोल्दै बुटवलमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति भएको बताए । अबदेखि बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको शहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाहरुबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सरे निशुल्क सेवा सञ्चालन हुने स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेले बताए ।
बुटवलका बासिन्दाका लागि लक्षित भएकाले सेवाग्राहीको चापलाई ध्यानमा राखेर सेवा विस्तार गर्ने उनले बताए । सेवाग्राहीको चाप र मागअनुसार सबै स्वास्थ्य संस्थाहरुबाट नियमित रुपमा निशुल्क सेवा दिने गरी तयारी भइरहेको उनले बताए ।
प्रतिकया दिनुहोस्