स्वास्थ्यसमाचार/ दाङमा दुई वर्षअघि निर्माणको काम सम्पन्न हुनुपर्ने ट्रमा सेन्टर निर्माणको काम अझै सकिएको छैन । आगामी जेठ अन्तिम साता निर्माणको सबैकाम सक्नेगरी अहिले ट्रमा सेन्टरको पूर्वाधारको काम चलिरहेको छ । लुम्बिनी प्रदेश सरकारले निर्माणकार्य चाँडो सम्पन्न गर्न निगरानी बढाएको हो ।
सरासर काम भएको भए दुई बर्ष अघिनै ट्रमा सेन्टरको भौतिक निर्माणको काम सकिने थियो । तर, निर्माण कम्पनीसंग सम्झौता भएपनि ढिलोगरी काम सुरु भएकै कारण चालु आर्थिक बर्षको जेठ अन्तिम भित्र काम सम्पन्नगर्नेगरी निर्माणको काम अहिले चलिरहेको हो । हिजोआज दैनिक ५० जना भन्दा बढी श्रमिक भवन निर्माणको काममा सहभागि छन् ।
ट्रमा सेन्टरको सबै भौतिक प्रगती ८० प्रतिशत भन्दा बढी पुरा भइसकेको सहरी विकास तथा भवन कार्यालय दाङका प्रमुख ईश्वरीप्रसाद देवकोटाले जानकारी दिएका हुन् । मुख्य भवन सहित चिकित्सकको आवास, चमेनागृह लगायतका संरचनापनि बनेर सकिने अवस्थामा छन् ।
पूर्व पश्चिम राजमार्गमा हुने सवारी दुर्घटनाका घाईतेको उपचारलाई प्रभावकारी बनाउने उद्देश्यले प्रदेश सरकारले ट्रमा सेन्टरको अवधारणा अघि सारेको थियो । प्रदेश सरकारको स्थापनाको अवधिबाटनै यो योजनालाई महत्वकासाथ सरकारले अघि बढाएको हो ।
लुम्बिनी प्रदेश सरकारले ट्रमा सेन्टर २०८० असार २३ गतेभित्र निर्माण सक्र्ने गरी २०७७ फागुन २८ गते लामा एन्ड गौरी शङ्कर हिमालयन कन्स्ट्रक्सन प्रालि काठमाडौँसँग ठेक्का सम्झौता भएको थियो ।
निर्माणको कामलाई तिब्रता दिन प्रदेश सरकारले निगरानी बढाउदै लगेको स्वास्थ्यमन्त्री खेमबहादुर सारुले बताए ।‘सवारी दुर्घटना बढी हुने क्षेत्र हो । यहाँ ट्रमा उपचार गर्नेगरी अस्पताल बनाउने योजना अनुसार पूर्वाधार बनाउने काम चलिरहेको छ ।
निर्माणको काम छिटो सकेर सेवा सुरु गर्ने योजना छ’उनले भने,‘बजेटको अभाव नहुन दिनपनि हामिले ध्यान दिनेछौं ।’ ट्रमा सेन्टर निर्माण भएपछि हाडजोर्नी न्युरो लगायत जनरल उपचार समेत हुने छ ।

प्रतिकया दिनुहोस्