गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्राथमिकता: स्वास्थ्यमन्त्री सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । राप्ती प्रेस मञ्चले  आयोजना गरेको पत्रकारहरुको आँखा तथा स्वास्थ्य जाँच शिविरको उद्घाटन गर्दै उनले प्रभावकारी र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार निरन्तर कार्यरत रहेको स्पष्ट पारेका हुन । उनका अनुसार प्रर्वद्धनात्मक उपचार सेवामा सरकारले ध्यान बढाएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना संस्थाका रूपमा अघि बढाउने लक्ष्य लिइएको छ । आधारभूत स्वास्थ्य सेवा बलियो बनाउँदै लगिएको छ । गाउँ तथा दुर्गम क्षेत्रमा चिकित्सक पठाउने व्यवस्थालाई सन्तुलित बनाइएको छ । स्वास्थ्यमन्त्री सारुले पत्रकारको…

लुम्बिनी प्रदेश फार्मेसी संघको दुई दिने पूर्ण बैठक घोराहीमा सम्पन्न

स्वास्थ्यसमाचार/ दाङको घोराहीमा नेपाल फार्मेसी संघ, लुम्बिनी प्रदेशको दुई दिने पूर्ण बैठक  सम्पन्न भएको छ। संघका प्रदेश अध्यक्ष खेमराज तिवारीको अध्यक्षतामा तथा संघका केन्द्रीय सचिव ध्रुब कुमार शर्माको प्रमुख आतिथ्यतामा बैठक सञ्चालन गरिएको थियो। कार्यक्रममा प्रदेशका पाँच जिल्लाका जिल्ला अध्यक्ष, महासचिव तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सचिव शर्माले सन् २०१९ मा संघले सुरु गरेको “नेपालमा सुरक्षित औषधि” अभियानमार्फत देशभर पाँच लाखभन्दा बढी जनतालाई औषधि सम्बन्धी सचेतना फैलाउन सफल भएको गराउनु भयो।  उहाँले उक्त अभियानको प्रभावका कारण बजारमा रहेको नक्कली औषधिको मात्रा ३० प्रतिशतले कमी आएको…

रुपन्देहीमा क्षयरोगको जोखिम बढ्दै: १८३३ संक्रमित, ५४ जनाको मृत्यु

स्वास्थ्यसमाचार/ रुपन्देहीमा क्षयरोगीको संख्या बढदै गएको छ ।स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा हाल सम्म १८ सय ३३ जना क्षयरोगी रहेका छन्  ।भने ५४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यलय रुपन्देहीका बरिष्ठ क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीले बताउनु भयो । सरकारले २०३० सम्म प्रति एक लाखमा २० जनामा भन्दा बढीमा क्षयरोगको संक्रमण फैलिन नदिने लक्ष्य लिएको बताउनु भयो । क्षयरोगको लक्षण देखिने साथ नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन जानु पर्ने बताउनु भयो । संक्रमण दर घटाउने लक्ष्य राखेको भए पनि जिल्लामा संक्रमणको दर बढेको उहाँको भनाई छ । रुपन्देही सीमाक्षेत्र भएकोले पनि नियन्त्रणमा समस्या…

डा.बुढाथोकी र डा. झा मेडिकल काउन्सिलको सदस्यमा नियुक्त

स्वास्थ्यसमाचार/ सरकारले नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा दुई जना चिकित्सक नियुक्त गरेको छ । स्वास्थ्य मन्त्री डा. सुधा शर्माले बिहीबार मन्त्री स्तरीय निर्णय गर्दै मन्त्रालयका प्रबक्ता डा. प्रकाश बुढाथोकी र डा. ईन्द्र कुमार झालाई सदस्य पदमा नियुक्त गर्नुभएको हो । बुढाथोकी डेन्टलको तर्फबाट नियुक्त गरिएको हो । डा. झा भने वीर अस्पतालमा कार्यरत हुनुहुन्छ । झालाई मेडिकल समूहबाट नियुक्त गरिएको हो ।  

HIV, TB र Malaria नियन्त्रण समाजको साझा जिम्मेवारी मन्त्री :सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा ग्लोबल फण्ड र यूएनडीपीको सहकार्यमा “Strengthening Health Resilience in Nepal : HIV, TB & Malaria Sharing Meeting” दाङको देउखुरीस्थित लुम्बिनी सभा हलमा सम्पन्न भएको छ। बैठकको उद्घाटन प्रदेश स्वास्थ्य मन्त्री खेम सारुले गर्नुभयो । कार्यक्रममा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालय प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्र स्वास्थ्य विज्ञ, साझेदार संस्थाहरूको सहभागिता थियो। कार्यक्रममा लुम्बिनी प्रदेशमा HIV, टीबी र मलेरियाको वर्तमान अवस्था, उपचारको पहुँच, जोखिम समूह पहिचान तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। मन्त्री सारुले “HIV, TB र Malaria नियन्त्रण केवल उपचारको कुरा मात्र…

रुपन्देहीमा क्रस–बोर्डर क्षयरोग नियन्त्रणबारे १ दिने अभिमुखीकरण

स्वास्थ्यसमाचार/ रुपन्देही क्रसबोर्डर क्षेत्रमा कार्यरत सरोकारवालाहरु लाई क्षयरोग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको छ ।बिएनएमटी नेपालको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीको समन्वयमा भैरहवामा क्षयरोग सम्बन्धी १ दिने अभिमुखीकरण कार्यक्रम गरिएको हो । जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख जनस्वास्थ्य प्रशासक उमा थापाको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रम सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो । अभिमुखीकरण कार्यक्रममा वोल्दै स्वास्थ्य कार्यलय रुपन्देहीका बरिष्ठ क्षय कुष्ठ अधिकृत टिकाराम अधिकारीले जिल्लाको अबस्था संख्या भैरहेको काम र क्षयरोग रोकथाम तथा सचेतना अपनाउनु पर्ने कुराको जानकारी गराउनु भयो । कार्यक्रममा भैरहवा भन्सारका निमित्त प्रमख…

रुकुम पूर्वमा छैन ब्लड बैंक -बिरामी बचाउन दैनिक ‘हारगुहार’

स्वास्थ्यसमाचार/ नेपालकै कान्छो जिल्ला रुकुमपूर्वमा ब्लड बैंक छैन । ब्लड बैंक स्थापना नहुँदा बिरामीहरूको ज्यान जोगाउन हारगुहार गर्नुपर्ने बाध्यता छ । दुर्गम भूगोल र कठिन पहुँचका कारण यहाँका नागरिकहरू अझै आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित नै छन् । नेपालको संविधान २०७२ अनुसार राज्य पुनर्संरचनापछि स्थापना भएको रुकुमपूर्व तीनवटा गाउँपालिका सिस्ने, भूमे र पुथा उत्तरगंगा मिलेर बनेको छ । यी गाउँपालिकाका ३१ वटा वडामा बसोबास गर्ने बासिन्दा स्वास्थ्य उपचारका क्रममा रगतको अभावमा कठोर समस्या भोग्दै आएका छन् । रुकुमपूर्व अस्पतालका सूचना अधिकारी सृष्टि कोइरालाका अनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा…

अस्पतालमा मिठो बोल्ने नर्स मात्र कि उपचारमा आउने सेवाग्रही पनि?

स्वास्थ्यसमाचार /अस्पतालको ढोका पार गर्दा बिरामी शरीरभन्दा ठूलो बोझ मुटुमा बोकेर भित्र छिर्छन—डर, आशा, चिन्ता र पीडा। त्यही बेला उनीहरूलाई औषधि भन्दा पहिले सुनिने उपचार हो-कसैको बोली। “नडराउनु है, हामी तपाईंको साथमा छौं” भन्ने एक वाक्यले कहिलेकाहीँ सुईभन्दा छिटो मन निको पारिदिन्छ। तर यहाँ प्रश्न उठ्छ-के मिठो बोली नर्सको मात्रै कर्तव्य हो, कि सेवाग्रही बिरामीको पनि? अस्पतालको इमरजेन्सी कक्ष कहिल्यै सुन्निन्न। घडीको काँटा बिउँझिएको झैँ दौडिरहन्छ। एउटी नर्स थकान बिर्सेर रिपोर्ट पल्टाइरहेकी हुन्छिन्। उनी सोध्छिन्, “दाइ, कति दिनदेखि दुखिरहेको हो?” कहिलेकाहीँ उत्तर शान्त हुन्छ-“हिजोदेखि है।” तर धेरैजसो पटक उत्तेजित जवाफ…

स्वास्थ्य मन्त्रालयको निर्देशन- १० वर्षभन्दा पुरानो एम्बुलेन्स प्रयोग नगर्नू

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० बर्षभन्दा पुरानो एम्बुलेन्स प्रयोग नगर्न निर्देशन दिएको छ। मन्त्रालयले आज सार्वजनिक सूचना निकाली १० बर्ष भन्दा पुरानो एम्बुलेन्स प्रयोग गरे सञ्चालन अनुमति दर्ता खारेज हुने भन्दै पुरानो एम्बुलेन्स प्रयोग नगर्न भएको हो। मन्त्रालयले एम्बुलेन्स सेवा व्यापारिक रूपमा प्रयोग भएको तथा निर्देशिका विपरीत सञ्चालन गरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। ‘स्वास्थ्य संस्थाका नाममा उपलब्ध गराइएका एम्बुलेन्सहरू अस्पताल पूर्व स्वास्थ्य सेवा बाहेक अन्यत्र प्रयोगमा ल्याइएमा कानुनी कारबाही देखि दर्ता खारेजीसम्म हुनसक्छ,’ सूचनामा उल्लेख गरिएको छ। यस्तै मन्त्रालयले नेपालबाट भारत लैजानु पर्ने एम्बुलेन्सलले भारतीय दूतावासबाट आवश्यक परमिट…

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाइँदै

स्वास्थ्यसमाचार/ सरकारले विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउँदैछ। नोभेम्बर १८ देखि २४ सम्म एन्टीमाइक्रोबियल रेजिस्टेन्स (एमएमआर) विरुद्धको आवाज उठाउँदै सरकारले यो विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह मनाउन लागेको हो। यस वर्ष ‘प्रतिजैविक प्रतिरोध रोकथाममा आजैबाट जुटौँ, हाम्रो वर्तमान जोगाऔँ, भविष्य सुरक्षित पारौँ’ भन्ने नारा तय गरिएको छ। रातो धर्का भएका औषधि चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रेसक्रिप्सन बिना सेवन गर्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रातो धर्का भएका औषधिहरु सधै स्वास्थ्यकर्मीको सल्लाहमा मात्र सेवन गर्न मन्त्रालयको आग्रह छ। औषधिको अनुचित प्रयोग तथा दुरुपयोगले प्रतिजैविक अर्थात् एन्टीमाइक्रोबियल रेजिस्टेन्सको जोखिम बढाउँछ।