बुटवल हस्पिटल प्रा.लि.मा ९५ बर्षिय न्यौपानेको हर्नियाको शल्यक्रिया

स्वास्थ्यसमाचार/ आजभोलि बिरामीहरूका लागि शल्यक्रिया (अप्रेशन) गर्ने कुरा समान्य जस्तै बन्दै गएको छ । तर शल्यक्रिया गर्नका लागि अन्य धेरै कुराहरु मिलेको हुनुपर्छ । त्यति हुर्दा हुदै पनि उमेर अवस्था पनि एउटा महत्वपुर्ण पाटो हो । तर ९५ वर्ष पुरा भइसक्नु भएका एक जना जेष्ठ नागरिकको हिम्मतले चिकित्सकहरुलाई पनि जिल खुवाएको छ । स्वास्थ्य अवस्था समान्य नै भएपनि हर्नियाको समस्याबाट ग्रसित गुल्मी अर्वेनीका रुक्मागत न्यौपानेले बुटवल हस्पिटल प्रा.लि.मा शल्यक्रिया गर्नु भएको छ । उमेर अवस्थाले गर्दा घर परिवारदेखि स्वयंम चिकित्सकहरुले पनि निर्णय लिन नसकिरहेको अवस्थामा बिरामी न्यौपानेको हिम्मतको अगाडि उमेर…

फागुन महिनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ अभियान सञ्चालन गर्दै सरकार

काठमान्डौ/सरकारले आगामी फागुन महिनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने अभियान सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशन अनुसार स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले आगामी फागुन महिनामा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने अभियान सञ्चालन गर्ने भएको हो । सो अभियानमा ३० देखि ४९ बर्ष उमेर समूहका महिलाहरुको भिआईए टेष्ट विधिबाट स्क्रिनिङ गरिन्छ ।स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको परिवार योजना तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख शर्मिला दाहाल पौडेल भन्छिन्, ‘पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रम यसअघि पनि थियो, तर नियमित कार्यक्रममा त्यति प्रभावकारी देखिइरहेको थिएन ।…

लुम्बिनी प्रदेश सरकार विश्व स्वास्थ्य संगठन संग सहकार्य गर्न तयार छः मुख्यमन्त्री आचार्य

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशमा देखा परेका स्वास्थ्य समस्या निदान गर्न विश्व स्वास्थ्य संगठन संग सहकार्य गर्न प्रदेश सरकार तयार र रहेको बताउनु भएको छ । विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरुसँग सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा मुख्यमन्त्री आचार्यले विश्व स्वास्थ्य संगठन संग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तयार ररहेको बताउनु भएको हो । तथ्यांकको आधारमा लुम्बिनी प्रदेशमा बाल मृत्युदर, मातृ मृत्युदर, बालविवाह, कुपोषण, मानसिक रोग, नसर्ने रोग जस्ता स्वास्थ्य समस्या उच्च ररहेको छ । यि स्वास्थ्य समस्या निदानको लागि प्रदेश सरकारको एक्लो प्रयासले…

स्वास्थ्य क्षेत्र सुधार गर्न ५५ बुँदा लिएर अगाडि बढेको छु :स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार /लुम्बिनीका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले स्वास्थ्य क्षेत्रको सुधारमा लागिपरेको वताउनु भयो ।उहाले स्वास्थ्य क्षेत्र सुधार गर्न मन्त्रालयको जिम्मेवारी सम्हालेपछि ५५ बुँदा लिएर अगाडि बढेको वताउनु भएको छ । भीम अस्पताल भैरहवा, रुपन्देहीमा आयोजना गरेको अस्पतालबाट प्रवाह हुने सेवा तथा गुणस्तरकोबारे छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले यस्तो वताउनु भएको हो । उहाले भीम अस्पतालप्रति सेवाग्राहीको विश्वसनीयता बढ्नु सकारात्मक पक्ष भएको वताउनु भयो । ‘अस्पतालको स्तरोन्नतिमा लाग्नुपर्छ । यो अस्पतालमा बिरामीको चाप बढेको छ । सरसफाईमा ध्यान दिइएको छ उहाले भन्नु भयो, यो कायम राख्नुहोला । नेतृत्व र व्यवस्थापन महत्वपूर्ण…

विश्व एड्स दिवस : रुपन्देहीका पालिका स्तरीय क्वीचमा मायादेवी प्रथम

स्वास्थ्यसमाचार/विश्व एड्स दिवसकाे अवसरमा रुपन्देहीमा पालिका स्तरीय क्वीच प्रतियोगिता गरिएकाे छ । एचआईभी एड्सकाे क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संस्थाहरुकाे सहयोगमा जिल्ला समन्वय समिति रुपन्देहीकाे आयोजनामा भएकाे उक्त प्रतियोगितामा मायादेवी गाउपालिका प्रथम भएकाे छ । प्रतियोगितामा कञ्चन गाउपालिका द्वितीय, देवदह नगरपालिका तृतीय र मर्चवारी गाउपालिका सान्त्वना भएका छन् । प्रतियोगितामा रुपन्देहीका १६ वटै पालिकाकाे सहभागिता रहेकाे थियाे । प्रतियोगितामा प्रथम भएकाे मायादेवी गाउँपालिकालाई ८ हजार रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएकाे छ । त्यस्तैगरी द्वितीय भएकाे कञ्चनलाई ६ हजार, तृतीय भएकाे देवदहलाई ४ हजार र सान्त्वनामा समेटीएकाे मर्चवारी गाउँपालिकालाई नगद…

बुटवलको ट्राफिक चोक,सहित तीन स्थानमा घुम्ती शौचालय

स्वास्थ्यसमाचार/बुटवलका ३ स्थानमा घुम्ती शौचालय राखिने भएको छ । बुटवल उपमहानगरपालिकाले बुटवलको ट्राफिक चौक, अस्पताललाईन र राजमार्ग चौराहामा घुम्ती शौचालय राख्न लागेको हो । त्यसका लागि नगरपालिकाले आईतबार सञ्चालनको लागि जिम्मा पाएको बुटवल सेनेटरी प्रालिलाई सम्झौता तथा शौचालयको चाँपी हस्तान्तरण गरेको छ ।सम्झौता अनुसार ट्राफिक चौकको दुर्गा मन्दिरको पूर्वपट्टि, अस्पताल लाइनमा पुष्पलाल चोकको पूर्वपट्टि र राजमार्ग चौराहमा घुम्ती शौचालय रहनेछन् । सम्झौता तथा चाँपी हस्तान्तरण कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले पैदल यात्री, यातायातको साधान प्रयोग गर्ने यात्रीहरुको लागि घुम्ती शौचालय प्रभावकारी हुने बताउनु भयो । उहाँले कुनै मेला…

ग्यास्ट्रो सेन्टरले मनायो प्रथम बार्षिक उत्सव :एक बर्षमा २५८७ को उपचार, ३०५ जनाको निःशुल्क उपचार

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर ८ तिलोत्तमा पथमा रहेको ग्याष्ट्रो सेन्टर प्रालिले एक बर्षमा २ हजार ५ सय ८७ जनाको सफल उपचार गरेको छ । प्रथम बार्षिक उत्सवको अवसरमा बुटवलमा आयोजित पत्रकार सम्मेलन कार्यक्रममा प्रालिका  डा. मोहन भुषालले स्थापनाको पहिलो बर्ष संस्थाको उदेश्य अनुसार सफल भएको जानकारी दिए । एक बर्षमा उपचार भएका विरामीहरु मध्ये ३ सय ५ जनालाई निःशुल्क रुपमा सेवा प्रवाह गरेको डा. भुसालको भनाई रहेको छ । एक बर्षमा ७५ जना विरामीमा क्यान्सर समेत देखिएको देखिएको र उपचारको लागी सिफारिस गरिएको थियो । देखिएको क्यान्सर कुनै पहिलो चरणको…

नेपाल फिजीयो थेरापी संघ लुम्बिनीको पदस्थापन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार / नेपाल फिजीयो थेरापी संघ लुम्बिनी प्रदेशको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। मिलनचोक स्थीत एसियन होटलमा भएको कार्यक्रममा अध्यक्ष डा. अबिनास लम्सालको अध्यक्षतामा कार्यक्रम भएको थियो। डा. प्रकाश चापागाईको अध्यक्षतामा ११ जनाको कार्यसमिति चयन भएको सचिब डा. आशिष ढकालले बताउनु भयो।

दाङमा हात्तीपाइले रोग नियन्त्रण गर्न आइडिएफ इम्प्याक्ट सर्भे गरिने

स्वास्थ्यसमाचार/ दाङमा हात्तीपाइले रोग नियन्त्रण गर्न आइडिएफ इम्प्याक्ट सर्भे गरिने भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत दाङमा आइडिएफ इम्प्याक्ट सर्भे कार्यक्रम सञ्चालन हुन लागेको हो । सर्भेपछि प्राप्त नतिजा अनुसार मात्रै नेपाल सरकारले दाङमा हात्तीपाइले विरुद्धको औषधी अभियान पुनः सञ्चालन गर्ने वा यो अभियानलाई बन्द गर्ने भन्ने निर्णय लिने बताइएको छ । आइडिएफ इम्प्याक्ट सर्भेका लागि प्राविधक टोली खटिइसकेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ । सर्भेका लागि दाङ जिल्लाका १० वटा पालिकालाई ३० वटा क्लस्टरका रूपमा विभाजन गरिएको छ ।…

नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो

स्वास्थ्यसमाचार/नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआईभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआईभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआईभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको बताए । उनले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न…