स्वास्थ्यसमाचार/ मयुर बचत तथा ऋण सहकारी संस्था, सिद्धार्थनगर भैरहवाद्धारा नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीको प्राविधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष तथा सिनपा वडा नं. ३ का निवर्तमान वडा अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षता एवम् नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीका उपसभापति तथा रक्तसञ्चार सेवा समिति, रुपन्देहीका संयोजक युवा समाजसेवी सुशील गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गुरुङ्गले सहकारी संस्थाहरु छरिएर रहेको बचतलाई उत्पादकत्वमा योगदान दिएर राष्ट्र निर्माणमा नै टेवा पु¥याएकोले अब रक्तदान जस्तो पवित्र कार्यलाई निरन्तरता दिइ रगतको अभाव हुन नदिएर विरामीको ज्यान जोगाउने कार्यमा पनि अग्रसर हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उत्कृष्ट लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खिम बहादुर कार्की, संस्थाका संस्थापक अध्यक्ष कृष्ण प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष दिपक कुँवर, लेखा संयोजक गणेश प्रसाद बेल्बासे, राज कुमार कुँवर, व्यवस्थापक मन्जु पाण्डे लगायतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रम मार्फत कुल २६ प्वाइण्ट रगत संकलन गरिएको थियो भने कार्यक्रममा उपाध्यक्ष लेखनाथ भण्डारीकोे स्वागत तथा सचिव सविना अर्यालको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


प्रतिकया दिनुहोस्