लुम्बिनी प्रादेशिक अस्पताललाई ‘टिचिङ हस्पिटल’ का रूपमा विकास गर्नु आवश्यक: स्वास्थ्यमन्त्री डा. शर्मा

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमले “संघीय सरकारले लुम्बिनी प्रादेशिक अस्पताल जस्ता ठूला अस्पतालहरूको संरचनालाई चिकित्सक उत्पादन गर्ने ‘टिचिङ हस्पिटल’ का रूपमा विकास गर्ने हो भने, देशभर मेडिकल कलेज थप खोल्दै जानुपर्ने आवश्यकता नरहने बताउनु भयो ।

स्वास्थ्य क्षेत्रको लागी दिगो स्वास्थ्य प्रणालीको यही मार्ग रहने बताउनु भयो। लुम्बिनी प्रादेशिक अस्पतालको अवलोकन भ्रमणका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम यस्तो बताउनु भयो ।

उहाले लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदान भइरहेका सेवा तथा जनशक्ति व्यवस्थापनबारे प्रत्यक्ष रुपमा जानकारी लिनुभयो। उहाँले बैठक कक्षमा राखिएको विवरण हेर्दै अस्पताल हाल कति शय्यामा सेवा सञ्चालन भैरहेको छ, दैनिक÷मासिक रूपमा कति बिरामीले सेवा लिइरहेका छन्, तथा कति स्वास्थ्यकर्मीबाट सेवा दिइँदैछ भन्ने जिज्ञासा समेत राख्नुभएको थियो।

उहाँलाई मेडिकल सुपरिटेन्डेन्ट डा. इन्द्र ढकालले तथ्यांक प्रस्तुत गर्दै, सीमित जनशक्ति भए पनि टेलिमेडिसिन, इमरजेन्सी, वार्ड, प्रयोगशाला, र आई.सी.यु. सेवा प्रभावकारी रूपमा सञ्चालन भैरहेको जानकारी गराउनु भयो । मन्त्री गौतमले “बिरामीको चाप धेरै छ, तर सीमित जनशक्तिबाट पनि सकेसम्म सेवा दिइरहनु स्वदेशप्रति समर्पणको उदाहरण हो” भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गर्नुभयो।

अवलोकनका क्रममा उहाँले आई.सी.यु. कक्षमा प्रत्येक बिरामीका लागि छुट्टै कुरुवा (ब्ततभलमबलत) बस्न सक्ने बेडसहितको व्यवस्था देखेर खुशी व्यक्त गर्नुभयो। साथै, टेलिमेडिसिन सेवा, इमरजेन्सी व्यवस्था र एम.आर.आई. मेशिन जडानको प्रगतिलाई सराहना गर्दै ती सेवाहरूलाई अझ व्यवस्थित र पहुँच योग्य बनाउन सुझाव दिनुभयो।

यस्तै, उहाँले बिरामी र सेवाग्राहीबाट आएका जनगुनासो प्रत्यक्ष रूपमा सुन्दै तत्काल सुधारका लागि सम्बद्ध निकायलाई निर्देशन दिनुभयो। स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरू, विज्ञ चिकित्सक, तथा अस्पताल व्यवस्थापन टोलीलाई संलग्न गराउँदै उहाँले अवलोकनात्मक छलफल सम्पन्न गर्नुभयो

सम्बन्धित शिर्षक :