स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पतालको सेवा स्थिति, प्रगति तथा चुनौतीबारे स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठसँग विस्तृत छलफल गरिएको छ।
अस्पतालका प्रमुख डा. इन्द्र ढकाल, प्रशासन प्रमुख प्रेम गौतम, नर्सिङ प्रमुख नेहा थापा बिभागीय प्रमुखहरू लगायत जिम्मेवार अधिकारीहरू को उपस्थितिमा भएको छलफलमा अस्पतालले प्रदान गर्दै आएको सेवा, जनशक्ति व्यवस्थापन, टेलिमेडिसिन तथा आई.सी.यु. सेवाको अवस्थाबारे जानकारी प्रस्तुत गरिएको थियो।
छलफलमा नर्सिङ जनशक्ति न्यून हुनुले सेवामा समस्या र टेलिमेडिसिन सेवालाई अझ सुदृढ बनाउन आवश्यक सुधारका प्रस्तावहरू राखिएका थिए। विभागीय प्रमुखहरूको भनाइ अनुसार, अस्पतालमा उपचार गर्न आउने बिरामीहरु मध्ये ६० प्रतिशत बिरामी लुम्बिनी प्रादेशिक अस्पतालमा आउने तथ्याक रहेको बताउनु भयो ।
अस्पतालमा डायलायसिस गर्नुपर्ने बिरामीको अत्यन्तै धेरै चाप भएको र बिरामीले पालो पाउन गा¥हो भएको ,मेसिन लगातार चलाउन पर्दा पटकपटक बिग्रने समस्या हल गर्न विभिन्न जिल्ला स्थित अस्पतालहरुमा छिटो भन्दा छिटो डायलासिस सेवा सुरु गराउन समेत आग्रह गरिएको छ ।
स्वास्थ्य सचिव श्रेष्ठले अस्पतालको आई.सी.यु सेवाको ब्बस्थापन नमुना सेवा रहेको भन्दै प्रशंसा गर्नुभएको थियो। आई.सी.यु.का बिरामीका कुरुवालाई बस्नका लागि गरिएको व्यवस्थित व्यवस्थालाई समेत ‘उत्कृष्ट र अन्य अस्पतालले अनुकरण गर्न लायक’ देखिएको बताउनु भयो।
उहाँले जनशक्ति व्यवस्थापनमा सुधार तथा सेवा विस्तारका लागि आवश्यक कदम चाल्ने बताउनुभयो।स्वास्थ्यकर्मीहरूको अभावका बीच नवीन प्रविधि प्रयोग गरी बिरामी सेवा विस्तार गरिएको भन्दै सचिव श्रेष्ठले टेलिमेडिसिन लाई बिस्तार गरि थप सेवा दिन सकिने बताउनु भयो ।
अस्पतालका बिभागीय प्रमुखहरूले आवश्यकता अनुसार जनशक्ति उपलब्ध गराइने हो भने सेवा गुणस्तर थप उकासिने विश्वास व्यक्त गरे। स्वास्थ्य सचिवले अवलोकनपछि अस्पतालको दीर्घकालीन सुधारका लागि सरकारबाट समन्वय र सहयोग गरिने आश्वासन दिनुभयो।
लुम्बिनी प्रादेशिक अस्पतालले प्रदेशभित्र मात्र होइन, बाहिरबाट पनि बिरामी आकर्षित गर्दै आएको छ। अस्पताल प्रशासनले सेवा विस्तार, जनशक्तिव्यवस्थापन र प्रविधि प्रयोगलाई प्राथमिकतामा राख्दै अघि बढाइरहेको सचिबलाई जानकारी गराईएको थियो ।

प्रतिकया दिनुहोस्