स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्माले आज लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको छ । जुकाको औषधी खुवाउने राष्ट्रिय अभियानको उद्घाटनका लागि कपिलवस्तु पुग्नु भएका मन्त्री शर्माले सोही क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पनि निरीक्षण गर्दै अस्पतालका सेवा–सुविधा तथा विस्तारका योजनाबारे जानकारी लिनुभयो।
निरीक्षणपछि मन्त्री शर्माले बालबालिका तथा किशोर किशोरीमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्ने उद्देश्यले टेलिमेडिसिन मार्फत मानसिक रोगहरूको विशेषज्ञ परामर्श तथा उपचार कक्ष संचालनमा आएको जानकारी दिनुभयो।जन्मजात वा जन्मपछि १९ वर्षसम्म देखापर्ने सबै प्रकारका मानसिक स्वास्थ्य समस्या वा मानसिक रोगहरूको परामर्श तथा उपचार सेवा लुम्बिनी प्रादेशिक अस्पतालमै टेलिमेडिसिन प्रणालीबाट सुरु गरिएको छ।
यस सेवाले अस्पताल आउन नसक्ने बिरामीलाई घरमै बसेर कुनै पनि सामाजिक सञ्जाल वा नेटवर्कमार्फत भिडियो कल गरेर मानसिक रोग विशेषज्ञसँग परामर्श लिन सक्ने व्यवस्था गरेको छ।
आवश्यकता अनुसार यहीबाट हायर सेन्टर वा अन्य विशेषज्ञ अस्पतालमा टेलिमेडिसिनमार्फत रिफर गरेर थप उपचार पनि सहज रूपमा गर्न सकिने अस्पतालले जनाएको छ। स्वास्थ्यमन्त्री ले अहिले जेन्जिलाइ मानसिक समस्या भएर कति आउनु भएको छ ।
थप उपचार र मानसिक समस्या हुन नदिन,बिदेश जानुपर्ने बाध्यता भएको श्रमिक हरुलाई परेका मानसिक समस्यालाई सम्बोधन कसरी गर्न सकिएला भन्ने जिज्ञासा राख्नुभएको थियो ।
सरकारको प्राथमिकतामा रहेको मानसिक स्वास्थ्य सेवा विस्तारको अभियानसँग जोडिएको यो सेवा लुम्बिनी प्रदेशमा पहिलोपटक औपचारिक रूपमा संचालनमा आएको हो।आमा सुरक्षाको बारेमा प्रदेश भरी कति सुत्केरी हुनेको अबस्था र अस्पतालमा कति सेवा पाएका छन जिज्ञासा राख्नु भएको थियो।
मन्त्री डा सुधा शर्माले अस्पतालको इमर्जेन्सी ,रक्त संचार केन्द्र फार्मेसी ,एम आर आइ जोडिएको स्थान लगायत हेर्दै ,नयाँ भौतिक संरचना निर्माण भवन को अबलोकन गर्नुभएको थियो ।
लुम्बिनी प्रादेशिक अस्पतालका एम एस एसफोकल पर्सन दयासागर पन्थीले भन्नुभयो, यस सेवाबाट दुरदराजका बालबालिका र किशोर किशोरीलाई समयमै मानसिक स्वास्थ्यको मूल्यांकन, परामर्श र उपचार प्राप्त गराउन टेलिमेडिसिन महत्वपूर्ण माध्यम बनेको छ। अस्पतालका मेसु डा.इन्द्र ढकालले मन्त्रीलाई अस्पतालको वारे जानकारी गराउनु भएको थियो ।


प्रतिकया दिनुहोस्