अखिल क्रान्तिकारीद्वारा आम्दा अस्पताल र सिटिईभिटीको प्रादेशिक कार्यालयमा कालो ब्यानर

स्वास्थ्यसमाचार/माेहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले बुटवल स्थित महिला तथा बाल अस्पताल आम्दा र सिटिईभिटी काे लुम्बिनी प्रदेश कार्यालयमा कालो ब्यानर टागेकाे छ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश कमिटीको नेतृत्वमा गएको विद्यार्थीहरूका समुहले साेमबार दिउँसो आम्दा र सिटिईभिटिकाे प्रदेश कार्यालयमा कालो ब्यानर टागेकाे हो । सामुदायिक अस्पताल भएता पनि आमा सुरक्षा कार्यक्रम लागु नगरेको, मनपरि तरिकाले बिना प्रतिस्पर्धा ल्याबको सेम्पलहरु आफ्नो फर्ममा पठाएकाे,टेण्डरमा सामान खरिद नगरी कमिसनको आधारमा खरिद गरेको,बर्षों देखी सामान खरिद गरेर स्टाेर गरेर सामान राखेको,अस्पताल मर्मत गर्दा निस्किएको गिट्टी बहिर बेचेको,अस्पतालका आवश्यक पर्ने…

नीजि प्राबिधिक शिक्षालय महासंघ लुम्बिनीको अध्यक्षमा पौड्याल

स्वास्थ्यसमाचार/नीजि प्राबिधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिबेशन सम्पन्न भएको छ । CTEVT बाट सम्बन्धन लिएर संचालित संस्थाहरुको छाता संगठनका रुपमा बि स २०५५ स्थापित रहेको संस्थाले लुम्बिनी प्रदेशको अधिबेशन लुम्बिनी प्रदेशको राजधानी भालुबाङ स्थित होटल पौवामा सम्पन्न गरेको हो । लुम्बिनी प्रदेशका माननीय मुख्य मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष त्रिलोचन पौड्यालले गर्नुभएको थियो । कार्यक्रमा बिशिष्ट अतिथि महासंघ केन्द्रिय अध्यक्ष अरुण कुमार पाण्डेय तथा CTEVT निर्देशक टैलेन्द्र आचार्य र अतिथिमा CTEVT लुम्बिनी प्रदेश उप निर्देशक यादव सुबेदी, महासंघ केन्द्रिय निवर्तमान अध्यक्ष बसन्तराज…

सीटीईभीटीको सदस्य सचिव पदमा महेश भट्टराई नियुक्त

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को सदस्य सचिवमा महेश भट्टराईलाई नियुक्त भएका छन् । सदस्य सचिव पदमा महेश भट्टराईसहित अरविन्दकुमार चौधरी, भुवनेश्वर ढुङ्गाना, नलराम देवकोटा, टेकबहादुर मल्ल, अनोज भट्टराई, विनोद बडाल र प्रमोदभक्त आचार्य प्रतिस्पर्धामा थिए। सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराई सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिइन।

सीटीईभीटीको पूर्व निर्धारित प्रवेश परीक्षा स्थगित, नयाँ मिति तोकियो

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी)ले आज (शनिबार) र बुधबारलाई तोकिएको प्रवेश परीक्षा स्थगित गरेको छ । स्थगित प्रवेश परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने सीटीईभीटीले जनाएको छ । पछिल्लो समय क्षेत्राधिकारका विषयमा सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबीच विवाद बढेको थियो । विवाद सुल्झिन नसक्दा तोकिएको परीक्षा स्थगित भएको हो । दुई संस्थाबीचको विवाद बढ्दै जाँदा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले हस्तक्षेप गर्नु परेको थियो । शिक्षामन्त्री अशोककुमार राई र शिक्षासचिव सुरेश अधिकारीले आयोग र सीटीईभीटी समन्वय गरी अघि बढ्नुपर्ने निर्देशन दिएपछि प्रवेश परीक्षापछि सारिएको सीटीईभीटीले जनाएको…

सिटिइभिटीले आफूखुसी गरेपछि चिकित्सा शिक्षा आयोगको चरम असन्तुष्टि

स्वास्थ्यसमाचार/प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र चिकित्सा शिक्षा आयोगबीचको विवाद उत्कर्षमा पुगेको छ । सिटिइभिटीले आफूखुसी चिकित्सा शिक्षाअन्तर्गत प्रमाणपत्र तहको सिट निर्धारण गरेपछि चिकित्सा शिक्षा आयोगले चरम असन्तुष्टि जनाएको हो । चिकित्सा शिक्षा ऐनले सिट निर्धारण आयोगबाट हुने व्यवस्था गरे पनि सिटिइभिटीले भने आफ्नै ऐनअनुसार भर्ना खुलाएको छ । २०४५ सालको ऐनबाट स्थापित सिटिइभिटीले डिप्लोमा तहको चिकित्सा शिक्षा तथा प्राविधिक धारका शैक्षिक कार्यक्रम सञ्चालन गरेर जनशक्ति उत्पादन गर्दै आइरहेको छ । त्यसैलाई निरन्तरता दिन खोज्दा आयोगबाट अवरोध भएको सिटिइभिटीको आरोप छ । तर, चिकित्सा शिक्षा आयोगले भने सिटिइभिटीलाई…